सोमवार, असार ११ गते, २०७५
बुधवार, २०७४ बैशाख २७ गते २३:१७

रोजगारीको सिलसिलामा ३ वर्षदेखि खाडी मुलुक कतारमा रहदै आएका चितवन पर्सा बजारका नवराज श्रेष्ठ आफ्नो पहिलो सोलो एल्बम ‘प्रयास’ सार्वजनिकको अन्तिम तयारीमा जुटेका छन् । 
 
म्युजिक भिडियोसहितको ४ वटा गीत समावेश हुने उक्त गितीसंग्रहका ३ वटा गितको म्युजिक भिडियो यसअघि नै सार्वजनिक भैसकेको बताउदै गायक श्रेष्ठले चौथो तथा अन्तिम गीतको पनि रेकर्ड भैसकेको र म्यूजिक भिडियो निर्माण पछि ४ वटै गीतलाई समावेश गरी ‘प्रयास’ गीतिसंग्रह सार्वजनिक गर्ने बताए । 
 
यसअघि नै सार्वजनिक भएका उनका गीतमा कमल खत्रीको शब्द र संगितमा रहेको ‘मायामा रुल हुदैन’, कल्याण सिंहको संगित र निमुखा युवराजको शब्दमा रहेको ‘के अर्थ’ र आफ्नै शब्द तथा संगितको ‘दैव’ गीत रहेका छन् भने आफ्नै शब्द संगितमा प्राश्ना शाक्यसँगको स्वरमा ‘पुकारा’ गीत छिट्टै सार्वजनिक गर्ने गरी काम गरिरहेका छन् ।
 
सानैदेखि गीतसंगीतमा लागेका श्रेष्ठ विसं। २०७० मा सम्पन्न चितवन आइडलमार्फत औपचारिकरूपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन । ६६५ जना सहभागी उक्त प्रतिष्पर्धामा श्रेष्ठ रनरअप भएका थिए । संगीतको कुनै पनि औपचारिक शिक्षा नलिएका श्रेष्ठ आफ्नै प्रयास र साधनामा यहाँसम्म आइपुगेको बताउँछन् । 
 
रक पपमा आफुलाई अब्बल बनाउदै लगेका श्रेष्ठले आफ्नो गायकी र कलालाई परदेशमा पुगेर पनि मर्न दिएनन् । बरु उनीसहितका संगीतप्रेमी युवाहरूले कतारमा स्थापना गरेको ‘द रेन्ज’ नामक सांगीतिक समुहको लोकप्रियता दिनप्रतिदिन चुलिदो छ । ‘अहिले कतारमा आयोजित हरेक जसो सांगीतिक कार्यक्रममा हाम्रो माग उच्च छ’ खुसी व्यक्त गर्दै श्रेष्ठ भन्छन–‘विदेशी भूमिमा हाम्रो प्रस्तुतीले दिलाएको इज्जतले गर्भ महसुस हुन्छ ।’ 
 
नेपाली संगीतको क्षेत्रमा पछिल्लो समय लोकप्रिय बन्दै गएको कभर सङ विधामा पनि आफुलाई चिनाउदै लगेका उनले दर्जनौ चर्चित नेपाली गीतको कभर सङमा पनि आफ्नो स्वरको जादु छरिसकेका छन् । यसका अलवा केही समयअघि मात्र ¥यापर दया शिवाकोटीको ¥याप गीत आमाबाबामा पनि उनको फिचरिङ सुन्न सकिन्छ । प्रवासको व्यस्थ समयका बाबजुद पनि आफ्नो कला र गायकीलाई चम्काइरहेका श्रेष्ठ फुर्सदको समय सदुपयोग गर्दै आफुले मेहनत र साधनालाई निरन्तरता दिइरहेको बताउँछन् । ‘कामको व्यस्थता बढी नै भएपनि शुक्रवार र शनिवारको छुट्टिको समय हामी सांगीतिक समुहका साथीहरू सँगै बसेर अभ्यासमा जुटछौ’ उनले भने । 
 
अझैपनि आफु गीतसंगीतको श्रेत्रमा संघर्षरत रहेको बताउँदै श्रेष्ठ ‘प्रयास’ गीति संग्रहले सफलता पाउनेमा भने आफु विश्वस्त रहेको बताउँछन् । भविष्यमा नेपाली गीतसंगितकै क्षेत्रमा आफूलाई समाहित गर्ने लक्ष्य रहेको बताउने श्रेष्ठ अहिले पनि गीतसंगीतकै कामका लागि ६–६ महिनामा नेपाल आइरहने गरेको बताउँछन् । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन फिचर
1.   राष्ट्रिय पारा पौडी प्रतियोगिता सम्पन्न, खेलाडीहरु उत्साहित
2.   एकताको सन्देश दिने विश्वकपको गीत
3.   लोकदोहोरीमा उदाउदै सरीता
4.   चेन्नाईले जित्यो आईपीएलको उपाधि
5.   रियलले रच्यो इतिहास, तेस्रो पटक जित्यो च्याम्पियन्स लिगको उपाधि
6.   च्याम्पियन्स लिग फाइनल : को बन्ला युरोपियन च्याम्पियन ?
7.   सांगीतिक उचाइमा मञ्जु
8.   प्रवासमा चम्कदै नवराज
9.   लिस्नर्स क्लब र रोटरी क्लब अफ राजधानीले गहना पोखरीमा होली मनायो
10.   समाजसेवामा समर्पण
11.   फरकधारका सिर्जनामा रमाउछु
12.   सुमधुर आवाजकी धनी टीका प्रसाई
13.   ‘बाँच्न कर्म गर्छु,सन्तुष्टीका लागि सिर्जना ।’
14.   दुर्गा खरेल : स्वरमै जादु
15.   ‘कलाकारितामार्फत विश्वमा चिनिने इच्छा छ’
16.   बहुप्रतिक्षित चलचित्र ‘परदेशी’ को फस्टलुक सार्वजनिक (गीत सहित)
17.   सावित्रीको ‘शिशा होस या दिल’ दुबईमा छायांकन
18.   ‘भाग्यले बाँचेकाहरु’ को कथा वृत्तचित्रमा
19.   यर्थाथवादी धरातलमा गीतकार अधिकारी
20.   ओमानमा जनगायक जीवन शर्मा
21.   गुरुङ जाति उद्गमस्थल पहिलोपटक प्रदर्शनीमा
22.   गुरुङ जातिको उदगमस्थलबारे पहिलो फोटो प्रदर्शनी
23.   'काठमाण्डौ जादा' दुबइमा सार्वजनिक
24.   खरेलद्वयले ओमानमा हंगामा मच्चाए
25.   ‘राहादानी’को मारुनी गीत लोकसंगीत महोत्सवमा
Results 27: You are at page 1 of 2
1 2 Next Last

Powered By : Unitech Media