मंगलवार, माघ ०२ गते, २०७४
बुधवार, २०७३ फाल्गुन २४ गते ००:२०

सूर्यप्रसाद भण्डारी
सूचना प्रविधि र विद्युतिय सुशासनको प्रयोगले सेवा प्रवाहको क्षेत्रमा फड्को मारीसकेको छ । खासगरी विद्युतीय सूचना प्रणालीले अभिलेख व्यवस्थापन र सेवा प्रवाहको क्षेत्रमा उल्लेख्य योगदान पु¥याउँदै आएको कुरा हामी सबैलाई विदितै छ । पारदर्शिता, इमान्दारिता र जवाफदेहिता, छिटो छरितो, सरल, सहज, कम खर्चिलो सेवा नै सुशासनका मूख्य आधार हुन् । सुशासनलाई विद्युतीय–सुशासन पद्धतीबाट कागजरहित सेवा दिने कार्य विश्वब्यापी भइसकेको छ । नेपालमा पनि सहकारी, नीजि एवं गैरसरकारी क्षेत्रमा Web Based Online सेवाको विकास गरी सेवा प्रवाह गर्ने कार्यलाई प्राथमिकतामा राखि विभिन्न निकायहरुमा यो प्रणाली सेवा प्रवाहको मुख्य अङ्ग बनिसकेको छ । यातायात व्यवस्था विभाग, आन्तरिक राजश्व विभाग, भूमि सुधार, निर्वाचन आयोग, लोकसेवा आयोग, उद्योग विभाग, कम्पनी रजिष्ट्रार, राहदानी विभाग आदि सरकारी निकायहरुमा यो सेवा सुचारु भैसकेको छ । यसै सन्दर्भमा वैदेशिक रोजगारको क्षेत्रलाई सुदृढ र ब्यवस्थित गर्दै लैजान वि.सं. २०४२ बाट शुरु गरिएको हो । मुलतः प्रजातन्त्रको पुनस्र्थापन पछि वैदेशिक रोजगारको प्रक्रियाले वृहत रुप लिन थाल्यो । वैदेशिक रोजगार ऐन २०६४ लागू भएपश्चात सरकारको तर्फबाट धेरै सुधारका कार्यहरु हुँदै आएका छन् ।

छुट्टै वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, वैदेशिक रोजगार न्यायाधिकरण, श्रम गन्तव्य मुलुकहरुमा श्रमसहचारीको व्यवस्था, श्रम गन्तव्य मुलुकहरुमा राजदूतावासको स्थापना भइरहेका राजदूतावासको क्षमता अभिवृद्धि, वैदेशिक रोजगार कल्याणकारी कोषको स्थापना र सञ्चालन, अनिवार्य पूर्व प्रस्थान तालिम जस्ता संस्थागत सुधारहरु भए भने अभिलेख व्यवस्थालाई कम्प्युटरकृत गर्ने कार्यहरु क्रमशः हुँदै आएका छन् । खासगरी दोस्रो जनआन्दोलन पछि वैदेशिक रोजगारीमा जानेहरुको संख्या एकातिर ह्वात्तै बढ्न थाल्यो भने संख्याको अनुपातमा ठगी, शोषण र हिंसाका घटनाहरु पनि त्यसै अनुपातमा बृद्धि हुन थाले । नेपालबाट काममा पठाउने इजाजतपत्रवाला संस्थाहरुको व्यवसायिक दक्षता र व्यवस्थापन पक्ष कमजोर हुनुको साथै गन्तव्य मुलुकमा पनि मानवीय संशाधनको उचित व्यवस्थापनमा जोड नदिने तर रोजगारदाताहरुले नेपाली कामदारको माग र आपूर्ति बढाउँदै लैजाने जस्ता कार्यले ठगी, शोषण गर्ने÷गराउने, विभिन्न किसिमले पीडित बनाउने घटनाहरु बढ्न थाले ।
वैदेशिक रोजगारीमा जाने कामदारहरु विना सूचना, विना तालिम जाने प्रचलन बृद्धि हुन थाल्यो भने वैदेशिक रोजगारीमा पठाउने कतिपय संस्थाहरुले फर्जी कागजातहरु तयार गरी पठाउने र गन्तव्य मुलुकको विमानस्थलमा ओर्लिएदेखि विविध समस्या सृजना भै कामदार पीडित बन्नेदेखि लिएर रोजगारदाताको कार्यस्थल पुग्दासम्म वा पुगेपछि पनि नेपालमा भनेको भन्दा फरक काम, कम्पनी र व्यवहार हुन थाल्यो । यी सबै पक्षलाई पूर्णरुपले नियन्त्रण गर्ने जटिलता बढ्दै गयो । सरकारले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यका साथ वैदेशिक रोजगार विभागको सेवा प्रवाहमा सुधार ल्याउने ३० बूँदे कार्ययोजना २०६८ मा तयार भई कार्यान्वयनमा ल्याइयो भने सोही वर्षमा वैदेशिक रोजगार नीति २०६८ को घोषणा पनि भयो । यो नीति र कार्ययोजनाले निदृष्ट गरेअनुसार नै नेपाल सरकार र स्वीस सरकारबीच द्विपक्षीय सम्झौता भई वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन परियोजना (सामी) पनि लागू भयो ।
यो परियोजनाले केन्द्र र स्थानीय तहसम्म सेवा पु¥याउने उद्देश्यका साथ २०६८ देखि नै कार्य गर्न थाल्यो । यसबीचमा सेवा प्रवाह गर्ने निकायहरुको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम अन्तर्गत web based online सेवाको विकास पनि एउटा महत्वपूर्ण कार्यको रुपमा स्वीकार गरियो । आर्थिक वर्ष २०७०/०७१ देखि लागू भएको परियोजनाको दोस्रो चरणमा वैदेशिक रोजगार विभाग अन्तर्गतबाट दिइने सेवालाई भइरहेको सूचना प्रविधिलाई स्तरोन्नती जस्लाई upgrated foreign employment information system ( UFIEM) गरी श्रम स्वीकृति लगायतको सबै सेवा Web Based Online बाट दिन सकिनेगरी सफ्टवेयर र हाडवेयरको व्यवस्था गर्ने कार्य सोही आर्थिक वर्षबाट सुरु भएको हो ।
यसरी २०७१/७२ मा नै सफ्टवेयर विकास गर्ने कार्य भयो भने ०७
२/७३ मा सो सफ्टवेयर सञ्चालन गर्न चाहिने हाडवेयर खरिद गरियो र ०७३/७४ मा यी उपकरण जडान गरी सफ्टवेयर सञ्चालनमा ल्याई सेवा दिने कार्य ०७३ पुस ३ गतेबाटै सुरु गरी ०७३ माघ १९ देखि विभाग अन्तर्गत दिइने श्रम स्वीकृति, गुनासो व्यवस्थापन लगायतका सवै सेवा web based online बाट दिन थालिएको छ ।

परम्परागत प्रक्रिया र पद्धतिबाट नयाँ पद्दति र प्रक्रियाको अवलम्बन गर्दा सुरुको अवस्थामा सेवा प्रदायक र सेवाग्राही दुवैपक्षलाई केही असहज हुनु स्वभाविकै हो । यस तथ्यलाई मनन गर्दै यो पद्धतिलाई सहज र दीगो बनाउने तर्फ सबै पक्षले सहयोग पु¥याइरहेको अवस्था छ । मुलतः वैदेशिक रोजगारीमा एकपटक गएर फर्केकाहरुलाई पुनः श्रम स्वीकृति दिने, आफ्नै पहलमा कार्य अनुमति र प्रवेशाज्ञा ल्याई व्यक्तिगत रुपमा श्रम स्वीकृति लिन चाहनेहरुलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य एउटा कठीन र चुनौतीपूर्ण देखिएको थियो । किनभने संस्थागत तर्फबाट पूर्वस्वीकृति लिने र अन्तिम श्रम स्वीकृतिका लागि आवेदन दिने कार्य वैदेशिक रोजगार व्यवसायीहरु (इजाजतपत्र प्राप्तवाला संस्था) बाट हुन्छ । जुन संस्थाको आफ्नो कार्यालय र आवश्यक कर्मचारी एवं उपकरणको व्यवस्था छ । तर व्यक्तिगततर्फ त्यस्तो नहुने भएकाले वैदेशिक रोजगार विभाग अन्तर्गत श्रमग्राममा सूचना प्रविधि सहयोग सेवा कक्षको स्थापना गरी यो सेवा प्रारम्भ गरिएको छ । कार्यालय परिसर बाहिरका सेवा प्रदायकहरुलाई पनि अभिमूखिकरण तालिम दिलाएर सेवा सञ्चालनको कार्य सहज हुँदै गइरहेको छ । व्यक्तिगत श्रम स्वीकृतिको लागि निम्न कुराहरु अध्ययन गरी प्रक्रिया अगाडि बढाउँदा व्यक्तिले आफ्नै घरमा बसी यो सेवा लिन सक्ने र श्रम स्वीकृतिको स्टीकर लिन मात्र श्रम स्वीकृति दिने स्थानमा आए पुग्ने व्यवस्था भएको छ ।


STEP-1
पुनः श्रम स्वीकृति माग गर्ने तरिकाः

- Username/password प्राप्त गर्ने तरिकाः
- feims.dofe.gov.np खोल्नुहोस् ।
- Renew/Re-entry Registration (old) मा Click गर्नुहोस् ।
- Password Number Box मा यस अघि श्रम स्वीकृति पाएको आफ्नो Passport Number प्रविष्ट गर्नुहोस् ।
- यसअघि श्रम स्वीकृतिमा भएको नाम र पासपोर्ट नम्बरसहितको विवरण देखा गर्नेछ । तपाईंको विवरण सही भएमा सो विरणको देव्रे तर्फ रहेको Radio Button मा Click गर्नुहोस् । इमेल address लेखिएको Box मा आफ्नो सही इमेल प्रविष्ट गरी Create user मा Click गर्नुहोस् । स्वचालित रुपमा username र password प्राप्त हुने छ । यसरी प्राप्त भएको username र password प्रयोग गरेर feims.dofe.gov.np मार्फत internet सुविधा भएको जुनसुकै स्थानमा श्रमस्वीकृतिको लागि आवेदन दिन सकिनेछ ।
- तपाईंलाई वैदेशिक रोजगार विभागले उपलब्ध गराएको username र password सुरक्षित र गोप्य राख्नु होला ।
STEP-2
श्रम स्वीकृतिका लागि कामदारको विवरण अद्यावधिक गर्ने तरिका

क) व्यक्तिगत विवरण प्रविष्ट/अद्यावधिक गर्ने तरिका :
- feims.dofe.gov.np खोल्नुहोस् ।
- Step 1 अनुसार तपाईंको इमेलमा प्राप्त भएको Usernameर password प्रयोग गरी sine in Button मा Click गरेपछि तपाईंको व्यक्तिगत विवरण सहितको Profile Page खुल्ने छ ।
- Profile Page मा रहेको तपाईको व्यक्तिगत विवरण अद्यावधिक गर्नु पर्ने भएमा Profile Menu मा Click गरेपछि देखा पर्ने Edit Button मा Click गरेर आफ्नो सम्पूर्ण विवरण अद्यावधिक गर्न सक्नुहुनेछ ।
- यसअघि पुरानो Passport बाट श्रम स्वीकृति पाएको तर अहिले नयाँ Passport बाट श्रम स्वीकृति लिनुपर्ने भएमा New Passport info मा गएर नयाँ Passport Number को विवरण भरेर सो Passport को पेज नं. २, ३ र ३१ को Scanned Copy अनिवार्य रुपमा Upload गरी Submit Button मा Click गरेर आफ्नो विवरण Save गर्नुपर्ने छ ।
ख) श्रम स्वीकृति नविकरण (Renew) पुनः श्रम स्वीकृति (Re-entry) का लागि कामदारको कामको विवरण (Work Details) प्रविष्ट गर्नेः
- Re entry Menu को Individual Re-entry Sub Menu मा Click गरेपछि तपाईंको यसअघिको Work Details देखिनेछ । श्रम स्वीकृति नवीकरण वा पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्न आफ्नो Work Details राख्नका लागि Add New Button मा Click गर्नुहोस् । आफ्नो कामसँग सम्बन्धित सम्पूर्ण विवरणहरु जस्तैः Company,Skill,Salary लगायतका विवरणहरु शुद्धसँग भर्नुपर्ने छ । Required Document Button मा Click गरी तोकिएका कागजातको Scanned Copy Upload गर्नुहोला । * चिन्ह लगाइएका Document को Scanned Copy निवार्य रुपमा Upload गर्नुपर्ने छ । यसरी सम्पूर्ण विकरण प्रविष्ट गरेपछि Submit Button मा Click गरेपछि तपाईंको Work Details System मा Save हुनेछ । कामदारको Work Details Save भएपछि श्रम स्वीकृतिको लागि आवश्यक पर्ने वैदेशिक रोजगार (म्यादी) जीवन बिमा गरी कल्याणकारी कोषको रकम बैंक दाखिला गरेपछि श्रम स्वीकृतिको लागि सक्कल राहदानी र प्रवेशाज्ञा सहितका कागजात लिएर व्यक्ति स्वयं कार्यालय जानुपर्ने छ ।
ग) बिमा गर्नु पर्ने : बिमा समितिबाट वैदेशिक रोजगार (म्यादी) जीवन बिमा गर्न अनुमति प्राप्त कुनै बिमा कम्पनीमा गएर करार अवधिभन्दा ६ महिना वा सोभन्दा बढी अवधिको वैदेशिक रोजगार (म्यादी) जीवन बिमा गर्नु पर्ने छ । बिमा भएपछि सोको विवरण बिमा कम्पनीले अनलाइन बाटै वैदेशिक रोजगार विभागको श्रम स्वीकृति प्रदान गर्ने कार्यालय पठाउने छ ।
घ) कल्याणकारी कोषको रकम जम्मा गर्नुपर्ने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट वैदेशिक रोजगार कल्याणकारी कोषको रकम जम्मा गर्न अनुमति पाएको कुनै पनि बैंकमा गएर कल्याणकारी कोषको खातामा तोकिएको रकम जम्मा गर्नुपर्ने छ । बैंकले रकम जम्मा भएपछि सोको विवरण अनलाइनबाट वैदेशिक रोजगार विभागको श्रम स्वीकृति प्रदान गर्ने कार्यालयमा पठाउने छ । यसरी व्यक्तिगत विवरण र कामको विवरण अद्यावधिक गरी बिमा र बैंकमा रकम दाखिला गरिसेकपछि श्रम स्वीकृतिको लागि feims.dofe.gov.np मार्फत् Request पठाउनुपर्ने छ ।
ङ) श्रम स्वीकृति नविकरण/ पुनः श्रम स्वीकृतिका लागि Online बाट Request पठाउने तरिका :
feims.dofe.gov.np मा आफ्नो Username र Password प्रयोगगरी Login गरी Re-entry Menu को Re-entry Request मा Click गर्नुहोस् । तपाईको आफ्नो नामको दाँयातर्फ रहेको आवेदन विभागमा पेश हुनेछ । यसपछि श्रम स्वीकृतिको लागि राहदानी र प्रवेशाज्ञासहितका आफ्नो सक्कल कागजात लिएर वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहचलमा जानुहोला ।
Web Based Online पद्दतिका फाइदा
१. यो सेवा मूलतः विद्युतीय सूचना प्रणालीबाट हुने भएकाले सबै प्रक्रिया कम्प्युटरबाटै पुरा गरिन्छ ।
२. पेश गनुपर्ने कागजात स्क्यान गरी आवेदन संलग्न गर्ने व्यवस्था छ ।
३. वैदेशिक रोजगारका लागि तिर्नुपर्ने श्रम स्वीकृतिसँग सम्बद्ध प्रक्रियाका सबै प्रमाणहरु अनलाइनबाटै प्राप्त गर्ने व्यवस्था मिलाइएकोछ । बिमा गराउने, अभिमूखिकरण तालिम, स्वास्थ्य परीक्षण र कल्याणकारी कोषमा जम्मा गर्ने रु. एक हजार पनि बैंकमा जम्मा गरी अनलाइनबाटै प्राप्त हुने व्यवस्था छ ।
४. यसरी सबै सेवा अनलाइनबाट प्राप्त गरी आए पछि श्रम स्वीकृति प्रदान हुने स्थानमा अनावश्यक भीड र लाइनमा घन्टौसम्म बसिरहनु पर्ने झन्झटबाट मुक्ति हुने तथा यस सम्बन्धी प्रक्रिया सरल, सहज र पारदर्शी हुने ।
के चाहिन्छ ?
१. यो सेवा लिन प्रत्येक कामदारको आफ्नै इमेल भएको हुनुपर्ने
२. आफ्नो पासवर्ड प्राप्त गरेपछि त्यसलाई सम्झनु पर्ने र बेलाबेलामा परिवर्तन गर्नुपर्ने ।
३. स्क्यान गरिने कागजात र सक्कल राहदानी फरक पर्न गएमा ठूलो सजाय बेहोर्नुपर्ने । एकपटक सबै प्रक्रिया पुरागरी सकेपछि कागजात बदल्न नपाइने ।
समस्या
१. बेलाबेलामा सर्भर डाउन भइ सेवा अवरुद्ध हुने समस्या
२. इन्टरनेट सेवाको क्षमतामा भर पर्नुपर्ने अवस्था ।
३. विद्युत सेवामा भइरहने गडबडी ।
उल्लेखित प्रकारका, फाइदा र अप्ठ्यारा पक्षहरु व्यहोर्नु पर्ने अवस्था भएता पनि दीर्घकालमा वैदेशिक रोजगार व्यवसाय चाहिँ सुरक्षित, व्यवस्थित, पारदर्शी, सरल, सहज, कम खर्चिलो र अधिकतम लाभदायी बनाउने कार्यमा यो पद्दतिको दीगो कार्य सञ्चालन महत्वपूर्ण पक्ष हो । प्रारम्भिक चरणमा यो सेवा सञ्चालनमा देखा पर्ने समस्या वा कमजोरीको पहिचान गरी क्रमिक सुधार गर्दै लैजाने व्यवस्था गर्नुको साथै सफ्टवेयर संचालन सम्वन्धी एक निर्देशिका तथा कार्यविधि (म्यानुवल) वनाई लागु गर्नु आवश्यक छ ।


(लेखक, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत सुरक्षित आप्रवासन परियोजना संयोजक हुनुहुन्छ ।)
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अन्तर्वार्ता / बिचार
1.   एनआरएनप्रतिको अपेक्षा र उनीहरुले जगाएको आशा
2.   एनआरएनएको संस्थागत तथा दिगो विकासका लागि 'भिजन २०२०'
3.   एसिया प्यासिफिक क्षेत्रका समस्या समाधानका लागि मेरो उम्मेदवारी
4.   वैदेशिक रोजगार सुधार्न फिलिपिन्सबाट सिक्नेकी !
5.   बिपत्तिमा डुबेको वैदेशिक रोजगारको स्रोत क्षेत्रलाई व्यवसायीको उपहार ! ‘ब्ल्याक लेबल’
6.   एनआरएनए साझा चौतारी बन्नुपर्छ
7.   एक परदेशिको आत्मकथन : नचाहदा नचाहदै जन्मियो अपराध - शम्भु सुस्केरा
8.   असोज पहिलो सातासम्म संघको भवन निर्माण शुरु हुन्छ
9.   अनुभूति : बरदुबई पार्कमा नेपाली जोडीका पीडा - युवराज नयाँघरे
10.   भाषण होइन स्पष्ट रोडम्याप र पुरा गर्ने आधारसहित अघि बढेको छु : गडतौला
11.   २०७३ मा वैदेशिक रोजगार उपलब्धिभन्दा विवादै विवाद
12.   संघको नेतृत्वतहमा श्रेष्ठको खोजी
13.   म व्याक हुन तयार छु, तर फोरमबाट एउटै प्यानल आउछ : प्रज्ञान न्यौपाने
14.   वैदेशिक रोजगार विभागले दिने अनलाइन सेवाबारे विस्तृत जानकारी : सूर्यप्रसाद भण्डारी
15.   वैदेशिक रोजगार व्यवसायीलाई त्यसै क्षेत्रको जिम्मेवारी दिनु गलत : डा.शेखर कोइराला
16.   म पद दोहोर्याउन्न, अध्यक्षको स्वभाविक दावेदार हुँ : कुमार पन्त
17.   माफियातन्त्र उखेल्न संघ नेतृत्व अनवरत लागिरहेको छ
18.   कोरियामा नेपालीले गर्ने भनेको ‘थ्री डी’ नै हो
19.   अझै नयाँ रेमिट्यान्स कम्पनी ?
20.   आप्रवासी कामदारको सम्मान नै सुरक्षित आप्रवासन
21.   मेहनत र संघर्ष गरिरहेको छु
22.   त्रासै त्रासले घेरिएको छ वैदेशिक रोजगार
23.   इमान्दार हुँदा न्याय पाइन्छ भन्ने नजिर बस्यो
24.   चारवर्ष भित्र बैंकलाई उत्कृष्ट बैंक बनाउछौं
25.   कमिशन मिलाउन श्रममन्त्री मलेसिया गएका हुन : न्यौपाने
Results 57: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media