सोमवार, असार ११ गते, २०७५
सबिना कार्की, गायिका
बुधवार, २०७३ फाल्गुन १७ गते ००:५६

सविना कार्की नेपाली आधुनिक गायनको क्षेत्रमा एक स्थापित नाम हो । उनले नेपाली आधुनिक गीतको क्षेत्रमा धेरै गीत गाइसकेकी छिन् । भर्खरै मात्र गायिका कार्कीको गीति एल्वम ‘सार्थक’ बजारमा आएको छ । त्यसो त गायिका कार्कीको चिनारी गायिकामा मात्र सीमित भने छैन, समाजसेवा उनको पहिचानको अर्को पाटो हो । 
 
कार्कीको जन्म पानीपोखरी, काठमाडांैमा श्रावण १ गते भएको हो । उनको बुवाको नाम श्यामकृष्ण खतिवडा र आमाको नाम निर्मला खतिवडा हो । गायिका सविना कार्कीे मायाप्रीतिका गीत मात्र गाउँदिनन् जीवन भोगाइको गीत गाउँछिन्, गायिका कार्कीे पीडाभित्र डुबेका गीत पनि गाउँछिन् र गायिका कार्की भगवानका स्तुतिजन्य भजनहरुमा भगवानका गुणगान पनि गाउछिन् । उनले गाएका गीतहरुले जीवनको यथार्थ धरातल पहिल्याएको हुन्छ, जिन्दगानीको चित्रण प्रस्तुत गरेको हुन्छ र मानवीय आकर्षण, प्रेम र विश्वासलाई व्यक्त्याएको हुन्छ । त्यसैले उनी चाँडोभन्दा चाँडो चर्चित बनिन्, सबैकी प्रिय गायिक बनिन् र नेपाली सुगम संगीतकी आवश्यकता बनिन् । 
 
वरिष्ठ संचारकर्मी मञ्जु कार्की लामिछानेको नजरमा मीठो भजन गाउने, मिलनसार र समाज सेवामा सक्रिय गायिका कार्कीले भानुभक्त मेमोरियल मा.वि.बाट प्रवेशिका उत्तीर्ण गरिन् भने पद्यकन्या बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तहको अध्ययन पुरा गरिन्, स्नातक तहको अध्ययन भने उनले पाटन संयुक्त क्याम्पसबाट पुरा गरिन् । 
 
संगीतको क्षेत्रमा पनि उनको अध्ययन लामो अवधिसम्म रह्यो । उनले इन्दिरा कलानिधि महाविद्यालयबाट संगीतमा डिप्लोमा तह सम्मको अध्ययन पुरा गरिन् । श्री के.सी, नरेन्द्र प्यासीबाट संगीत सिकेकी उनी भन्छिन् ‘सिकेर कहिले नसकिने रहेछ ...।’ सानैदेखि गीत गाउन मन पराउने उनी बाल्यकालमा समेत तोतेबोलीमा गीत गुनगुनाउँथिन् । पछि विद्यालय स्तरका धेरै कार्यक्रममा उनले आफ्नो सहभागिता जनाएर पुरस्कृत भएको स्मरण गरिन् । 


१७ वर्षमा नै विहे बन्धनमा बाँधिएकी आफ्ना श्रीमान दिनेश कार्कीको हौसला, प्रेरणा र साथले नै आजको स्थानमा आउन सकेको बताउँदै आफ्नो सफलताको सम्पूर्ण श्रेय आफ्ना श्रीमान दिनेश कार्कीलाई जाने बताउँछिन् । दिनेशको सविनाप्रतिको सद्भावको तारिफ गर्दै वरिष्ठ गीतकार दिनेश अधिकारी भन्छन् ‘ढिलो गरेर नेपाली संगीतमा प्रवेश गरेकी गायिका सविना सकारात्मक सोच राख्ने र त्यस्तै भावका गीत गाउन मन पराउने गायिका हुन् ।’ 
 
गायिका कार्कीको संगीतिक यात्राका सुरुवाती दिनदेखि हालसम्म सहकार्यमा रहेका गायक आनन्द कार्की संगीत समुन्द्र भएकोले सविनाले सिक्नु पर्ने अझैं धेरै कुरा बाँकी रहेको बताउँछन् । 
 
आफ्नो रीतिरिवाज, धर्मसंस्कृति र परम्परालाई असाध्यै सम्मान गर्ने गायिका कार्कीको दिनचर्या बिहान कुनै न कुनै धार्मिक स्थल पुगेर देवीदेवताको दर्शन गरे पश्चात सुरु हुने गर्दछ । दिनभरि गीत, संगीत अनि सामाजिक कार्यहरुमा सक्रिय रहने गायिका कार्की रोटरी क्लव अफ जावलाखेल तथा अन्य सामाजिक संघसंस्था मार्फत सामाजिक काममा उत्तिकै सक्रिय रहन्छिन् । गायन तथा समाजसेवामा उत्तिकै सक्रिय कार्कीलाई चर्चित गायक स्वरुपराज आचार्य गायिकाहरुको एकदमै भीडमा ‘अलग आवाज भएकी गायिका’ को रुपमा परिभाषित गर्छन् । उनी थप्छन् ‘सविना पृथक स्वरकी धनीको साथसाथै अनुशासित अनि संगीतलाई माया र पूजा गर्ने गायिका हुन् ।’ 
 
गायिका कार्कीले २०६३ मा सिमल, २०६८ मा सर्वदा गीति संग्रह बजारमा ल्याइसकेकी छिन् । भारत र अमेरिकाको भ्रमण गरेकी कार्कीले अन्य धेरै कलेक्सन एल्वमहरुमा आफ्नो सुमधुर स्वर दिइसकेकी छिन् भने आफ्नो सुमधुर स्वरमा विभिन्न भजनहरु पनि गाइसकेकी छिन् । रोटरी क्लव अफ जावलाखेल, आमाघर, बौद्ध बालगृह जोरपाटी, फ्रेन्डस क्लब आदिमा संलग्न रहेर सामाजिक कार्यहरु गर्दै आइरहेकी छिन् भने द आर्ट अफ लिभिङ्ग फाउन्डेसन नेपाल, स्वामी विवेकानन्द फाउन्डेसन नेपाल, स्कन नेपाल बुढानीलकण्ठमा रहेर गीत संगीतको क्षेत्रमा आफ्नो सक्रियता जनाइरहेकी छिन् । 
 
सिमल, सर्वदा र सार्थक एल्वम बिक्रीबाट आएको पैसा तथा श्रीमान्को कमाइ समेतको केही रकम संंकलन गरेर नियमित रुपमा विभिन्न वृद्धाआश्रम तथा बालगृहहरुमा पुगेर बालभोजनका साथसाथै वृद्धवृद्धा भोजन गराउँदै आइरहेकी सविनाको भक्तिमार्ग र समाजसेवाप्रति लम्केका पाइलाहरुले निरन्तरता पाइराख्नेमा उनका श्रोताहरु तथा उनीबाट लाभान्वित बालबालिका तथा वृद्धवृद्धाहरु विश्वस्त रहेका छन् । 
-हरिराम पौडेल
hariram_paudel@yahoo.com
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन फिचर
1.   राष्ट्रिय पारा पौडी प्रतियोगिता सम्पन्न, खेलाडीहरु उत्साहित
2.   एकताको सन्देश दिने विश्वकपको गीत
3.   लोकदोहोरीमा उदाउदै सरीता
4.   चेन्नाईले जित्यो आईपीएलको उपाधि
5.   रियलले रच्यो इतिहास, तेस्रो पटक जित्यो च्याम्पियन्स लिगको उपाधि
6.   च्याम्पियन्स लिग फाइनल : को बन्ला युरोपियन च्याम्पियन ?
7.   सांगीतिक उचाइमा मञ्जु
8.   प्रवासमा चम्कदै नवराज
9.   लिस्नर्स क्लब र रोटरी क्लब अफ राजधानीले गहना पोखरीमा होली मनायो
10.   समाजसेवामा समर्पण
11.   फरकधारका सिर्जनामा रमाउछु
12.   सुमधुर आवाजकी धनी टीका प्रसाई
13.   ‘बाँच्न कर्म गर्छु,सन्तुष्टीका लागि सिर्जना ।’
14.   दुर्गा खरेल : स्वरमै जादु
15.   ‘कलाकारितामार्फत विश्वमा चिनिने इच्छा छ’
16.   बहुप्रतिक्षित चलचित्र ‘परदेशी’ को फस्टलुक सार्वजनिक (गीत सहित)
17.   सावित्रीको ‘शिशा होस या दिल’ दुबईमा छायांकन
18.   ‘भाग्यले बाँचेकाहरु’ को कथा वृत्तचित्रमा
19.   यर्थाथवादी धरातलमा गीतकार अधिकारी
20.   ओमानमा जनगायक जीवन शर्मा
21.   गुरुङ जाति उद्गमस्थल पहिलोपटक प्रदर्शनीमा
22.   गुरुङ जातिको उदगमस्थलबारे पहिलो फोटो प्रदर्शनी
23.   'काठमाण्डौ जादा' दुबइमा सार्वजनिक
24.   खरेलद्वयले ओमानमा हंगामा मच्चाए
25.   ‘राहादानी’को मारुनी गीत लोकसंगीत महोत्सवमा
Results 27: You are at page 1 of 2
1 2 Next Last

Powered By : Unitech Media