बुधवार, माघ ०३ गते, २०७४
छिटो कार्यस्थलमा पठाउन माग
मंगलवार, २०७३ फाल्गुन ०९ गते ०५:५९

सरकारले सोमबार १४ मुलुकका लागि राजदूत सिफारिस गरेको छ ।  मन्त्रिपरिषद्को बैठकले सरकारमा रहेका र सरकार समर्थित प्रमुख चार राजनीतिक दलहरुबीच भागबण्डा गरेर सिफारिस गरेको हो । भागबण्डामा माओवादीका चार, काँग्रेसका छ, राप्रपाको तीन र फोरम लोकतान्त्रिकको एक रहेका छन् । 

राजदूतामा सिफारिस भएकामा माओवादीको तर्फबाट अष्ट्रेलियाका लागि पूर्व सभासद् लक्की शेर्पा, डेनमार्कका लागि राईजिङ नेपालका पूर्व सम्पादक युवनाथ लम्साल, साउदी अरेवीयाका लागि त्रिभूवन विश्व विद्यालयका पूर्व रजिष्टार महेन्द्र सिंह र बहराइनका लागि राज्य पुनर्सरचना आयोगका पूर्व अध्यक्ष पदम सुन्दास रहेका छन् । 

त्यसैगरी कांग्रेसको कोटामा श्रीलंकाका लागि अर्थविद् डा. विश्वम्भर प्याकुरेल, बंंगलादेशका लागि चिकित्सक डा. चोपलाल भूषाल, म्यानमारका लागि गैरआवासीय नेपाली संघका संरक्षक भीम उदास, दक्षिण कोरियाका लागि पूर्व परराष्ट्र राज्यमन्त्री अर्जुनजंगबहादुर सिंह, कतारका लागि पूर्व श्रमतथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङका सल्लाहकार रमेशप्रसाद कोइराला र यूनाइटेड अरव इमिरेट्सका लागि मेनपावर व्यावसायी आशा लामा रहेकी छिन् । 

त्यसैगरी राप्रपाबाट स्पेनका लागि पूर्व सैनिक अधिकारी भरत रायमाझी, इजरायलका लागि पूर्व कानुन मन्त्री निरञ्जन थापा र जापानका लागि प्रतिभा राणा रहेका छन् । राणा राप्रपा नेतृका साथै काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवाकी आमा हुन् । स्पेनमा राजदूतावास नभएकोले नयाँ स्थापना गर्नेसमेत निर्णय भएको छ ।  

सरकारमा नरहेको तर, सरकारलाई बाहिरबाटै समर्थन गरेको फोरम लोकतान्त्रिकको तर्फबाट ओमनका लागि शर्मिला पराजुली ढकाल सिफारिसमा परेकी छिन् । उनी खाडी राष्ट्रमा व्यवसाय गरिरहेकी महिला हुन्  ।



नेपाली युवाहरुको प्रमुख श्रम गन्तव्यको रुपमा रहेको कतारमा सन् २०१३ को नोभेम्बरबाट नै राजदुत छैनन् । साउदी, यूएई, दक्षिण कोरिया, अस्ट्रेलिया, इजरायल, म्यानमारमा सन् २०१५ को अगस्तदेखि राजदूत पद खाली छ । ओमान र बहराइनमा दुतावासमा चार वर्षअघि स्थापना गरिएपनि आजसम्म राजदुत नियुक्ती गरिएको थिएन । स्पेनमा भने राजदूतावास छैन । नयाँ राजदूतसंगै दूतावास स्थापना गर्ने निर्णय गरिएको छ ।

को–को भए राजदूत ?

अर्जुनजंगबहादुर सिंह( दक्षिण कोरिया, (नेपाली कांग्रेस)
भीम उदास (म्यानमार (नेपाली कांग्रेस)
चोपलाल भुसाल ( बंगलादेश, (नेपाली कांग्रेस)
विश्वम्भर प्याकुरेल ( श्रीलंका, (नेपाली कांग्रेस)
रमेशप्रसाद कोइराला ( कतार (नेपाली कांग्रेस)
आशा लामा ( यूएई (नेपाली कांग्रेस)
युवनाथ लम्साल( डेनमार्क (माओवादी)
लक्की शेर्पा(अष्ट्रेलिया (माओवादी)
महेन्द्रवहादुर सिंह( साउदी अरब (माओवादी)
पदम सुन्दास ( बहराइन (माओवादी)
प्रतिभा राणा ( जापान, (राप्रपा)
भरत रायमाझी ( स्पेन (प्रस्तावित) (राप्रपा)
निरन्जन थापा ( इजरायलका (राप्रपा)
शर्मिला पराजुली ( ओमान (फोरम लोकतान्त्रिक)
 



प्रतिक्रियाहरु
mahadev baral, bharatpur 19 phulbari chitwan
यो गलत भयो राजदुत देशको प्रतिनिधित्व गर्ने पद हो,तर राजनीतिक दलले भाग बण्डाको आधारमा कमाउनको लागि जसरी आफ्नो मान्छे नियुक्त गरे त्यो गलत हो ।

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
476.   अन्तर्राष्ट्रिय उडान तथा अवतरण भोलि दिउँसोसम्म बन्द हुने
477.   ‘एग्रिटेक इजरायल २०१५’ हुदै
478.   वैरो संघको साधारणसभा स्थगित गर्न सिडियोको आदेश
479.   टर्की घुम्न जाने होइन ???
480.   विदेशमा अनुभव लिएका नेपाली विज्ञले स्थापना गरे संस्था
481.   टेलिपोटको नाममा मलेसिया जानेलाई १८ हजारको अर्को आर्थिक भार
482.   संघको विवाद साधारणसभामा टुंगिने
483.   कोरियन भाषा परीक्षा अबदेखि असारमा लिइने
484.   सामाजिक कार्यमा कुलेश्वर पोलिक्लिनिक
485.   मेनपावर व्यवसायीलाई छवि सुधार्न महानिर्देशक सुवेदीको आग्रह
486.   स्वास्थ्य व्यवसायी समाजको तर्दथ समिति घोषणा
487.   अन्तत बायोमेट्रिक लागू
488.   आठ हजार नेपाली युवती दिल्ली हुँदै दुबई पुर्‍याइए
489.   जेट एयरमा चरा ठोकिएर धुँवाको मुस्लो
490.   कोरियाको एयरपोर्टबाटै फर्काइँदै नेपाली
491.   पेट्रोलियम पदार्थको मूल्य घट्यो
492.   पाचै विकास क्षेत्रबाट एमआरपीको द्रुत सेवाको व्यवस्था मिलाउन निर्देशन
493.   नेपालीलाई अमेरिकाको भिसा दिने दर बढ्दो
494.   रेमिट्यान्स लिँदा अनिवार्य खाता खोल्नु पर्ने
495.   मलेसियामा नेपालीलाई ज्यान जोगाउनै गाह्रो
496.   १८ औं सार्क शिखर सम्मेलन काठमाडौंमा शुरु
497.   पशुपति वृद्धाश्रमलाई बेष्ट रेमिटका निर्देशक शर्माको सहयोग
498.   कतारमा नेपाली कामदार हडतालमा
499.   व्यवसायीको विरोधले श्रम ग्राम ठप्प
500.   पहिरोपीडितका लागि बहराइनका नेपालीको १ लाख ५८ हजार हस्तान्तरण
Results 631: You are at page 20 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media