बुधवार, माघ ०३ गते, २०७४
सोमवार, २०७३ फाल्गुन ०८ गते ०३:१५

रोजगार मञ्च । नेपालका राजनीतिक दलहरुमा प्रवासमा बस्ने नेपालीहरुलाई समेट्ने होड चलेको छ । काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा प्रवासका प्रतिनिधीहरु मध्येबाट मलेसियामा कार्यरत युवा व्यवसायी यज्ञप्रसाद कुँवर (योगेन्द्र)ले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । 
 
कुँवर राप्रपाको नेपाली प्रवासी एकता समाज मलेसियाका अध्यक्ष हुन् । कुँवरले मलेसियामा रहेका मात्र नभएर प्रवासमा रहेका लाखौ नेपालीको आफुले प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएको जनाएका छन् । 
 
‘राप्रपाको केन्द्रीय सदस्य चयनमा प्रवासबाट २ वटा कोटा छुट्याइएको छ । यसमा पनि मलेसिया सबैभन्दा धेरै नेपाली रहेको र पार्टीका लागि पनि महत्वपूर्ण क्षेत्र रहेकाले केन्द्रीय सदस्यमा प्रतिनिधत्व आवश्यक देखेर नै उम्मेद्वारी घोषणा गरेको हुँ,’ कुँवरले आफुलाई जिताउन अपिल गरेका छन् । 
 
कुँवरले प्रवासमा रहेका नेपालीहरुको हक अधिकार र प्रवासमा रहेका नेपालीहरुमाझ पनि राप्रपालाई पु¥याउने उद्देश्यका साथ आफु उम्मेदवार बनेको बताएका छन् ।  प्रवासमा रहेका श्रमिकहरुको समस्या समाधान गर्न र राप्रपालाई विश्वमा रहेका नेपालीमाझ चिनाउने उद्देश्यले आफु केन्द्रीय सदस्यमा आउनु पर्ने कुँवरको भनाई छ । 


 
गुल्मी जिल्लाको ठूलो लुम्पेकमा जन्मिएका कुँवर विगत १३ वर्षदेखि मलेसियामा बस्दैं आएका छन् । उनी मलेसियामा बसेर पनि सफल व्यवसायीका रुपमा परिचित छन् । कुँबरले आफ्नो व्यवसायिक यात्रासँगै मलेसियामै रहेर नेपाली कामदारको हकहितका लागि सधैं लागि परिरहेका छन् । कुँबरले मलेसियामा रहेका धेरै नेपालीलाई सहयोग गर्दै आएका छन् भने मलेसियामा सामाजिक कार्यकर्ताका रुपमासमेत परिचित छन् । ‘धेरै नेपाली रहेको मुलुक र नेपालमा धेरै रेमिट्यान्स भित्र्याउने मुलुकको नाताले पनि राप्रपामा मलेसियाबाट प्रतिनिधत्व हुने अपेक्षामा गरेको छु ।’ कुँबरले महाधिबेशनमा आएका राप्रपा प्रतिनिधिहरुलाई भोटको अपिल गरेका छन् । 
 
यद्यपी अहिले प्रवासतर्फको केन्द्रिय सदस्यमा कुवँरको दरिलो प्रतिस्पर्धीमा अन्य कुनैको उम्मेदवारी देखिएको छैन ।  
 



प्रतिक्रियाहरु
Baburam Bhattarai, Sunsari, Inaruwa-09
Best of Luck Brother
उपेन्द्र विक्रम पुरुष , now lalitapur Nepal
राष्ट्रिय प्रजातन्त्र पार्टीमा यज्ञ कुवर जस्ता झुजरु ब्यक्ती हुनै पर्छ तब मात्र पार्टी अर्थमा सुत्रता पाउछ।

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
76.   दूतावासमा दुखः पोख्दा किन हामीलाई दलाल भनिन्छ परराष्ट्र मन्त्री ज्यू ?
77.   थपलिया स्वीडेनको पर्यटनदूत
78.   रोजगारीका लागि कतार गएका नरेशकुमार ८ वर्षदेखि बेपत्ता
79.   काम गरेको पारिश्रामिक माग्दा साउदी जेलमा यातना भोग्दै एक नेपाली
80.   प्रवासी नेपाली मंच युएई आबुधाबी क्षेत्रीय समितिको आठौं अधिबेसन सम्पन
81.   नेपाली महिला समुह ओमानद्धारा अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न
82.   यूएईमा वेटरदेखि सेफ बनेका थापा
83.   युएईमा नेपाली स्वाद चखाउदै 'नेपालीको सगरमाथा रेष्टुरेण्ट'
84.   नारी दिवसमा एकता समाज कतारको बनभोज
85.   गोरखा सेवा समाज युएईको बनभोज कार्यक्रम सम्पन्न
86.   अमेरिकामा नेपाली विषयको पढाइ
87.   काम सिकेर आएमा युएईमा प्रशस्त अवसर छ
88.   प्रवासीतर्फ राप्रपा केन्द्रीय सदस्यमा कुँवरको उम्मेदवारी
89.   भिजिट भिषामा यूएई आउनेलाई व्यवस्थित गर्नु पर्ने माग
90.   जिल्ला समन्वय समिति कतारको अन्तरक्रिया सम्पन्न
91.   लेवनानबाट डिपोट भएका सुजना र रोजीको अपिल: ‘हामीलाई न्याय र फसाउनेलाई कारवाही होस्’
92.   कुवेतमा नेपाली दुताबासको हटलाइन सेवा सुरु
93.   मृतकको परिवारलाई युएर्इबाट सहयोग
94.   मोरङ्ग–सुनसरी कतारको अध्यक्षमा कार्की
95.   मलेसियामा भएको हिमालयन गोल्डकप फुटबलको उपाधि आयोजकलाई
96.   मलेसियामा हिमालय गोल्डकप फुटबलको उद्घाटन
97.   कतारमा अलपत्र परेका तीन नेपालीको उद्धार
98.   इजरायलको लागि जासूसी गरेको अभियोगमा लेबनानमा दुई नेपाली महिला पक्राऊ
99.   जनसम्पर्क समिति अष्ट्रेलियाद्धारा प्रशिक्षण कार्यक्रम सम्पन्न
100.   मलेसियामा हिमालय गोल्ड कप फुटबलको अन्तिम तयारी
Results 353: You are at page 4 of 15
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media