बुधवार, माघ ०३ गते, २०७४
शुक्रवार, २०७३ पुस १५ गते २२:३८

 
पुस्तक निकालेपछि बिकोस् र धेरै मान्छेको हातमा पुगोस् भन्ने सबै लेखक प्रकाशकको धोको हुन्छ । कुनै किताबलाई पाठकले औधी रुचाउँछन् र त्यसको राम्रो बिक्री हुन्छ भने कुनै किताब लेखक आफैंले सित्तैमा बाँड्दै हिँड्नुपर्ने गरी झुर हुन्छन् । 
 
कुन किताब कति बिक्यो भन्ने आधिकारिक आँकडा पाउन गाह्रो छ । धार्मिक पुस्तकहरू बेस्सरी बिक्छन् । बाइबल, कुरान, गीता जस्ता किताबको बिक्रीको अभिलेखै हुँदैन । त्यसैगरी कम्युनिस्ट मेनिफेस्टो र माओका भनाइ भएको पुस्तक पनि धेरै बाँडिएका (बिक्री भएका वा सित्तैमा दिइएका) मा गनिन्छन् । 
 
आजकल इबूकहरूको प्रचलन आएको अवस्थामा पुस्तक बिक्रीको अभिलेख राख्न सजिलो भएको छ तर हार्डकपी पुस्तकको बिक्रीलाई मात्र यहाँ सन्दर्भ बनाइएको छ । सर्वाधिक बिक्री भएको एउटा पुस्तकलाई मात्र यहाँ राखिएको छ, त्यस पुस्तकको लेखकको सबै कृतिलाई यहाँ गणना गरिएको छैन । 
 
विभिन्न स्रोतहरूको अध्ययन गर्दा तल दिइएका दश पुस्तक चाहिँ सबैभन्दा बढी बिक्ने किताबको सूचीमा भेटिन्छन् ।
 
१. अ टेल अफ टु सिटिज — बेलायती लेखक चार्ल्स डिकेन्सको यो उपन्यास पहिलोपटक सन् १८५९ मा प्रकाशित भएको थियो । यो अहिलेसम्म २० करोड प्रति बिकेको विश्वास गरिन्छ ।
 
२.  द लर्ड अफ द रिङ्स — बेलायती लेखक जेआरआर टोल्केनले सन् १९५४ मा प्रकाशित गरेको यो उपन्यास अहिलेसम्म १५ करोड प्रति बिकेको विश्वास गरिन्छ । यसका तीन भोलुम छन् । 
 
३. द लिटल प्रिन्स — फ्रान्सेली लेखक आत्वाँ दे सेन्ट एक्जुपेरीको यो उपन्यासको अंग्रेजी संस्करण पहिलोपल्ट सन् १९४३ मा प्रकाशित भएको थियो । यो १४ करोड प्रति बिक्री भएको थियो । 
 
४. एन्ड देन देयर वेर नन — बेलायती लेखिका अगाथा क्रिस्टीको यो मास्टरपिस उपन्यास पहिलोपल्ट सन् १९३९ मा प्रकाशित भएको थियो र अहिलेसम्म यो १० करोड प्रति बिकेको छ । 
 
५. ड्रीम अफ द रेड च्याम्बर — चिनियाँ लेखक चाओ स्वेकिनको यो उपन्यास पहिलोपल्ट सन् १७९१ मा प्रकाशित भएको थियो । यसको १० करोड प्रति बिकेको विश्वास गरिन्छ । 
 
६. द हब्बिट — टोल्केनको यो पुस्तक सन् १९३७ मा प्रकाशित भएदेखि अहिलेसम्म १० करोड बिकिसकेको छ । 
 
७. द लायन, द विच एन्ड द वारड्रोब — बेलायती लेखक सिएस लेविसको उपन्यास सन् १९५० मा प्रकाशित भएयता आठ करोड पचास लाख प्रति बिकिसकेको छ ।
 
८. सी स् अ हिस्ट्री अफ एड्भेन्चर — बेलायती लेखक एच राइडर हागार्डको यो उपन्यास सन् १८८७ मा प्रकाशित भएयता यसका आठ करोड तीस लाख प्रति बिकिसकेका छन् । 
 
९. द दा भिन्ची कोड — अमेरिकी लेखक ड्यान ब्राउनको उपन्यास सन् २००३ मा प्रकाशित भएयता यसका आठ करोड प्रति बिकिसकेका छन् । 
 
१०.  थिंक एन्ड ग्रो रिच — अमेरिकी लेखक नेपोलियन हिलको यो गैरआख्यान सन् १९३७ मा प्रकाशित भएयता सात करोड प्रति बिकिसकेका छन् । 
 
यसैगरी बेलायती लेखिका जेके रोलिङको ह्यारी पोटर शृंखलाका सबै उपन्यासहरू पाँच करोडभन्दा बढी बिक्री भएका छन् । त्यस्तै अर्की बेलायती लेखिका इएल जेम्सको उपन्यास फिफ्टी शेड्स अफ ग्रे पनि पाँच करोडभन्दा बढी बिक्री भएका छन् ।
 
सूची हेर्दा बेलायती लेखकको वर्चश्व देखिन्छ । अनि उपन्यास नै सबैभन्दा बढी बिक्ने पनि देखिन्छ । 
 
एजेन्सीको सहयोगमा
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
1.   मुनामदनका संगीतकार शर्माको निधन
2.   सिड्नीमा निबन्धकार नयाँघरे सम्मानित
3.   क्यानबेरामा साहित्यकार नयाँघरे सम्मानित
4.   भविनको ‘छायाँ’ विमोचित
5.   तिम्रो विर्यको मुल्य कति ?
6.   वरिष्ठ कलाकार डिना वाङ्देलको निधन
7.   झापामा नयाँघरे र धनकुटे कान्छा सम्मानीत
8.   संचारकर्मी डब्बु क्षत्रीको 'नमस्ते काठमाडौं' सार्वजनिक
9.   अनुभूति : सुन्दर गोरखा र ती राष्ट्रनिर्माता
10.   सेल्फी भनेपछि भुतुक्कै भद्रिका
11.   बसन्तले ल्याए भुमरी उपन्यास
12.   नयाँघरे र धनकुटेलाई प्रतिभा पुरस्कार
13.   हिमालको गोठालो लोकार्पित
14.   सुष्माको उपन्यास ‘सिमल’ सार्वजनिक
15.   विश्वमा सबैभन्दा बढी बिक्रि भएका १० पुस्तक यि हुन
16.   वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन
17.   अफ्रिकामा जीवा लामिछानेको ‘सरसर्ती संसार’ विमोचित
18.   उपन्यासकार कटुवालको ‘अधुरो सपना’ सार्वजनिक
19.   नारी स्रष्टाहरु सम्मानित
20.   रेडियोमा जागिर खानेको कथा: रेडियोमा कन्डमको कुरा गर्दा घरमा आमाको गाली
21.   निवन्धकार नयाँघरेको नियात्रा संग्रह ‘हाराबारा’ विमोचित
22.   हे भगवान मलाई किन ‘आइमाई’ बनाएनौ ?
23.   संस्मरण : आहै, भट्याउनेको, आहै, स्वरै सुक्यो – उत्तम भट्टराई
24.   साहित्य संगालोको सम्मान तथा पुरस्कार वितरण समारोह सम्पन्न
25.   कथा : विदेशिएकी गर्लफ्रेन्ड
Results 62: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media