आइतवार, असार १० गते, २०७५
कर्पोरेट म्यानपावर कप हुने
बुधवार, २०७३ भाद्र २८ गते ०४:४३

 
.
आगामी असोज १ गतेदेखि हुने तेस्रो युनाइटेड कप ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । ललितपुर धोवघाट नयाँबाटोमा रहेको युनाइटेड इन्टरनेशनल म्यानपावर प्रालिको आयोजनामा ललितपुरको नख्खुस्थित बुल्स क्लबमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यसअघि पुरुष सिंगल र डबल गरि २ बिधामा खेलाईदै आइएको प्रतियोगितामा यसपटक भने पुरुष डबल, कर्पोरेट म्यानपावर कप र भेट्रान्स डबल गरि तीन बिधामा हुने ब्याडमिन्टन प्रतियोगिताका संयोजक एंव युनाइटेड इन्टरनेशनल म्यानपावर प्रालीका सञ्चालक शुक्र पाख्रिनले जानकारी दिए । स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नारासहित हुने प्रतियोगितामा तीनै बिधामा गरि झण्डै २०० टिमको सहभागिता रहने आयोजकले विश्वास लिएको छ ।

यसबर्ष देखि सम्पुर्ण बैदेशिक रोजगार व्यबसायीलाई समेट्ने गरी कर्पोरेट म्यानपावर कपको बिधा समावेश गरिएको संयोजक पाख्रिनले बताए । साना देखि वृद्व सम्मले जहापनि सहजै खेल्न सकिने भएका कारण पछिल्लो समय ब्याडमिन्टन खेल लोकप्रिय बन्दै गएको पाख्रिनले बताए । मानिसलाई मेहनती, अनुशासित र स्वास्थ्य राख्न पनि ब्याडमिन्टन प्रतियोगिताले मद्दत गर्ने भएकाले प्रतियोगिताको आयोजना गरिएको पाख्रिनले बताए ।

पुरुष डबल प्रतियोगितामा राष्ट्रिय टीममा रहेका १६ जना बाहेक अन्य सबैले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ । त्यस्तै, कर्पोरेट म्यानपावर कपमा भने एक जना म्यानपावर सञ्चालक अनिवार्य हुनेपर्ने छ भने भेट्रान्स डबल तर्फ ४५ बर्ष माथीकाले सहभागिता जनाउन सक्ने आयोजकले बताएको छ ।
प्रतियोगिता अन्तर्गत पुरुष डबल तर्फको विजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद २५ हजार रुपैया प्राप्त गर्नेछ । यस्तै द्वित्तिय हुनेले १५ हजार र तृत्तिय हुने २ टीमले ८-८ हजार रुपैया पाउने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

यसैगरी, कर्पोरेट म्यानपावर कपको विजेताले नगद रु २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै द्वित्तिय हुनेले रु १२ हजार र तृत्तिय हुने दुई टीमले ६÷६ हजार प्राप्त गर्नेछन् ।

यस्तै, भेट्रान्स डबल तर्फको विजेताले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने द्वित्तिय हुनेले नगद १२ जार र तृत्तिय हुने दुई टीमले नगद ६/६ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ब्याडमिन्टनका राष्ट्रिय रेफ्रीहरु ज्ञानेन्द्र सिपाई, अनुप रत्न शाक्य, अमर लावति, राज महर्जन, सुमित शाक्य र ओम मनी बज्राचार्यले सञ्चालन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । प्रतियोगिताको समापन असोज ३ गते १२ औं दक्षिण एशियाली खेलकुदमा महिला सिंगल तर्फ विजेता नाङसाल देवी तामाङलाई नगद सहित सम्मान समेत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता भव्य अनि सभ्य रुपमा सफल पार्न सबैको उत्साहपुर्ण सभागिता चाहिने भएकाले सबैलाई सहभागिता जनाउन अनि आयोजकले अनुरोध गरेको छ ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
2.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
3.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
4.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
5.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
6.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
7.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
8.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
9.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
10.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
11.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
12.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
13.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
14.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
15.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
16.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
17.   नयाँ अमेरिकी राजदूत नेपाल आउदै, को हुन् र्‍यान्डी ?
18.   चक्रपथमा मोनोरेल चलाउन कानमपा र चिनियाँ कम्पनीबीच सम्झौता
19.   केन्द्र सरकारमा २१ प्रतिशत कर्मचारीमात्र रहने, सबैभन्दा धेरै स्थानिय तहमा
20.   सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
21.   आर्थिक वृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा
22.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
23.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
24.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
25.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
Results 725: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media