आइतवार, जेष्ठ १३ गते, २०७५
शुक्रवार, २०७० कार्तिक ०७ गते ०६:३५


मकवानपुर, हेटौडा / रोजगारीका लागि ओमान पुगेका ६ नेपालीले मकवानपुर जिल्लाको आमभञ्याङमा आधुनिक बाख्रापालनको शुरुवात गरेका छन् । उनीहरुले खोलेको हिमालयन एग्रोटेक फार्ममा अहिले २ सय भन्दा वढि बाख्राहरु रहेका छन् । उक्त फार्मको उद्घाटन बिहीवार क्षेत्रिय प्रहरी प्रमुख विज्ञानराज शर्माले गरे । 
गैरआवासीय नेपाली संघले स्वदेशमा लगानी भित्र्याउन खोजिरहेको अवस्थामा ओमानका युवाहरुले उदाहरणीय कार्यको थालनी गरेका छन् । ओमानमा कार्यरत प्रेम सापकोटा, डिवी क्षेत्री, दिपक श्रेष्ठ, बाबुराम अर्याल, गोपाल कुँवर र सुवर्ण कमचार्यले लगानी गरेर उक्त फार्मको शुरुवात गरेका हुन् । आफ्नो फार्मको  उद्घाटन हुँदा सवै लगानीकर्ता खुशी थिए । उनीहरु सवै आफ्नो फार्ममा उपस्थित पनि भएका थिए ।  ‘विदेशमा कमाएको पैसाले स्वदेशमा बाख्रा फार्मको शुरुवात गर्न पाउँदा अत्यन्तै खुशी लागेको छ’ एनआरएन ओमानका अध्यक्ष तथा फार्मका संचालक डिवी क्षेत्रीले वताए । 
ओमानमा रहेको आफ्नो जागिर छोडेर अहिले एक जना संचालक सुवर्ण श्रेष्ठ बाख्रा फार्म हेर्न स्वदेश फर्किएका छन् । ‘हामी अव सवै जना केही समय पछाडि स्वदेश फर्किएर कृषि क्षेत्रमा लगानी गर्ने सोचमा छौ ।’ फार्मका प्रवन्ध निर्देशक प्रेम सापकोटाले भने –‘ स्वदेशमा रोजगारीका अवसर सृजना गरेर बैदेशिक रोजगारमा जाने कामको अन्त्य गर्छौ ।’
अहिले हिमालयन एग्रोटेक फार्ममा १८ जना नेपालीहरुले रोजगारी पाएका छन् भने आगामी दिनमा सयौ नेपालीलाई रोजगारी दिने उनीहरुको भनाई छ । ‘विदेशमा बस्ने नेपालीहरुले गरेको उदाहरणीय कार्यको उद्घाटन गर्न पाउँदा अत्यन्तै गौरवको अनुभूति भयो ।’ क्षेत्रिय प्रहरी प्रमुख विज्ञानराज शर्माले फार्मको निरिक्षण गर्दै भने–‘ फार्मवाट पहिलो पटक उत्पादन भएका सवै खसी आफुले किन्ने छु ।’
विदेशमा बस्ने नेपालीहरुले सामूहिकरुपमा सानो नै भए पनि स्वदेशमा कामगर्ने हो भने यहाँ धेरै परिवर्तन हुने थियो भने सयौ नेपालीहरु रोजगारीको खोजी गर्दै विदेश जानु पर्ने थिएन ।    
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
2.   नयाँ अमेरिकी राजदूत नेपाल आउदै, को हुन् र्‍यान्डी ?
3.   चक्रपथमा मोनोरेल चलाउन कानमपा र चिनियाँ कम्पनीबीच सम्झौता
4.   केन्द्र सरकारमा २१ प्रतिशत कर्मचारीमात्र रहने, सबैभन्दा धेरै स्थानिय तहमा
5.   सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
6.   आर्थिक वृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा
7.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
8.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
9.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
10.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
11.   सन्दीप लामिछानेको अर्को फड्को : वेष्ट इन्डिजविरुद्ध आइसिसी विश्व ११ टिममा परे
12.   रन-वेको पिच उप्किएपछि त्रिभुवन विमानस्थल बन्द
13.   लोडसेडिङ अन्त्यको घोषणा, औद्योगिक क्षेत्रमा पनि बत्ती नजाने
14.   ताइवानी–नेपाली व्यापारिक अन्तरक्रिया सम्पन्न
15.   पोखरा विमानस्थलमा बम फेला, बम डिस्पोज
16.   आइतबार उपत्यकामा सार्वजनिक बिदा
17.   भारतीय प्रधानमन्त्री मोदी नेपालमा
18.   स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष खड्कालार्इ एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्ड
19.   कृषिमन्त्रीले ल्याए कृषिमा आत्मनिर्भर बन्ने लक्ष्यसहित ५८ बुँदे मार्गचित्र
20.   तातोपानी नाका खुल्ने सम्भावना :नेपाली र चिनियाँ अधिकारीबीच निर्माण सम्झौता
21.   श्रमिकका अधिकार पूरा भएको छैन् : पूर्वप्रम नेपाल
22.   वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय प्रमुखमा पाण्डे नियुक्त
23.   आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा
24.   श्रमिकको न्यूनतम ज्याला बढाउने सरकारको तयारी
25.   आज २५६२ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
Results 710: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media