आइतवार, असार १० गते, २०७५
दूतावासले समेत प्रमाणीकरण रोक्यो
मंगलवार, २०७२ फाल्गुन ११ गते १८:१४

 

धेरै नेपालीहरुको आकर्षक रोजगारी गन्तब्य बनेको मलेसिया रोजगारी संकटमा परेको छ । गत साता मलेसियन सरकारले तत्कालका लागि विदेशी कामदार नलिने घोषणा गरेसँगै मलेसियास्थित नेपाली राजदूतावासले नेपाली कामदारका मागपत्रको प्रमाणीकरण गर्ने काम रोकेपछि वैदेशिक रोजगारमा मलेसिया जान पाउने बाटो बन्द हुने देखिएको छ ।

दूतावासको यो निर्णयसँगै  तत्कालका लागि नेपाली श्रमिक मलेसिया जान पाउने आधिकारिक बाटो बन्द भएको हो ।  नेपाली दूतावासले मंगलबार सूचना प्रकाशित गर्दै तत्कालकालागि नेपाली श्रमिक प्रमाणीकरण कार्य रोकिएको जनाएको छ ।

 नेपालका अधिकांश मेनपावर कम्पनीहरुले मलेसियामा नेपाली कामदार पठाउँदै आएकोमा अब भने नेपाली मेनपावर व्यवसायीहरु पनि संकटमा परेका छन् ।

मलेसिया दूतावासबाहेक नोटरी पब्लिक र यहाँका स्थानीय चेम्बर अफ कमर्सले समेत कामदार प्रमाणीकरण गर्दै आएपनि मलेसिया सरकारले आफ्नो मुलुकमा नयाँ विदेशी कामदारलाई रोजगारी दिन बन्द गर्ने घोषणा गरेपछि सबै बाटो बन्द हुने देखिन्छ ।

मलेसियाका उपप्रधानमन्त्री एवं गृहमन्त्री अहमद जाहिद हमिदीले धेरै कामदार रहेका नेपाल र बंगलादेशसिहत सबै देशहरुबाट नयाँ कामदार लिन बन्द गरेको गत शुक्रबार घोषणा गरेका थिए । आफ्नो देशलाई चाहिने कामदारको संख्या यकिन गरेर तथा अवैधानिक रहेका कामदारलाई वैधानिक बनाइसकेपछि मात्रै कामदार लिनेबारे मलेसिया सरकारले फेरि सोच्ने बताइएको छ  ।

नेपालबाट मलेसियामा १४ लाख बढी युवाहरु रोजगारीका लागि गएका छन् । नेपालको जस्तै वातावरण र मौसम भएकाले खाडी राष्ट्र भन्दा मलेसिया जाने नेपालीको संख्या धेरै थियो ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
1.   यूएईले अवैध आप्रवासीलाई दियो तीन महिने आममाफी
2.   गैरआवासीय नेपाली र विदेशी विज्ञहरुको सम्मेलन हुँदै
3.   साउदीमा नेपाली मुस्लिम समुदायको इफ्तारी
4.   पर्यटनदूत राजा घले काठमाडौंमा अभिनन्दित
5.   मदिरा उत्पादन गरेको आरोपमा कुवेतमा ६ नेपाली पक्राउ
6.   एनआरएनए मध्यपूर्वी क्षेत्रीय भेला युएईमा हुदै
7.   एनआरएन यूएईको आयोजनामा इफ्तार
8.   बालगायक अशोक दर्जीलाई संखुवासभाली चेलीको सहयोग
9.   हत्या आरोपमा नेपाली कामदारलाई कतारमा मृत्युदण्डको फैसला
10.   कतार नाकाबन्दी एक वर्ष, देखिदैन प्रभाव
11.   श्रमिकलाई कानुनी सहायता दिन नेपाली दूतावास मलेसियामा वकिल नियुक्त
12.   साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली
13.   अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औं स्थानमा
14.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
15.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
16.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
17.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
18.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
19.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
20.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
21.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
22.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
23.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
24.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
25.   अमेरिकाबाट ९ हजार नेपालीलाई फिर्ता पठाउने तयारी
Results 567: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media