विहिवार, फाल्गुन १० गते, २०७४
दुतावासले वेवास्था गरेको पीडितको गुनासो
बुधवार, २०७२ पुस ०८ गते १५:४४

 
.


साउदी अरब । साउदी अरबको एक कम्पनीमा बन्दी जीवन बिताइरहेका नेपाली कामदारको उद्धारमा रियादस्थित रहेको नेपाली दूतावासले चासो नदिएको पीडित नेपालीले गुनासो गरेका छन् ।

साउदीको दमाममा रहेको मोहम्मद अलमोजिल ग्रुप अफ कम्पनी ९एमएमजी०मा कार्यरत ५० नेपाली कामदारको लामो समयदेखि उद्धार हुन नसकेको हो । आफूहरुको उद्धारमा दूतावासले चासो नदिँदा लामो समयदेखि बन्दी जीवन बिताउनुपरेको उनीहरुको गुनासो छ ।

पीडित नेपालीहरूले उद्धारका लागि आठ महिनाअघि नै दूतावासलाई लिखित तथा मौखिक जानकारी गराएको भएपनि दूतावासले सुनुवाइ नगरेको बताएका छन् । रोजगारदाता कम्पनीले आवास अनुमतिपत्र ९अकमा० नवीकरण नगरिदिँदा नेपाली कामदार एक वर्षदेखि बन्दी जीवन बिताउन बाध्य भएका छन् ।

उद्धारका लागि पटकपटक दूतावासलाई आग्रह गरिएपनि दूतावासले बेवास्ता गरेको बन्दी जीवन बिताइरहेका बाग्लुङका हेमराज पौडेलले गुनासो गर्नुभयो । दूतावासमा सम्र्पक गर्दा हप्ता दिनमा भइहाल्छ भन्छन्, तर हप्ता दिन भन्दाभन्दै महिनौँ बितिसक्यो, हाम्रो उद्धार हुन सकेको छैन–पीडित पौडेलले बताए ।

दूतावासले हामीलाई यहाँबाट स्वदेश फर्कने कानुनी व्यवस्था मात्र मिलाइदिए हुन्छ, सरसापट गरेर भएपनि टिकटको व्यवस्था बरु हामी आफैं गर्छौँ । पौडेलका अनुसार हालसम्म दूतावासको पहलमा तीन जना नेपालीलाई मात्र उद्धार गरी स्वदेश पठाइएको छ ।

बन्दी जीवन बिताइरहेका नेपालीको पीडाको विषयमा राससले डेढ महिनाअघि समाचार प्रकाशन तथा प्रशारण गरेपछि कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मा स्वयं उक्त कम्पनीमा पुगेर एक महिनाभित्रै उद्धार गर्ने आश्वासन दिएको भएपनि हालसम्म उद्धार हुन नसकेको पीडितको गुनासो छ ।

बन्धक बनाएर राखिएका पीडित नेपालीले १२ महिनाको तलबसमेत पाउन सकेका छैनन् । आवास अनुमतिपत्र अकमाको म्याद सकिएपछि स्वतः अवैध ठहर्ने साउदी अरबको कानुनी प्रावधान छ । गैरकानुनी तबरबाट बसेका आप्रवासी कामदारलाई यहाँको प्रहरीले जुनसुकै बेला पक्राउ गरी सिधै जेल चलान गर्ने यहाँको नियम छ ।

काम गरेको तलबसमेत नदिएर लामो समयदेखि कम्पनीले यसरी बन्धक बनाएर राख्दा पनि दूतावासले उद्धार गर्न पहल नगरेको झापाका प्रेमबहादुर तामाङले दुःखेसो गर्नुभयो । तलब नपाएको पीडाभन्दा बन्धक भएर बस्नुपरेकामा बढी पीडित छौँ, तामाङले भने, “जसरी भएपनि हामीलाई घर फर्कने व्यवस्था मिलाई दिनुपर्यो ।

यता कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माले भने बन्दी जीवन बिताइरहेका नेपाली कामदारको उद्धारमा दूतावासले पहल गरिरहेको भएपनि रोजगारदाता कम्पनीकै गलत नियतका कारण उद्धारमा ढिलाइ भएको बताए ।

बन्धक बनाइएका नेपाली कामदारको उद्धारका लागि हामी निरन्तर लागिरहेका छौँ, कार्यवाहक राजदूत शर्माले भने, नेपाली कामदारको उद्धार र स्वदेश फिर्तीका लागि पटकपटक रोजगारदातासँग आग्रह गरेका हौँ । तर अब धेरै ढिलाई भइसकेकाले श्रम अदालत र यहाँको प्रहरी प्रशासनको सहयोगमा जतिसक्दो छिटो उद्धार गरिने शर्माले बताए ।
रासस
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   नेपाल चीन जोड्ने रेल योजनाको खाका तयार
2.   लिङ्गका आधारमा भिसामा विभेद नगर्न सर्वोच्चको आदेश
3.   आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
4.   आज ग्याल्बो र सोनाम ल्होसार मनाइँदै
5.   ओलीले लिए प्रधानमन्त्रीको सपथ
6.   दोश्रो पटक ओली बने प्रधानमन्त्री, आजै सपथ ग्रहण
7.   पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने
8.   क्यासिनोमा अवैध पाँच विदेशी कामदार
9.   भूकम्पपीडितका लागि दोश्रो किस्ता लिने समयावधि थपियो
10.   निगमको संरचना परिवर्तन गरिँदै
11.   ७ औं सहायक राष्ट्रिय प्रशिक्षण तालिम आरम्भ
12.   धुर्मुस-सुन्तलीको अगुवाइमा रौतहटमा बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण
13.   ग्रामीण विकासकालागि दक्षिण कोरियाले गर्यो एक अरव सहयोग
14.   प्रदेशमा जान कर्मचारीको अटेर, नजानेलाई कारवाही गर्ने सरकारको तयारी
15.   नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा
16.   सावाको नेतृत्वमा नयाँ कार्य समिति सर्व–सम्मत चयन गर्दै प्रगतिशील मञ्चको अधिवेशन सम्पन्न
17.   मञ्चको चौथो महाधिबेशन शुरु (फोटो फिचर)
18.   आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै
19.   अमेरिकाले १८ लाख आप्रवासीलाई नागरिकता दिने
20.   जापानले ३२ करोड आर्थिक साहयता दिने
21.   साउदी जेलमा रहेका भुसाललाई जुटयो ‘ब्लड मनी’
22.   राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया अघि बढयो
23.   आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
24.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
25.   सुरक्षित घर अभियान सुरु
Results 654: You are at page 1 of 27
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media