विहिवार, फाल्गुन १० गते, २०७४
शुक्रवार, २०७२ मंसिर २५ गते १०:५४


भारतको नाकाबन्दीका कारण समस्यामा परेको नेपाललाई साउदी अरबले एक करोड लिटर पेट्रोलियम अनुदान दिने भएको छ । साउदी सरकारले पेट्रोलियम अनुदान दिने संकेत गरेपछि नेपाल सरकारले औपचारिक आग्रहसहितको पत्र पठाएको छ ।

नेपाल सरकारले वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत सरकारले साउदी अरबसँग तेल उपलब्ध गराउन आग्रह गरेको हो ।

यसअघि चीनसँग अनुदानको पेट्रोल ल्याएको सरकारले साउदी अरेबियालाई पनि तेल सहयोग गर्न आग्रह गर्दै औपचारिक पत्र लेखेको वाणिज्य मन्त्रालयका सहसचिव शिवप्रसाद त्रिपाठीले जानकारी दिएका छन् ।

परराष्ट्र मन्त्रालयमार्फत पठाइएको पत्रमा १० हजार किलोलिटर पेट्रोल तथा डिजेल उपलब्ध गराउन अनुरोध गरिएको छ ।

मन्त्रालयले साउदी सरकारलाई काठमाडौंसम्म तेल ल्याउने व्यवस्था गर्न पनि आग्रह गरेको छ । ‘एयरकार्गो मार्फत तेल आउन सक्छ । त्यसैले हामीले सोमबार मात्रै परराष्ट्र मार्फत पत्र काटेका छौं ।’

काठमाडौंस्थित साउदी अरबका राजदुतले तेल दिन सक्ने बताएपछि पत्र काटिएको मन्त्रालयका अधिकारीले जनाएका छन् ।

‘काठमाडौंमा रहेका साउदी राजदुतले साउदीले एयर कार्गोमार्फत अनुदानमा तेल दिन सक्ने बताएपछि नै पत्र काटिएको सरकारले जनाएको छ । साउदीमा रहेको नेपाली राजदुतावासले पनि समन्वय गरेको छ । साउदी सरकारले काठमाडौंसम्म ल्याएर तेल दिनेमा मन्त्रालय विश्वस्त रहेको पनि मन्त्रालयका अधिकारीले बताएका छन् ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   नेपाल चीन जोड्ने रेल योजनाको खाका तयार
2.   लिङ्गका आधारमा भिसामा विभेद नगर्न सर्वोच्चको आदेश
3.   आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
4.   आज ग्याल्बो र सोनाम ल्होसार मनाइँदै
5.   ओलीले लिए प्रधानमन्त्रीको सपथ
6.   दोश्रो पटक ओली बने प्रधानमन्त्री, आजै सपथ ग्रहण
7.   पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने
8.   क्यासिनोमा अवैध पाँच विदेशी कामदार
9.   भूकम्पपीडितका लागि दोश्रो किस्ता लिने समयावधि थपियो
10.   निगमको संरचना परिवर्तन गरिँदै
11.   ७ औं सहायक राष्ट्रिय प्रशिक्षण तालिम आरम्भ
12.   धुर्मुस-सुन्तलीको अगुवाइमा रौतहटमा बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण
13.   ग्रामीण विकासकालागि दक्षिण कोरियाले गर्यो एक अरव सहयोग
14.   प्रदेशमा जान कर्मचारीको अटेर, नजानेलाई कारवाही गर्ने सरकारको तयारी
15.   नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा
16.   सावाको नेतृत्वमा नयाँ कार्य समिति सर्व–सम्मत चयन गर्दै प्रगतिशील मञ्चको अधिवेशन सम्पन्न
17.   मञ्चको चौथो महाधिबेशन शुरु (फोटो फिचर)
18.   आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै
19.   अमेरिकाले १८ लाख आप्रवासीलाई नागरिकता दिने
20.   जापानले ३२ करोड आर्थिक साहयता दिने
21.   साउदी जेलमा रहेका भुसाललाई जुटयो ‘ब्लड मनी’
22.   राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया अघि बढयो
23.   आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
24.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
25.   सुरक्षित घर अभियान सुरु
Results 654: You are at page 1 of 27
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media