मंगलवार, जेष्ठ ०८ गते, २०७५
» समाचार
भूकम्प र त्यसपछिका परकम्पबाट क्षतिग्रस्त विभिन्न जिल्लाका विद्यालयको पुनःनिर्माणमा सहयोग पुर्‍याउने ३१ संस्था तथा व्यक्तित्व सम्मानित भएका छन् । पूर्वराष्ट्रपति डा रामवरण यादवले ‘सहयोगी हात अभियान’मा संलग्न राधास्वामी सत्सङ्ग व्यास नेपाल, बालकल्याण केन्द्र नेपाल, ग्लोबल सेपर्स कम्युनिटी काठमाडौँलगायत संस्था तथा व्यक्तिलाई आयोजित समारोहमा सम्मानपत्र प्रदान गरे ।
नेपाल विद्युत प्राधिकरणले आज पुस १० गते शुक्रबारबाट लागू हुने गरी लोडसेडिङको समयावधी बढाएको छ । यसअघि सातामा ७० घन्टा लोडसेडिङ भैरहेकोमा शुक्रवारबाट ७७ घण्टा हुनेछ ।
लामो समयदेखि रिक्त रहेको श्रम तथा रोजगार मन्त्रीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बोहोरा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले साना दलहरुलाई पनि समेटेर बिहीबार मन्त्रिपरिषद विस्तार गरेका छन् । आज थपिएका ४ मन्त्रीसँगै मन्त्रिपरिषद ३४ सदस्यीय भएको छ ।
Results 36 : You are at page 24 of 36
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36  Next »

Powered By : Unitech Media