सोमवार, असार ०४ गते, २०७५
कोरियन भाषाको परीक्षा केन्द्र तोकियो
सोमवार, २०७५ जेष्ठ २० गते ०१:१४

 
 
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) प्रणालीमार्फत काम गर्न जाने विदेशी कामदारहरुको भाषासँगै सीप क्षमताको पनि परीक्षण गर्ने भएको छ । नयाँ प्रणालीमा रोजगार आकांक्षी विदेशी कामदारको शारीरिक अवस्था, सीपको स्तर, सम्बन्धित कामको अनुभवजस्ता विषयमा पनि मूल्यांकन गरिने बताइएको छ ।
 
कोरीयाको मानव संसाधन विकास (एचआरडी) आगामी वर्ष सन् २०१९ देखि ईपीएस अन्तर्गतको कोरियन भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली लागू गर्ने सार्वजनिक गरेको छ ।
 
उक्त प्रणाली अन्तरगत दुई तहमा लिइने परीक्षा अन्तरगत पहिलो चरणमा भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवम् दक्षताको मूल्यांकन सम्पन्न गरी दुवै चरणबाट परिक्षर्थीले पाएको अंकलाई जोडेर कूल प्राप्तांकको सबैभन्दा धेरै अंक ल्याउनेलाई आवेदकलाई प्राथमिकताको आधारमा अन्तिम छनौट गरिने बताइएको छ । यसभन्दा अघि कोरियन भाषा दक्षताको आधारमा मात्रै कामदारको नामावली छनोट गर्दै आएको थियो । नयाँ प्रणालीले भाषा परिक्षा उत्तीर्ण गर्नु थप कठिन हुने अनुमान छ ।
 
एचआरडीले भने कोरियन भाषामा केही कमजोर भए तापनि अरु क्षमता भएका इमान्दार कामदारलाई रोजगार दिलाउन यो प्रणालीले सहयोग गर्ने जनाएको छ । कोरियाले ईपिएस प्रणालीबाट विदेशी कामदार ल्याउने अन्य देशमा यस अघि नै यो प्रणाली लागू गरेको बताउँदै नेपालीमा तीन वर्ष अघि आएको महाभूकम्पका कारण आगामी वर्षदेखि लागू गर्ने बताएको थियो ।

कोरियन भाषाको परीक्षा केन्द्र तोकियो
 
वैदेशिक रोजगार इपिएस कोरिया शाखाले कोरियन भाषाको परीक्षा केन्द्र तोकेको छ। जेठ २६ र २७ हुने भाषा परीक्षाका लागि केन्द्र तोकिएको शाखाले जनाएको छ।
 
परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकिएको शाखाले जानकारी दिएको छ। परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ। 
 
पहिलो सिफ्ट अन्तर्गत  बिहान ८ बजेदेखि १० सम्म र दोस्रो १२ देखि ४ बजेसम्म सञ्चालन हुने शाखाले गरेको विज्ञापनमा उल्लेख गरिएको छ। कोरियन भाषा परीक्षाका लागि करिब ८० हजार युवाले आवेदन दिएका छन्। कोरिया नेपालका लागि उद्योग र कृषिमा गरी १० हजार ५ सय कामदारको कोटा छुटाइसकेको छ । १८ बर्षदेखि ३९ बर्ष उमेर नकाटेका युवा परिक्षामा सामेल हुनसक्ने प्रावधान छ ।  
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
201.   चितवन धमाकाका लागि कलाकार टोली कतार प्रस्थान
202.   एनआरएन जापानद्धारा लायन्स क्लबका प्रतिनिधिहरुलाई स्वागत
203.   अमेरिका छिर्न खोज्ने १६ नेपाली फिलिपिन्सबाट पक्राउ
204.   कतारमा आप्रवासी समुदाय र मानव अधिकार समितिबीच सहकार्य
205.   अष्ट्रेलियाको राष्ट्रिय जुडो प्रतियोगितामा नेपाली खेलाडीलाई स्वर्ण र कास्य
206.   धुर्मुस सुन्तली एकिकृत बस्ती निर्माणका लागि एभरेष्ट नेपाल युथ एसोसिएसनले सहयोग अभियान सुरु गर्ने
207.   संयुक्त बैचारिक सयंन्त्रद्धारा ओमानबाट पिडित महिलाको उद्धार
208.   कतारमा अलपत्र १८५ नेपालीलाई एभरेष्ट नेपाली युथ एसोसिएसन र बसन्त फिल्मसको खाद्यान्न सहयोग
209.   कृष्ण प्रणामी युवा परिषद युएईको तेस्रो अधिवेशन सम्पन्न
210.   नेपालीको लगानी रहेको ग्रिनल्याण्डले खोल्यो कतारमा ट्राभल
211.   गल्कोटको स्वास्थ्य शिविरमा ८ हजारभन्दा बढिले लिए स्वास्थ्य सेवा
212.   न्युयोर्कमा नेपाल डे परेड प्रदर्शन
213.   घाइते लामालाई कात्तिके देउराली समाज कोरियाको सहयोग
214.   कतारको सबैभन्दा सम्मानित अमिरी कप सुरु
215.   कुवेतमा मदिरा बनाएको आरोपमा ६ नेपाली पक्राउ
216.   मलेसियामा मुद्दा लड्न नेपाली श्रमिकलाई वकिलको व्यवस्था
217.   ओमान नेपाली एकता समाज रुसेयल एरिया समिति गडन
218.   नयाँघरेको उपस्थितिमा कतारमा भव्य साहित्यिक कार्यक्रम, आमिलको चर्चा
219.   सुदुरपश्चिम सेवा समाज कतारको शुभकामना तथा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न
220.   नयाँघरेको उपस्थितिमा कतारमा भव्य कार्यक्रम हुँदै
221.   गोरखा समाज अष्ट्रेलियाद्वारा नयाँ बर्षको कार्यक्रम सम्पन्न
222.   साउदीका लागि नेपालका कार्यवाहक राजदूतमाथि छुरा प्रहार
223.   दुबईमा पाँच नेपालीले जिते २० करोडको चिठ्ठा
224.   ओमानमा हुने ‘नेपाल फेस्टिबल र जबफेयर’ सेप्टेम्बरसम्म स्थगित
225.   युएईको अजमान एमिरेट टावरमा भीषण आगलागी
Results 413: You are at page 9 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media