नक्कली शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश

news-details

निलम्बित सांसद, पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीसहित नक्कली शरणार्थी प्रकरणका ७ प्रतिवादीलाई थुनामा पठाउने जिल्ला र उच्च अदालतको आदेश सर्वोच्चले सदर गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्धय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले बिहीबार केहीलाई थुनामुक्त गर्ने आदेश गरे पनि पूर्वमन्त्री रायमाझी र नेपाल सरकारका तत्कालिन सचिव टेकनारायण पाण्डेसहित सात जनालाई भने थुनामै पठाउन आदेश दिएको हो ।

अदालतको आदेशअनुसार निलम्बित सांसद रायमाझीसहित पाण्डे, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, डा. इन्द्रजित राई र सानु भण्डारीले पुर्पक्षका लागि थुनामै बस्नुपर्ने भएको छ ।

यद्यपि सर्वोच्चले पूर्वसांसद आङटावा शेर्पा र बिचौलिया भनिएका गोविन्द चौधरीलाई भने धरौटीमा छाड्न आदेश दिएको छ । शेर्पालाई ३० लाख रुपैयाँ र चौधरीलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *