कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्।
विश्वासको मतका लागि मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा २३ जना सांसदले मत दिए। प्रस्तावको विपक्षमा १२ सांसदले मतदान गरेका थिए।
कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ सांसद उपस्थित थिए । एक जना मात्र सदस्य रहेको राप्रपा तटस्थ बसेको छ।
कर्णाली प्रदेश सभामा नेकपा (एमाले) का १० (समामुखसहित), माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १४, राप्रपा र समाजवादीका १-१ जना गरी हाल ३९ जना सांसद छन्। नेपाली कांग्रेसका १५ सांसद रहेकोमा एक जना निलम्बनमा छन्।
कँडेल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।








