सोमवार, असार ०४ गते, २०७५
शनिवार, २०७५ जेष्ठ १२ गते २२:५१

आशिष मल्ल ठकुरी । काठमाडौंबाट डडेल्धुराको लागि छुटेको यात्रुवाहक बसमा गुडिरहेकै अवस्थामा आगो लागेको छ । शुक्रबार कोहलपुरको बासगढी नजिकै उग्रतारा यातायातको बा ४ ख ८४९२ नम्बरको  बसमा आगलागी भएको हो ।
 
ओभरट्याक गर्ने क्रममा बसको अगाडिको चक्कामा  लागेको आगो फैलँदा बस पूर्ण रुपमा जलेको छ ।
 
अगाडिको चक्काबाट लागेको आगोले केही क्षणमा भयानक रुप लिए पनि यात्रु भने सकुशल छन् । बसमा कति यात्रु थिए भन्नेबारे केही खुलाइएको छैन ।
 
गाडीमा भएका यात्रुहरुका समान पनि गाडीसँगै जलेका छन् । दमकल समयमा नपुग्दा गाडी पूर्णरुपमा जलेको बताइएको छ ।
 
नेपालमै पहिलोपटक डडेल्धुराको उग्रतारा सार्वजनिक यातायातले  केही महिनाअघि शौचालय र चमेनागृहसहितकोे अत्याधुनिक बस सञ्चालनमा ल्याएको थियो ।
 
गुडिरहेकै अवस्थामा बसमा कमै मात्र आगलागी हुन्छ । यसअघि गत माघ २४ गते काभ्रेको धुलिखेलमा पनि गुडिरहेकै अवस्थामा बसमा आगो सल्केको थियो । बनेपाबाट भकुण्डेबेंसीतर्फ जाँदै गरेको हिमाल तराई यातायातको बा ३ ख ३२७० नम्बरको बसमा सल्केको आगोले बस क्षतिग्रस्त भए पनि यात्रु भने जोगिन सफल भएका थिए ।
 
त्यसैगरी, ०७३ वैशाख १८ गते नेपालगञ्जबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख ६९५ नम्बरको यात्रुवाहक बसमा पनि आगो सल्केको थियो । तर आगो फैलन नपाउँदै प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएका थिए । आगोले जल्दा छतमा राखिएका सात मोटरसाइकल र सामान नष्ट भएका थिए । -अनलाइनखबरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
101.   एनआरएनए बहराइनको अध्यक्षमा पुन निर्विरोध चयन
102.   एनआरएनएको सरसफाईको कमाल : आहा ! नेपालको अन्तर्राष्ट्रिय विमानस्थल
103.   एनआरएनए ईक्वेटेरियल गेनियामा नयाँ नेतृत्व, अध्यक्षमा सेढाई निर्वाचित
104.   मलेसियामा नेपाली सुरक्षा गार्डको बहादुरी (भिडियोसहित)
105.   एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा टोनु गोथाने निर्वाचित
106.   ओमानमा महिनामा एक दिन ‘राजदुतसंग कफि’ कार्यक्रम
107.   कुवेतबाट फर्किएकी छोरी ह्वील चेयरमा देख्दा आमाको आँशु रोकिएन
108.   त्रिभुवन बिमानस्थलमा एनआरएनको सरसफाइ अभियान
109.   एनआरएनए केन्यामा नयाँ नेतृत्व चयन
110.   एनआरएनए कतारको बृहत इफ्तार कार्यक्रम सम्पन्न
111.   एनआरएनए कुवेतको पाँचौ अधिबेशन अगष्ट १८ मा हुने
112.   एनआरएनएले विमानस्थलमा अन्तराष्ट्रिय स्तरको टर्मिनल बनाइदिने
113.   नेपालमा लगानी बढाउन एनआरएन तयार
114.   एनआरएनए कतारमा सदस्यताका लागि आवेदन खुला
115.   एनआरएनए साउदीद्वारा राजदुत सिहंलाई बधार्इ तथा शुभकामना
116.   एनआरएन क्लव ओमानद्वारा रक्तदान कार्यक्रम सम्पन्न
117.   एनआरएनए कतारको चौथो परिषद भेला सम्पन्न
118.   घले दम्पत्ती अष्ट्रेलियाका धनाढ्यहरुको सूचीमा १०१ औं स्थानमा
119.   भिजिट भिसाको प्रतिबन्ध हटाउन एनआरएन युएईको माग
120.   गल्फमै पहिलो पटक गैरआवासीय नेपाली संघ ओमानमा बिधिवत दर्ता
121.   गैरआवासीय नेपाली संघ ओमानको नयाँवर्ष उत्सव सम्पन्न
122.   ‘लाप्राक नमूना वस्ती’ निमार्ण कार्य धमाधम हुँदै
123.   नेपालमै दक्ष जनशक्ति उत्पादन गर्न एनआरएनहरु लाग्नुपर्नेमा जोड
124.   पर्यटन प्रबर्द्धनका लागि एनआरएनएले नमस्ते अभियान सञ्चालन गर्ने
125.   विभागलाई एनआरएनए कामदार कल्याण समितिको ५ बुँदे सुझाव पत्र
Results 406: You are at page 5 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media