मंगलवार, बैशाख ११ गते, २०७५
सोमवार, २०७५ बैशाख ०२ गते ०३:५४

भोलि सोमबारदेखि उपभोक्ताको थप सुविधाको लागि नेपाल टेलिकमले ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर उपलब्ध गराउने भएको छ ।
 
बैशाख ३ गते मनाइने आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी) को अवसरमा नेपाल टेलिकमले जीएसएम तथा सीडीएमएका प्रिपेडरपोष्टपेड मोबाइलमा ‘ह्याप्पी सोसल मिडिया प्याक’ उपलब्ध गराउने भएको छ । ह्याप्पी सोसल मिडिया प्याक अन्तर्गत फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने छ । अफर आगामी २०७५ बैशाख १८ गते सम्म लिन सकिने छ ।
 
ह्याप्पी सोसल मिडिया प्याक अन्तर्गत २१ रुपैयाँमा २ सय ५० एमबी डाटा प्राप्त हुनेछ । सो प्याक विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने छ । सो प्याक ७ दिन अवधिसम्म प्रयोग गर्न सकिने छ ।
ह्याप्पी सोसल मिडिया प्याक चलाउदा वेब ब्राउजर नभई सम्बन्धित सोसल मिडियाको एप्स नै प्रयोग गर्नु आवश्यक हुन्छ ।
 
विद्यार्थी अफर
 
कम्पनीले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यार्थी अफर उपलब्ध गराउने भएको छ । सो अफर भोलिदेखि उपलब्ध हुनेछ ।
 
विद्यार्थीहरुलाई रु. ५०( टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइने छ । सो रकम मध्ये १० रुपैयाँमार्फत कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न जस्ता सबै सुविधा उपयोग गर्न सकिने छ । बाँकी ४० रुपैयाँमार्फत ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस गर्न सकिने छ । यी सबै सुविधा ३० दिन भित्र उपभोग गरिसक्नु पर्नेछ ।
 
विद्यार्थीहरुलाई ६ महिनासम्म बोनसको रुपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधा समेत उपलब्ध गराइने छ । यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुनेछ ।
 
त्यसैगरी सो अफर अन्तर्गत रजिष्टर गरिएका सिममा ५० रुपैयाँ वा सो भन्दा बढी रकम रिचार्ज गर्दा समेत १ वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध गराइने छ । ५० रुपैयाँ रिचार्ज गर्दा बोनस अन्तर्गत १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिद गर्न सकिने छ । रिचार्ज गरिसके पछि यो सुविधा ३ दिन भित्र उपभोग गरिसक्नु पर्नेछ ।
 
अफर अन्तर्गत उपलब्ध भ्वाइस कल र एसएमएस नेपाल टेलिकमकै नेटवर्क भित्रका नम्बरका लागि मात्र उपलब्ध हुनेछ ।
 
आगामी ३ महिनासम्म विद्यार्थी अफर उपलब्ध गराइने छ । अफर अन्तर्गत प्राप्त प्याकेज भने सिम एक्टिभ भएको ६ महिनासम्म उपलब्ध हुनेछ भने रिचार्जमा प्राप्त बोनस एक बर्ष सम्म उपलब्ध हुनेछ ।
 
एसईई, उच्च मावि र सोभन्दा माथिल्लो तहका बिद्यार्थीहरुलाई बिद्यार्थी अफरको सिम उपलब्ध गराइने छ । एसईई परीक्षा दिएका विद्यार्थीहरुले सो सिम लिनका लागि विद्यालयको आईडी कार्ड वा परीक्षाको एडमिट कार्ड, फोटो र आफ्नो अभिभावकको नागरिकताको प्रतिलिपी उपलब्ध गराउनु पर्नेछ ।
 
त्यसैगरी उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीहरुले आफ्नो नागरिकताको प्रमाणपत्र, फोटो र उच्च मावि वा कलेजको परिचय पत्रको प्रतिलिपी उपलब्ध गराउनु पर्नेछ ।
 
नेपाल टेलिकमले हाल नयाँ वर्ष २०७५ को अवसरमा उपभोक्ताको थप सुविधाका लागि ह्याप्पी विकेन्ड प्याक, अनलिमिटेड जीएसएमरसीडीएमए नाइट डाटा प्याक, एडीएसएल भोलुम बेस्ड प्याकेज र एडीएसएल अनलिमिटेड प्याकेज समेत उपलब्ध गराइरहेको छ ।
 
विभिन्न प्याकेज खरिद गर्न तथा जानकारी लिनका लागि ८ज्ञद्धज्ञछ३ डायल गर्नु पर्नेछ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ । माथि उल्लेख गरिएका सबै दरहरु करसहितका हुन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
776.   ग्लोबल आइएमर्इ र कमर्जको एकीकृत कारोबार सुरु
777.   सिटी एक्सप्रेस र कालिञ्चोकवीच रेमिट्यान्स सम्झौता
778.   मेगा बैंकको ‘मेगा डिपोजिट धमाका’
779.   सुमार्गीको नगरकोटमा एक दिने गोष्ठी सम्पन्न
780.   बागमती सफाइमा जनता बैंक
781.   वेष्ट रेमिट र प्राइम बैंकबीच रेमिट्यान्स सम्झौता
782.   अफ्रिकाको किलिमन्जरो हिमालमा आईएमईको झण्डा
783.   प्रभू मनी ट्रान्सफर र प्राइम बैंकबीच रेमिट्यान्स सम्झौता
784.   सिटिजन्स र मलेसियाको म्याक्स रेमिटबीच सम्झौता
785.   सिटि एक्सप्रेस र प्राईम बैंकवीच रेमिट्यान्स सम्झौता
786.   एभरेष्ट बैंकका सीइओद्धारा ग्राहक भेटघाट
787.   क्रिकेट जर्सीमा मेगाका कर्मचारी
788.   आईएमईले बालबालिकासँग मनायो होली
789.   वेष्ट रेमिट र सिटिजन बैंकबीच रेमिट्यान्स सम्झौता
790.   हिमाल रेमिटको हिमालोत्सव कार्यक्रम हुँदै
791.   पारस सम्साराको ब्राण्ड अम्वेसडर
792.   ग्राण्डीमा एभरेष्ट बैंकको एटिएम
793.   सिटी एक्सप्रेस र फेवा फाइनान्सबीच रेमिट्यान्स सम्झौता
794.   नेपाल टेलिकमको निशुल्क वाइफाइ सेवा
795.   ठग समात्नेलाई मेगाको ३ लाख इनाम
796.   वसुन्धरामा सुविधासम्पन्न फिडियस ट्राभल शुरु
797.   वेष्ट रेमिट र सिनर्जी फाइनान्सवीच रेमिट्यान्स सम्झौता
798.   सिटी एक्सप्रेस र विश्व विकास बैंकवीच रेमिट्यान्स सम्झौता
799.   सानिमाको प्रमुख कार्यकारी अधिकृतमा दाहाल
800.   सिटी एक्सप्रेस र कञ्चन डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
Results 841: You are at page 32 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media