मंगलवार, बैशाख ११ गते, २०७५
बुधवार, २०७४ चैत्र २० गते ०१:२२

 
सन् २०२२ मा विश्वकप आयोजनाका लागि रंगशाला लगायतका संरचना निर्माण गर्न ल्याइएका बिदेशी कामदारलाई कतारले क्षतिपूर्ति दिने भएको छ ।
 
बिश्वकपका लागि संरचना बनाउन नेपाल, बंगलादेश लगायतका देशबाट हजारौं कामदार ल्याइएको छ । यी कामदारहरु ठूलो रकम तिरेर कतार आएको र शोषणमा परेको भन्दै मानवअधिकारवादी संस्थाहरुले आवाज उठाएपछि कतारले बिदेशी कामदारलाई क्षतिपूर्ति दिने तयारी थालेको हो । कतार वल्र्डकप आयोजक समितिले बिदेशी कामदारले करिव ५० लाख डलर (झण्डै ५० करोड रुपैयाँ) क्षतिपूर्तिस्वरुप पाउने घोषणा गरेको एसोसिएटेड प्रेसले जनाएको छ ।
 
खासगरी कामदार कतार आउने क्रममा मेनपावर कम्पनीलाई तिरेको रकम फिर्ता गर्ने मनसायले आयोजकले यस्तो कदम चालेको बताइएको छ । विश्वकप आयोजक समितिका महासचिव हसन अल थवाडीले भने, ‘आफ्नो परिवारको हातमुख जोड्न देश छाडेर आएका कामदारहरु पीडित भएका छन्, उनीहरुलाई हामी क्षतिपूर्ति दिन्छौं ।’आयोजक कमिटी र ठेकेदारले कामदारलाई क्षतिपूर्ति दिने प्रकृया थाल्न सहमति गरेको उनले बताए ।
 
आयोजकका अनुसार आगामी दुई वर्षभित्र करिव १ अर्ब २० करोड कतारी रियाल अर्थात् झण्डै ५२ करोड डलर कामदारलाई क्षतिपूर्तिस्वरुप दिइने छ । यसरी क्षतिपूर्ति पाउने ठूलो संख्या नेपाली कामदारको हुने छ । विश्वकप आयोजनाका लागि भौतिक संरचना निर्माणमा सबैभन्दा धेरै नेपाली कामदारहरुको प्रयोग भइरहेको छ । 
 
कतारले फ्री भिषा फ्री टिकट उपलब्ध गराइरहेको बताएता पनि कामदार पैसा तिरेर जाँदा रहेछन् भन्ने कुरा यसबाट प्रष्ट हुन्छ । नेपाली मात्र नभएर रोजगारीका लागि सबैभन्दा धेरै पैसा बंगालादेशीले तिर्ने गरेको बताइन्छ ।  
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   स्वरोजगार कोषले दिने रकममा बृद्धि, पाँच लाख पु¥याइदै
2.   विदेशको जेलमा रहेका नेपालीलाई सरकारले कानूनी सेवा दिने
3.   वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयबाट २९ जना विचौलिया पक्राउ
4.   श्रम, रोजगार तथा सामाजिक सुरक्षाको विषयमा संघ र प्रदेशबीच समन्वय हुनुपर्नेमा जोड
5.   ‘फ्री भिषा नो टिकट’ र एक महिनाको तलब सेवा शुल्क माग्दै संघ
6.   कतारले कामदारको क्षतिपूर्ति दिने
7.   कोरियन भाषा परीक्षामा ८२ हजार बढिको आवेदन
8.   यूएई दूतावासमा अव प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नु नपर्ने
9.   श्रम मन्त्री विष्टलाई झापाका मेनपावर एजेण्टको ज्ञापनपत्र
10.   कोरिया जानेको आवेदन खुल्यो, वैंकमा लामो लाइन
11.   श्रम मन्त्री विष्टको चेतावनी –‘डाइनोसर हुनु पर्ला’
12.   १६ हजार युवालाई सीपमूलक तालीम दिइने
13.   श्रम तथा रोजगार मन्त्रालयमा विष्टको प्रवेश
14.   जोर्डन जानेले यी ५ मेडिकल नै जानु पर्ने
15.   गृहमन्त्रीको वैदेशिक रोजगारमा हुने ठगीमा चासो
16.   विभागमा संस्थागत भन्दा व्यक्तिगत उजुरी धेरै (भिडियो रिपोर्टसहित)
17.   यूएई जानेको आर्थिकभार अझ बढ्दै, प्रहरी रिपोर्ट प्रमाणीकरणको जिम्मा दुई ट्राभल्सलाई
18.   नवौं कोरियन भाषा परीक्षा जेठ २६ र २७ मा, चैत्र ८ देखि १७ सम्म आवेदन खुल्ला
19.   राम्रो जागिरको लोभमा ठगिए ४ सय युवा
20.   युएई दुतावास परिसरमा भीड बढेपछि प्रहरीसँगको सहकार्यमा रोजगार मिडियाले ग¥यो टोकन वितरण
21.   कोरियाले सन् २०१९ मा ७ हजारभन्दा बढी नेपाली कामदार लैजाने
22.   अवैधरुपमा विदेश गएका नेपाली महिलाका समस्याबारे जनचेतना
23.   दूतावासमै युएई जाने नेपालीको भीड, एउटै छापको लागि घण्टौ लाइन र चर्को शुल्क
24.   संघियता लागूभए सँगै ठूलो सङ्ख्यामा कर्मचारी आवश्यक
25.   सात महिनामै थपिए दुई सय नयाँ म्यानपावर
Results 542: You are at page 1 of 22
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media