आज पनि मेघगर्जन र चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना
- बैशाख १४, २०८१
- 0
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण शुक्रबार पनि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।
गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ ।
0 प्रतिक्रिया
सुरु भयो घरजग्गा एक्स्पो, सभामुखले गरे उद्घाटन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जग्गा तथा आवास निर्माण प्रदर्शनी २०२६ सुरु भएको छ। प्रदर्शनीको उद्घाटन सभामुख डीपी अर्यालले […]
नयाँ दिल्ली पुगे अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको नयाँ दिल्ली पुगेका छन् । भारत सरकारको निमन्त्रणामा तीन दिने भारत भ्रमणमा गएका […]
धनुषामा १९ दिनसम्म बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी, मुख्य प्रतिवादी कारागार चलान

जनकपुर । धनुषामा एक बालिकालाई १९ दिनसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोग लागेका मुख्य प्रतिवादी ताहिर राइन पुर्पक्षका लागि […]
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहीबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सामुद्रिक […]
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]






