आइतवार, असार १० गते, २०७५
शनिवार, २०७४ माघ १९ गते ०२:२३

नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले प्रदान गर्दै आएको कला श्री सम्मान तथा पुरस्कार यस वर्ष चार जनालाई प्रदान गर्ने भएको छ ।  भाषा, साहित्य, कलासंस्कृति र सङ्गीतका साधकहरूलाई विभिन्न ४ विदामा प्रदान गरिने कलाश्री सम्मान यसवर्ष डा।वासुदेव त्रिपाठी, माया ठकुरी, मणि लोहनी र मोहन दुवाललाई प्रदान गरिने भएको हो । 
 
जसअनुसार प्रतिष्ठानले अमूल्य राष्ट्रिय कलाश्री सम्मान-२०७४ डा.वासुदेव त्रिपाठीलाई, एकलाख राशिसहित राष्ट्रिय कलाश्री पुरस्कार-२०७४ कथाकार माया ठकुरीलाई, पचास हजार राशिसहितको ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार-२०७४ सशक्त साहित्यसर्जक मणि लोहनीलाई र २५ हजार राशिसहित बद्रि राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार-२०७४ साहित्यका साधक पत्रकार मोहन दुवाललाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानकी अध्यक्ष मोमिलाले जानकारी दिइन् ।
 
सम्मान तथा पुरस्कार आगामी फागुन महिनामा विशेष समारोहका बीच प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । 
 
राष्ट्रको साझा सवाल र गौरव नेपाली कला, साहित्य, सङ्गीत, संस्कृति, दर्शन, इतिहास एवम् विविध क्षेत्रमा सम्मान तथा पुरस्कार स्थापन, अध्ययन अनुसन्धान, प्रकाशन, सम्मेलन, भ्रमण, विमर्श, गोष्ठी आदिको व्यवस्था गरी सो क्षेत्रका उत्थानमा समर्पित रहेर नेपाली उत्कृष्ट साहित्यलाई विश्व परिवेशमा परिचित गराउन प्रतिबद्ध सम्बद्ध संस्था नेपाली कलासाहित्य डट कम प्रतिष्ठानद्वारा गत दश वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कलासंस्कृति र सङ्गीतका साधकहरूलाई प्रदान गर्दै आएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
51.   साहित्यकार जगदिश घिमिरेको निधन
52.   साहित्यकारद्वय जोशी र शर्मा सम्मानित
53.   मनमा यसरी डढेलो लाग्ने गरी फेरि यति चाँडै कसले गर्‍यो होला यो फोन ?
54.   बेलायतमा घन्कियो नेपाली गजल
55.   मनुज, ध्रुवचन्द्र र नयाँघरेलाई कलाश्री पुरस्कार
56.   शारदा शर्मा र सत्यमोहन जोशीलाई पद्मश्री
57.   युएईमा ‘श्रमिक साथी’ पुस्तक विमोचन
58.   ‘दमिनी भिर’लाई मदन पुरस्कार, जगदम्बा श्री रत्नशम्शेर थापालाई
59.   पत्रकार, प्रेमिका र डिसहोम
60.   अन्सारीको अतीत:युवराज नयाँघरे
61.   गर्भपतन
62.   बिचरा तिमी
63.   मिर्लुङको मेलोडी
64.   साइनो बेच्ने केटी
65.   सुडानमा मान्छेले मान्छे खान्छ रे हो ?
Results 65: You are at page 3 of 3
First Prev 1 2 3

Powered By : Unitech Media