मंगलवार, माघ ०२ गते, २०७४
बुधवार, २०७४ पुस २६ गते २३:००

वैदेशिक रोजगार विभागले श्रमग्राम ताहचलमा व्यक्तिगत श्रम स्वीकृति (नयाँ, नवीकरण र लिगलाइजेसन) मा अनलाइन टोकन प्रणाली लागू गरेको छ । अब छिटो अनलाइन फारम भर्नेले छिटो काम हुने गरी टोकन नम्बर पाउनेछन् ।
 
विभागमा सेवाग्राहीको भीड बढेर सेवा सम्पादनमा समस्या आएपछि विभागले विभागको काठमाडौं कार्यालयमा टोकन प्रणाली लागू गरेको हो । अब अनलाइन फारम भर्दा नै सेवाग्राहीले टोकन नम्बर पाउनेछन् ।
 
टोकन अनुसार कति बजेदेखि कति बजेसम्म सेवा लिन कामदार श्रमग्राम पुग्ने भन्ने कुरा सिस्टमले नै जानकारी दिने विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए ।
 
‘व्यक्तिगत श्रम स्वीकृतिका लागि टोकन सिस्टम नलगाउँदा रातिदेखि नै सेवाग्राही लाइनमा बस्ने क्रम जारी रह्यो । अब अनलाइन फारम भर्दा नै टोकन नम्बर दिने छ । कति बजे कार्यालयमा पुग्ने भन्ने जानकारी पनि दिनेछ,’ अधिकारीले भने ।
 
यो सिस्टम लागू भएपछि श्रम ग्राममा व्यक्तिगत श्रम स्वीकृति लिनेको भीड घट्ने विश्वास गरिएको छ । त्यसैगरी दलालका आडमा अनियमित रुपमा हुने सेटिङ पनि कम हुने अपेक्षा सरकारको छ ।
 
अहिले श्रमग्राममा दैनिक रुपमा सेवाग्राहीको ठूलो भीड लाग्ने गरेको छ । व्यक्तिगत श्रम स्वीकृति पाउन काठमाडौंमा मात्रै सेवा केन्द्रित गरिएको छ ।
 
त्यसैका कारण ताहचल कार्यालयका कर्मचारीहरुले सेवाग्राहकीसाग अतिरिक्त रकम लिएर काम गर्ने क्रम रोकिएको छैन । - अनलाइनखबरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
176.   नेपाली कामदारका लागि युरोपेली मुलुक लिथुएनिया खुल्ला गर्न सिफारिस
177.   वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक विचलनको भयावह अवस्था
178.   सोचेजस्तो माग सन् २०१७ मा कतारबाट आउदैन : पूर्वअध्यक्ष तामाङ
179.   कुवेतबाट फर्केकि एक महिलाको पीडा, ‘तलब माग्दा तातो पनिउँले कुट्थे’
180.   दक्षिण कोरियाले घटायो कामदारको कोटा, सन् २०१७मा ५६ हजार मात्र लिने
181.   कर्मचारी सञ्चय कोषमा २३ जना कर्मचारीको माग (सुचनासहित)
182.   कार्यान्वयन गर्न कठिन भए फ्री भिसा फ्री टिकट खारेज गरे हुन्छ : राज्यमन्त्री गच्छादार
183.   लोकसेवा आयोगले माग्यो ५ सय ४ अधिकृत (सूचनासहित)
184.   कतारमा कफला प्रणाली खारेज, आप्रवासी कामदारलाई जागिर परिवर्तनमा सहजता
185.   खाडि मुलुक जाने कामदार माथि आर्थिक भार थपिदै
186.   जिएफएमडीमा नेपालको जोड : गन्तव्य मुलुकसित ‘श्रम सम्झौता’
187.   'आप्रवासन डे'का दिन अनलाइन सिस्टम सुरु हुने
188.   वैदेशिक रोजगारीमा खाडि र मलेसियाको विकल्प कहिले खोज्ने ?
189.   मलेसिया सरकारसँग छलफल नै नगरी श्रम समितिको एकतर्फी निर्णय
190.   वन स्टप सेन्टर र इमिग्रेशन सेक्युरिटि सेन्टरको काम तत्काल रोक्न निर्देशन
191.   बेलायतमा गोर्खा सैनिकको भर्ना संख्या २५ प्रतिशतले थपिंदै
192.   सेक्युरिटी गार्डमा विदेश जान लागेको प्रतिबन्ध हटाउन समितिको निर्देशन,
193.   सरकारले सहमतिको वेवास्था गरेको भन्दै फ्रि भिसा फ्रि टिकटको औचित्य समाप्त भएको संघको ठहर
194.   कोरिया रोजगारीका समस्याबारे श्रममन्त्रीलाई ध्यानाकर्षण
195.   ‘सेफ जर्नी’ गर्न व्यवसायीलाई नवनियुक्त महानिर्देशक पाण्डेको निर्देशन
196.   मलेसिया रोजगारीमा किन गिरावट आयो?(भिडियो रिपोर्टसहित)
197.   वैरो बिभागका महानिर्देशकको सरुवा, महानिर्देशकमा पाण्डे आए
198.   अब कतार, मलेसिया, यूएई र साउदीसम्बन्धी जानकारी फोनबाटै
199.   मानव तस्करीमा श्रीलंका रुटको प्रयोग बढ्यो
200.   विदेश पठाउने दलाल छ्यासछ्यास्ती
Results 506: You are at page 8 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media