सोमवार, असार ११ गते, २०७५
बुधवार, २०७४ पुस २६ गते २३:००

वैदेशिक रोजगार विभागले श्रमग्राम ताहचलमा व्यक्तिगत श्रम स्वीकृति (नयाँ, नवीकरण र लिगलाइजेसन) मा अनलाइन टोकन प्रणाली लागू गरेको छ । अब छिटो अनलाइन फारम भर्नेले छिटो काम हुने गरी टोकन नम्बर पाउनेछन् ।
 
विभागमा सेवाग्राहीको भीड बढेर सेवा सम्पादनमा समस्या आएपछि विभागले विभागको काठमाडौं कार्यालयमा टोकन प्रणाली लागू गरेको हो । अब अनलाइन फारम भर्दा नै सेवाग्राहीले टोकन नम्बर पाउनेछन् ।
 
टोकन अनुसार कति बजेदेखि कति बजेसम्म सेवा लिन कामदार श्रमग्राम पुग्ने भन्ने कुरा सिस्टमले नै जानकारी दिने विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए ।
 
‘व्यक्तिगत श्रम स्वीकृतिका लागि टोकन सिस्टम नलगाउँदा रातिदेखि नै सेवाग्राही लाइनमा बस्ने क्रम जारी रह्यो । अब अनलाइन फारम भर्दा नै टोकन नम्बर दिने छ । कति बजे कार्यालयमा पुग्ने भन्ने जानकारी पनि दिनेछ,’ अधिकारीले भने ।
 
यो सिस्टम लागू भएपछि श्रम ग्राममा व्यक्तिगत श्रम स्वीकृति लिनेको भीड घट्ने विश्वास गरिएको छ । त्यसैगरी दलालका आडमा अनियमित रुपमा हुने सेटिङ पनि कम हुने अपेक्षा सरकारको छ ।
 
अहिले श्रमग्राममा दैनिक रुपमा सेवाग्राहीको ठूलो भीड लाग्ने गरेको छ । व्यक्तिगत श्रम स्वीकृति पाउन काठमाडौंमा मात्रै सेवा केन्द्रित गरिएको छ ।
 
त्यसैका कारण ताहचल कार्यालयका कर्मचारीहरुले सेवाग्राहकीसाग अतिरिक्त रकम लिएर काम गर्ने क्रम रोकिएको छैन । - अनलाइनखबरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
476.   वैदेशिक रोजगारीमा शुल्क प्रणाली लागू गर्ने तयारी
477.   कोरिया भाषा परीक्षाको आवेदन आजबाट खुल्ला
478.   इजरायलमा नेपाली कामदार सरकारले नै पठाउँदै
479.   इपीएसको आवेदन फारम खुल्यो
480.   बेरोजगारलाई रोजगार दिन सरकारलाई आदेश
481.   मृतक चौधरीको परिवारलाई एसओएस मेनपावरको सहयोग
482.   व्यवसायी संघको चुनाव बैशाखमा हुन्छ त ?
483.   म आफै पीडित भएको छु: मेनपावर व्यवसायी
484.   मलेसियाबाट फर्कियो संसदिय समिति
485.   दुवै देशका सरकारको कमजोरीले मलेसियामा नेपालीलाई दुख
486.   कोरियाको नेपाली दूतावास नेपालीप्रति नै बेखबर
487.   वैदेशिक रोजगार पत्रकार समाजमा नयाँ नेतृत्व
488.   कोरिया जाने युवा भन्छन्-'सरकारी निकायले नै ठग्यो'
489.   खाडीदेखि अफ्रिकासम्मका डान्स बारमा नेपाली युवती
490.   कोरिया जाने चक्करमा यसरी ठगिए युवा
491.   संघका अध्यक्ष वाग्लेलाई पितृ शोक
492.   संघको साधारण सभा पुन आगामी शुक्रबार हुने
493.   जिल्ला प्रशासनको निर्देशन नटेर्दै संघले साधारणसभा गर्ने
494.   लोग्ने खोज्न मलेसिया
495.   भिएलएन नेपालको दर्ता खारेजी नहुने
496.   पुसमा ४५ हजार नेपाली बिदेसिए
497.   यूरोपियन मापदण्डको गोर्खा सेक्युरिटी संचालनमा
498.   कानूनीरुपमा संचालन भइरहेको भिएलएन नेपालको दावी
499.   मलेसियामा थुनामा परेका नेपालीको चित्कार
500.   विदेश जाँदा कति लाग्छ ?
Results 568: You are at page 20 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media