सोमवार, असार ११ गते, २०७५
बुधवार, २०७४ पुस २६ गते २३:००

वैदेशिक रोजगार विभागले श्रमग्राम ताहचलमा व्यक्तिगत श्रम स्वीकृति (नयाँ, नवीकरण र लिगलाइजेसन) मा अनलाइन टोकन प्रणाली लागू गरेको छ । अब छिटो अनलाइन फारम भर्नेले छिटो काम हुने गरी टोकन नम्बर पाउनेछन् ।
 
विभागमा सेवाग्राहीको भीड बढेर सेवा सम्पादनमा समस्या आएपछि विभागले विभागको काठमाडौं कार्यालयमा टोकन प्रणाली लागू गरेको हो । अब अनलाइन फारम भर्दा नै सेवाग्राहीले टोकन नम्बर पाउनेछन् ।
 
टोकन अनुसार कति बजेदेखि कति बजेसम्म सेवा लिन कामदार श्रमग्राम पुग्ने भन्ने कुरा सिस्टमले नै जानकारी दिने विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए ।
 
‘व्यक्तिगत श्रम स्वीकृतिका लागि टोकन सिस्टम नलगाउँदा रातिदेखि नै सेवाग्राही लाइनमा बस्ने क्रम जारी रह्यो । अब अनलाइन फारम भर्दा नै टोकन नम्बर दिने छ । कति बजे कार्यालयमा पुग्ने भन्ने जानकारी पनि दिनेछ,’ अधिकारीले भने ।
 
यो सिस्टम लागू भएपछि श्रम ग्राममा व्यक्तिगत श्रम स्वीकृति लिनेको भीड घट्ने विश्वास गरिएको छ । त्यसैगरी दलालका आडमा अनियमित रुपमा हुने सेटिङ पनि कम हुने अपेक्षा सरकारको छ ।
 
अहिले श्रमग्राममा दैनिक रुपमा सेवाग्राहीको ठूलो भीड लाग्ने गरेको छ । व्यक्तिगत श्रम स्वीकृति पाउन काठमाडौंमा मात्रै सेवा केन्द्रित गरिएको छ ।
 
त्यसैका कारण ताहचल कार्यालयका कर्मचारीहरुले सेवाग्राहकीसाग अतिरिक्त रकम लिएर काम गर्ने क्रम रोकिएको छैन । - अनलाइनखबरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
401.   लोकसेवाले माग्यो ५ सय ५१ शाखा अधिकृत
402.   सप्ताहब्यापी आप्रवासन दिवस मनाइदै
403.   वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न अख्तियारले दियो घुमाउरोे निर्देशन
404.   बंगलादेशी कामदार रोज्दै मलेसिया
405.   मलेसियाले बिदेशी कामदार कटौती गर्ने
406.   एकलाख बढी नेपाली तस्करको फन्दामा
407.   साउदीमा नयाँ श्रम नीति, नेपाली कामदार लाभान्वित हुने
408.   कतारमा नयाँ ‘स्पोन्सरसीप’ कानुन जारी
409.   श्रमग्राममा वैदेशिक रोजगार सूचना केन्द्र स्थापना
410.   वैदेशिक रोजगार विभागका महानिर्देशक सुवेदीले शुक्रबारबाट अवकाश
411.   अनफिट रिपोर्ट बोकेर फर्किएकै आधारमा क्षतिपूर्ति दिइदैन : अध्यक्ष खड्का
412.   तोकिएकै समयमा कोरियन भाषा परीक्षा हुने
413.   कोरियन भाषा परीक्षाको परीक्षाकेन्द्र तोकियो (सूचीसहित)
414.   नेपाल–कोरिया इपिएस सम्झौता नवीकरण
415.   निमार्ण क्षेत्रमा पनि नेपाली लिन कोरिया इच्छुक
416.   वैदेशिक रोजगारीमा जाने नेपाली ४० लाख पुगे
417.   नेपालीको कोटा बढाउन कोरियाली पक्ष सकारात्मक
418.   श्रमिकको मन्त्री हुँ उनीहरुको गुनासो सुन्नै आएको हुँ : श्रम राज्यमन्त्री गुरुङ
419.   बायोमेडिकल बिनाको मेडिकल रिपोर्ट स्वीकार्य छैन : उपप्रधानमन्त्री हमीदी
420.   नेपाली पक्षको प्रस्ताव क्याविनेटमा लैजान्छौ : मन्त्री राइट
421.   श्रम राज्यमन्त्री गुरुङ र मलेसियाली उपप्रधान तथा गृहमन्त्री हमीदीबीच भेटवार्ता
422.   फ्री भिषा फ्री टिकट नमाने मलेसिया कामदार पठाउदैनौ : राज्यमन्त्री गुरुङ
423.   श्रम मन्त्री सहितको उच्चस्तरिय टोली मलेसियामा
424.   कोरिया जाने कामदारलाई निःशुल्क टिकट दिलाउँछु : श्रम राज्यमन्त्री गुरुङ
425.   व्यवसायी संघमा अध्यक्ष ढकाल हटाउने खेल
Results 568: You are at page 17 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media