विहिवार, माघ ०४ गते, २०७४
बुधवार, २०७४ मंसिर १९ गते ००:१०

 
अन्तिम चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि सोमबार मध्यरातदेखि सुरु भएको छ । सोमबार प्रमुख दलका शीर्ष नेताहरु समेत सम्मिलित अन्तिम चुनावी सभा भएका छन् । सबै उम्मेदवारले अन्तिम पटक मतदातामाझ सार्वजनिक कार्यक्रम गरे ।
 
आजदेखि निर्वाचन आचारसंहिताका कारण प्रचारका कार्यक्रम रोकिएका छन् । मौन अवधिमा राजनीतिक दलहरुले मतदाताबीच सार्वजनिक कार्यक्रममात्र हैन सामाजिक सञ्जालमा पनि प्रचार गर्न पाउने छैनन् ।
 
मौन अवधिको आचारसंहिता सञ्चारमाध्यमलाई समेत लागू हुनेछ। निर्वाचनको प्रचारप्रसारका लागि रेडियो, टेलिभिजन, पत्रपत्रिकामा समेत मौन अवधिमा विज्ञापन गर्न पाइँदैन ।
 
त्यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा समेत मौन अवधिमा प्रचारप्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको छ ।
 
आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा ’एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचनमा प्रचार प्रसार गर्न नहुने’, उल्लेख छ ।
 
त्यस्तै दलका उम्मेद्वारहरुले राजनीति दलको चिन्ह अंकित टिसर्ट, टोपी र स्टीकर प्रयोग गर्न समेत पाउने छैनन् ।
 
के के गर्न पाइँदैन
निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा उम्मेदवारले भोट माग्न तथा अन्य प्रचारात्मक काम गर्न पाइने छैन्। मौन अवधिको उल्लङ्घन भएको ठहर भएमा निर्वाचन आयोगले उम्मेदवारलाई एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी रद्द गर्न सक्नेछ ।
 
उम्मेदवार तथा दलहरुले निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाउँदैनन् । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनु पर्नेछ । एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पाइने छैन । मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचार–प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।
 
के हुन्छ कारबाही ?
मौन अवधिमा आचारसंहिता उल्लङघन गरेमा निर्वाचन आयोगले सुरुमा सचेत गराउन सक्नेछ। आयोगको सचेत गराउदा पनि बेवास्ता गरेमा उम्मेदवार र दललाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
 
आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐनको प्रावधानमा टेकेर मौन अवधि उल्लङ्घन गरे उम्मेदवारी रद्द गर्न समेत सक्नेछ ।
 
आयोगको आचारसंहिता राजनीतिक दल, उम्मेदवार, दलका कार्यकर्ता, निर्वाचनमा खटिने कर्मचारी सबैले पालना गर्नु पर्नेछ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
276.   मलेसियाको भिसा शुल्क सनराइज बैंकले बुझ्ने, बैंकका सबै शाखाबाट इभिसा र शुल्क बुझ्ने व्यवस्था
277.   मनराम–एसकाज पत्रकारिता पुरस्कार विष्टलाई प्रदान
278.   अमेरिकाको डिभी आजबाट खुल्दै
279.   अध्यागमन विभागबाट विदेशीलाई भिषा दिदा अनियमिता
280.   नेपालको सहयोगमा जापान सदैव तत्पर : जापानी विदेशीमन्त्री
281.   अमेरिकन डिभी मंगलबारदेखि खुल्ने
282.   मलेसियाका राजदूतले अनियमितता गरेपछि मलाई आरोप लगाए : शाह
283.   मलेसियाबाट डिपोट भएका शाहद्वारा १ सय १४ विदेशीलाई नक्कली भिसा!
284.   रेमिट्यान्स घट्यो, आर्थिक वृद्धिदरमा असर
285.   कर नै तिर्दैनन् व्यापारिक मल
286.   महिलाहरु उध्यमशिल हुँदै, मातृशक्तिको नयाँ पसल खुल्यो
287.   असोज १ गतेदेखि युनाइटेड कप ब्याडमिन्टन
288.   हराएको पासपोर्ट बनाउदा अब प्रहरी रिपोर्ट र पत्रिकामा विज्ञापन नचाहिने
289.   बकर इदका अबसरमा मंगलबार सार्वजनिक बिदा
290.   अमेरिका पु¥याउने मानव तस्करको जालो
291.   पशुपतिमा पर्यवेक्षण : 'पासको व्यवस्था नहुँदा दर्शनार्थीले सहजै दर्शन गर्न पाए'
292.   नयाँ राजदूतका लागि बाटो खुला, अन्तरिम आदेश खारेज
293.   वैदेशिक रोजगारमा भएकाले संचयकोषमा पैसा जम्मा गर्ने बाटो खुल्यो
294.   ‘दाई नमस्कार – पास चाहियो’
295.   चिनका लागि राजदूतमा पौडेल सिफारिस, उपाध्ययलाई भारत नै पठाउने
296.   विदेशबाटै बढी पेन्सन बुझ्छन् नेपाली
297.   त्रिभुवन विमानस्थलमा साँढे सात गुणा महंगी
298.   हुण्डी ब्यापारी पक्राउ
299.   राष्ट्र बैंकको कार्यक्रममा अनिवार्य उपस्थित हुन अध्यक्ष मल्लको आग्रह
300.   स्वास्थ्य मन्त्री थापाको पहिलो निर्णय : बैदेशिक रोजगारीमा जाने कामदारलाई गलत रिपोर्ट दिनेलाई कारवाही गरिने
Results 631: You are at page 12 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media