वैदेशिक रोजगार तथा स्वास्थ्य क्षेत्रको विषयमा कलम चलाउदै आएका ३ जना संचारकर्मीलाई नेपाल स्वास्थ्य व्यवसायी महासंघले सम्मान गरेको छ । महासंघको १२औं वार्षिक साधारण सभामा रोजगार मिडिया प्रालिका संचालक तथा पत्रकार दिनेश लुइटेल, कान्तिपुर दैनिकका पत्रकार होम कार्की र गोरखापत्र दैनिकका पत्रकार सरोज ढुंगेललाई नगद,प्रशंसा पत्र र मायाको चिनो सहित सम्मानित गरिएको हो ।
वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणको विषयलाई उच्च प्राथमिकता दिइ पत्रकारिताको क्षेत्रमा निष्पक्ष एवं सफल भूमिका निर्वाह गरेको भन्दै ३ जना पत्रकारलाई नगद २५ हजार,प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको महासंघका अध्यक्ष कैलाश खड्काले बताए । स्वास्थ्य परीक्षणको क्षेत्रलाई गुणस्तरीय तथा मर्या्दित बनाउने अभियानमा पुरस्कृत ३ जना सहित अन्य संचारकर्मीको समेत सहयोग आगामी दिनमा निरन्तर रहने विश्वास राखेको अध्यक्ष खड्काको भनाइ छ ।
वार्षिक साधारण सभाका प्रमुख अतिथि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका वीर अस्पतालका पूर्व उपकुलपति प्राध्यापक डा दामोदर पोखरेल,नेपाल रेडियोलोजिस्ट एशोसिएसनका अध्यक्ष डा स्वयं प्रकाश पण्डित, स्वास्थ्य मनत्रालय अन्तर्गतको जनस्वास्थ्य प्रशासन, अनुगमन तथा मुल्यांकन महाशाखा प्रमुख डा दिपेन्द्र रमण सिंह र महासंघका अध्यक्ष खड्काले पुरस्कृत संचारकर्मीलाई नगद,प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गर्नुका साथै खादा ओडाएर सम्मान गरेका थिए ।

.