आइतवार, फाल्गुन ०६ गते, २०७४
सोमवार, २०७४ मंसिर १० गते ०५:०४

पहिलो चरण अन्तर्गत आज बिहानदेखि ३२ जिल्लामा सुरू भएको मतदान कार्य सम्पन्न भएको छ । उच्च हिमाली क्षेत्रका मतदान केन्द्रहरूमा चिसोका कारण केही समय ढिलो मतदान सुरू भएतापनि  मतदान कार्य सोचेजस्तै ढंगले सकिएको निर्वाचन आयोगले बताएको छ ।
 
तर हिमाली क्षेत्रमा भने अपेक्षाकृत कम मत खसेको आयोगको भनाइ छ। केही स्थानमा छिटपुट घटना भएतापनि  मतदान कार्य भने शान्तिपूर्ण रूपमा सम्पन्न  भएको आयोगले जनाएको छ ।
 
रुकुमको दुईवटा मतदान केन्द्रमा भने पुनः मतदान गरिने भएको छ । आज भएको मतदानको क्रममा एसिड परेर मतपत्र जलेपछि पुनः मतदान गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।
 
रुकुम पश्चिमको बाँचीकोट गाउँपालिका–५ स्थित रत्ना आधारभूत मतदान केन्द्र ‘क’ प्रतिनिधि सभा र आठबीसकोट नगरपालिका–११ नेपाल राष्ट्रिय मावी ‘ख’ मतदान केन्द्रमा समानुपातिक तर्फ पुनःमतदान गरिने रुकुम पश्चिमका मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए ।
 
यसैबीच मतपत्र जलाउने कार्य गरेको भन्दै २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा कल्पना केसी र केशव खड्का रहेको राईले बताए।
 
यी दुई मतदान केन्द्रमा आगामी मंसिर २१ गते मतदान गरिने उनले बताए । रत्ना निमाविको मतदान केन्द्रमा प्रतिनिधिसभाको र गत्तासैना मतदान केन्द्रमा समानुपातिकतर्फको मात्र मतदान हुने उनले बताए।
 
विकट ठाउँका मतपेटिका भने हेलिकप्टरबाट भोलि मात्र सदमुकाममा ल्याइने बताइएको छ।
 
प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा  मतदान भएको थियो । पहिलो चरणको यस निर्वाचनमा कुल ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका थिए।
 
दोस्रो चरणको चुनाव मंसिर २१ गते हुनेछ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज ग्याल्बो र सोनाम ल्होसार मनाइँदै
2.   ओलीले लिए प्रधानमन्त्रीको सपथ
3.   दोश्रो पटक ओली बने प्रधानमन्त्री, आजै सपथ ग्रहण
4.   पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने
5.   क्यासिनोमा अवैध पाँच विदेशी कामदार
6.   भूकम्पपीडितका लागि दोश्रो किस्ता लिने समयावधि थपियो
7.   निगमको संरचना परिवर्तन गरिँदै
8.   ७ औं सहायक राष्ट्रिय प्रशिक्षण तालिम आरम्भ
9.   धुर्मुस-सुन्तलीको अगुवाइमा रौतहटमा बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण
10.   ग्रामीण विकासकालागि दक्षिण कोरियाले गर्यो एक अरव सहयोग
11.   प्रदेशमा जान कर्मचारीको अटेर, नजानेलाई कारवाही गर्ने सरकारको तयारी
12.   नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा
13.   सावाको नेतृत्वमा नयाँ कार्य समिति सर्व–सम्मत चयन गर्दै प्रगतिशील मञ्चको अधिवेशन सम्पन्न
14.   मञ्चको चौथो महाधिबेशन शुरु (फोटो फिचर)
15.   आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै
16.   अमेरिकाले १८ लाख आप्रवासीलाई नागरिकता दिने
17.   जापानले ३२ करोड आर्थिक साहयता दिने
18.   साउदी जेलमा रहेका भुसाललाई जुटयो ‘ब्लड मनी’
19.   राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया अघि बढयो
20.   आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
21.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
22.   सुरक्षित घर अभियान सुरु
23.   आज राष्ट्रिय एकता दिवस, विविध कार्यक्रम गरी मनाइँदै
24.   डा. केसीलाई प्रहरी हिरासतमै राखिने, बहस भोलिमात्र
25.   नाट्टामा डिके शर्माको स्वतन्त्र र व्यवसायिक समूह घोषणा
Results 651: You are at page 1 of 27
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media