विहिवार, कार्तिक ०२ गते, २०७४
एनआरएन मध्यपूर्वका उम्मेदवार एकै मञ्चमा
बुधवार, २०७४ आश्विन २४ गते ०१:४८

 
रोजगार मञ्च । मध्यपूर्वमा रहेका श्रमिकहरुको अधिकार स्थापित गर्न र मध्यपूर्वको लगानी स्वदेश भित्र्याउन पहल गर्ने एनआरएनए मध्यपुर्वका उम्मेदवारहरुले साझा मुद्धा बनाएका छन् । 
 
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलन र महाधिबेशनले सन् २०१७–१९ का लागि नयाँ नेतृत्व चयन गर्ने भएकाले मध्यपूर्वका उम्मेदवारहरुले कामदारको हक हितका विषयलाई प्रमुख एजेन्डा बनाएका छन् ।
 
बैदेशिक रोजगार पत्रकार समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा एनआरएनए मध्यपूर्वका उम्मेदवारहरुले श्रमिकमैत्री एनआरएन बनाउने प्रतिवद्धता जाहेर गरेका छन् । 
 
एनआरएनए मध्यपूर्व संयोजक तथा सचिव पदका प्रत्याशी डिवी क्षेत्रीले मध्यपुर्वमा रहेका नेपालीहरुको समस्या समाधानका लागि नीतिगत तहमा नै पहल भइरहेको जानकारी दिए । उनले भने–‘ मध्यपूर्वमा कामदारको धेरै समस्या–समस्या मात्र भनियो तर दीर्घकालिन समाधान गरिएन अव समाधान गर्ने योजनासहित सचिव पदमा उम्मेदवारी दिएको छु ।’ 
 
कार्यक्रममा एनआरएनए मध्यपुर्वका संयोजकका उम्मेदवार तथा एनआरएनए आइसीसी सदस्य राजेन्द्र कुमार (आर.के.) शर्माले मध्यपूर्वका श्रमिकको हकहीत र अधिकारका लागि प्याकेजमा योजना बनाएर नै काम गर्ने बताए । मध्यपूर्वमा आर्जन गरेको सीप र पूँजीलाई स्वदेशमा लगाउनका लागि र मध्यपूर्वको लगानी स्वदेश भित्र्याउन विशेष पहल गर्ने शर्माको भनाई छ । 
 
उनले अर्को प्रसंगमा कतारमा धेरै नेपालीले सरकारले तोके अनुसार तलव नपाउनुमा नेपाल सरकार समेत जिम्मेवार भएको बताए । उनले भने–‘सरकारले कतारमा जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक लागु गर्यो, तर कार्यन्यनको तर्फ ध्यान जान सकेन ।’
 
कार्यक्रममा मध्यपुर्व उपसंयोजकका उम्मेदवार प्रविन गुरुङले लामो समयदेखि आफु सामाजिक कार्यमा कृयाशिल हुदै आएको र अझ संगठनमा वसेर धेरै काम गर्नका लागि मध्यपुर्वको तर्फबाट उपसंयोजक पदमा उम्मेद्वारी घोषणा गरेको बताए । उनले भने–‘विदेशमा सिकेको सीप र पूँजीलाई एनआरएन अभियानमा लागाउन र एनआरएनलाई मध्यपूर्वमा सबैको बनाउनका लागि मेरो उम्मेदवारी हो ।’ 
 
कार्यक्रममा गैरआवासीय नेपाली संघ एनसीसी कतारका अध्यक्ष नगेन्द्र प्रसाद पोखरेलले (नबिन) सरकारले निःशुल्क भिसा र टिकटको निर्णय ल्याएपनि त्यो व्यवहारिक हुन नसकेको धारणा राख्दै कतारमा न्यूनतम पारिश्रमिक ६० प्रतिशत कम्पनीहरुले नदिने बताए । 
 
कार्यक्रममा पूर्व मध्यपूर्व संयोजक तथा उपाध्यक्ष पदका उम्मेदवार नरेन्द्र भाटले मध्यपूर्वका समस्या नेपालबाट नै शुरु हुने भएकाले नेपालमा नै बिशेष ध्यान दिन जरुरी गरेको बताए । 


 
अधिकांश नेपालीहरु वैदेशिक रोजगारमा रहेको मध्यपूर्वबाट ५ सय भन्दा बढि एनआरएनहरु विश्व सम्मेलनमा भाग लिन आउँदै छन् । मध्यपूर्वका धेरै भोटर भएकाले अहिले विश्वका एनआरएनहरुले मध्यपूर्वलाई आफ्नो पक्षमा लिन खोजिरहेको भएता पनि मध्यपूर्व आफै सबै पदमा नेतृत्व लिन कस्सिरहेको छ ।



  बैदेशिक रोजगार प्रत्रकार समाजका अध्यक्ष निरन्जन ज्ञवालीले मध्यपूर्वका सवै उम्मेदवारका आकांक्षीहरुलाई कार्यक्रममा निमन्त्रणा गरिएको तर केहीसँग सम्पर्क हुन नसकेको जानकारी दिए । समाजका महासचिव हरी थापा र सचिव उद्वव भट्टराईले मध्यपूर्वका आवाजलाई संचारजगतमा उठाउँदै आएको जानकारी गराए । 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   श्रमिकको अधिकार नै मध्यपूर्वका एनआरएनका साझा मुद्धा
2.   म्यादी प्रहरीमा जागिर खुल्यो, ९८ हजारको माग
3.   महासंघका अध्यक्ष मल्ल प्रदेश सभाको उम्मेदवार सिफारिस
4.   सेनामा २७ सय जनालाई जागिरको मौका, सिपाहीदेखि सिकर्मी र ड्राइभरसम्म माग
5.   निजामती कर्मचारीको पदपूर्ति नरोकिने
6.   मेनपावरको धरौटी रकम बढ्न नदिन लोकतान्त्रिक फोरम राजनीतिक लबिङमा
7.   वन तथा भू-संरक्षण राज्यमन्त्री शर्मालाई अग्रज व्यवसायीको बधाई
8.   बढी पैसा असुल्ने मिथिला मेनपावरलाई कारबाही गर्न विभागलाई अख्तियारको पत्र
9.   कृषि बिकास बैंकले माग्यो २ सय ६० कर्मचारी (सूचनासहित)
10.   बबन सिंहले निकालेको विज्ञप्तिले वैदेशिक रोजगार क्षेत्रमा बबाल
11.   धरौटी बिरुद्ध मेनपावर व्यवसायीको आन्दोलन
12.   व्यवसायी केसीले बनाए आफुले पढेको विद्यालयमा ५ लाखको अक्षयकोष
13.   २५ मेनपावर कम्पनीलाई कारबाही गर्न अख्तियारले काट्यो पत्र
14.   मेनपावरको धरौटी नगद १ करोड सहित वैदेशिक रोजगार ऐनको संशोधित मस्यौदा तयार
15.   सर्लाही र सुनसरीका बाढी पीडितलाई संघको टोलीले दियो राहत सामाग्री
16.   दोस्रो नाफिया कर्पोरेट व्याडमिण्टन प्रतियोगिता भाद्र ३१ बाट, बिजेतालाई नगद ५० हजार
17.   अन्तर्वार्ता लिँदै १ लाख बढी असुल्ने इन्टरनेसनल जबलिंक विभागको फन्दामा
18.   बढी पैसा असुल्ने मेनपावर खारेज गर्ने महानिर्देशक पाण्डेको चेतावनी
19.   अन्तर मन्त्रालय सहकार्य भए वैदेशिक रोजगारका समस्या न्युनिकरण गर्न सहज हुन्छ : परराष्ट्रमन्त्री
20.   पूर्वी क्षेत्रका बाढीपीडितको पिडामा मल्हम लगाउदै व्यवसायी संघको टोली
21.   सिआईबीमा पुगेको सिण्डिकेटका फाइल उपर गृहराज्यमन्त्रीको नजर
22.   ६ मुलुकमा श्रम सहचारी र कन्सुलर नियुक्त, कुन देशमा को ?
23.   रोजगारी चाहियो या कर्मचारी ? खोज्नुहोस यसरी
24.   आप्रवासन,मानव बेचबिखन र बालश्रम प्रति बेलायतको विशेष चासो छ : राजदूत मोरिस
25.   वैदेशिक रोजगार नेवा समाजको अध्यक्षमा प्रधान
Results 481: You are at page 1 of 20
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last

Powered By : Unitech Media