विहिवार, फाल्गुन १० गते, २०७४
शनिवार, २०७४ आश्विन २० गते ०४:४०

चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको विश्व सम्मेलन यही कात्तिक १ र २ गते चितवनमा हुनेभएको छ । वैदेशिक रोजगारमा गएका चितवनका युवाको दोस्रो विश्व सम्मेलन तथा चौथो साधारणसभा चितवनको भरतपुरमा हुनलागेको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले सम्मेलनको तयारी तीव्र रुपमा अघि बढेको बताउनुभयो । 
 
विश्व सम्मेलनले अध्यक्ष, उपाध्यक्ष, महासचिव कोषाध्यक्षसहित १९ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गर्ने छ । जसमा अन्तर्राष्ट्रिय संयोजक, महिला संयोजक र क्षेत्रीय संयोजकलगायत रहने छन् । वैदेशिक रोजगारमा गएका चितवनेलाई एकत्रित गरी उनीहरुका समस्या समाधान गदैं सामाजिक विकासमा योगदान दिने लक्ष्यसहित २०६९ सालमा समिति स्थापना भएको हो । 
 
सम्मेलनमा प्रतिनिधि र पर्यवेक्षक गरी विभिन्न देशमा बस्ने झण्डै ४ सय जनाको सहभागितामा रहने चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका प्रवास संयोजक समीर खत्रीले जानकारी दिनुभयो । हाल कतार, इजरायल, यूएई, दक्षिण कोरिया, जापान, कुवेत, साइप्रस, बहराइन, डेनमार्क र आयरल्याण्डमा रहेका चितवने संस्थामा आवद्ध छन् । 
 
छिटै नै विभिन्न देशमा बस्ने चितवनेहरुसँग छलफल गरी विश्व सञ्जाल विस्तार गर्न समितिसमेत निर्माण गर्ने जनाइएको छ । समितिमा हाल दुई हजारभन्दा बढी साधारण सदस्य आवद्ध छन् । समितिका सहसचिव गणेश ढकालले भन्नुभयो, “आफ्नो ठाउँको विकासका लागि विदेशमा आर्जन गरेको सीप र पुँजीको सही सदुपयोग गर्न आफूहरुको प्रयास छ ।” 
 
‘हामीसँग भएको श्रम, सीप र पँुजीलाई जिल्लाको विकासमा लगाई स्वाबलम्बी र स्वरोजगार बन्ने उद्देश्यअनुरुप विश्वमा रहेका चितवनेलाई एकीकृत गर्ने लक्ष्य हाम्रो छ’, पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । समितिका सल्लाहकार तथा डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि सोम सापकोटाले यो विश्व सम्मेलन ऐतिहासिक रहेको र सम्मेलनले विश्व सञ्जाल तयार पार्ने बताउनुभयो । 
उहाँले ‘विदेशमा कमाएको सीपलाई स्वदेशमै लगानी गर्न र सामाजिक सेवाभावमा सदस्यलाई लगाउन प्रेरित गर्ने समिति सहयोगसिद्ध हुने उल्लेख गर्नुभयो ।’ अर्का सल्लाहकार आर के शर्माले चितवनबाट विभिन्न देशमा झण्डै एक लाख जनशक्ति गएकाले उनीहरुलाई एकजुट गर्न सके पनि विकासले फड्को मार्ने बताउनुभयो । 
 
समितिले संस्था स्थापनापछि झण्डै  दुई करोड रुपैयाँ परोपकारी काममा सहयोग गरेको छ । समितिमार्फत विदेशमा बस्ने चितवनका युवाले भूकम्पपीडित, बाढीपीडित, घाइते, अपांग, असहाय, गरिब तथा विपन्न विद्यार्थीलाई सहयोग, रंगशाला निर्माणमा सहयोग, विद्यालय, विभिन्न आश्रममा गरी झण्डै रु दुई करोडको सहयोग गरिसकेको अध्यक्ष मुक्ति अधिकारीले जानकारी दिनुभयो । 
 
परोपकारी काममा गएको एक वर्षमा मात्रै रु ४० लाख भन्दा बढीको सहयोग गरिसकेको समितिले जनाएको छ । साथै समितिले चितवनको भरतपुर अस्पतालमा स्थापना भएको विपन्नका लागि परोपकारी कोषमा समेत हातेमालो गर्दै आएको छ । 
 
समितिले रामचन्द्र बचाउ अभियान (साउदी जेल)मा परेका व्यक्तिको उद्धार तथा मृत्युदण्ड सुनाइएका व्यक्तिको पक्षमा वकालत गर्दै आएको छ भने कुवेतको जेलमा रहेका चितवनका जीवन रानाभाटको जीवन रक्षाका लागि समितिमार्फत मुद्दा अगाडि बढाएको समेत सो अवसरमा जानकारी गराइयो । रासस 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   कुवेतमा गैरकानुनी कामदारका लागि आममाफीको म्याद थपियो
2.   मलेसियामा श्रमिक सचेतना कार्यक्रम सम्पन्न
3.   मलेसियामा तेस्रो हिमालयन गोल्डकप सम्पन्न, हिमालयन फुटबल क्लब ‘ए’ लाई उपाधि
4.   ओमानमा सिस्नुपानीको ‘दुई थोपा हासो’
5.   कात्तिके देउराली समाज कोरियामा गौतम
6.   नेपालीले खोले मलेसियामा उत्कृष्ट क्लब
7.   साउदीको जजानमा नेपाली श्रमिकहरुको स्वास्थ्य जाँच
8.   सेफहरुको विश्वव्यापी जर्मन सेमिनारमा युएईबाट नेपाली युवा थापाको सहभागीता
9.   बेल्जियम एक्स्पोमा नेपालको पनि स्टल
10.   कुवेतमा अवैध आप्रवासी कामदारका लागि २५ दिने आममाफि सुरु
11.   जनसम्पर्क समिति ओमानमा पोखरेल
12.   साउदी राजकुमार तलाल थुनामुक्त
13.   दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ४१ को मृत्यु
14.   मलेसियामा तेश्रो हिमालयन गोल्ड कप फुटबल हुँदै
15.   सडक दुर्घटनामा परी जापानमा एक नेपालीको मृत्यु, १ जना गम्भीर
16.   चौलागाईको अध्यक्षतामा नेपाल कतार विजिनेश एशोसिएशन गठन
17.   तामाङ सोसाइटी अमेरिकाको अध्यक्षमा भरत मोक्तानको दावी
18.   मेलवर्नमा नेपाली सामुदायिक भवन बनाउन घले दम्पत्तिद्वारा २ लाख डलर प्रदान
19.   साउदी सरकारको नियमको स्वागत
20.   क्यान्सर पीडित भूजेललाई संखुवासभा समाज कतारको सहयोग
21.   क्यान्सर रोगी चौलागाईको उपचारार्थ कात्तिके–देउराली समाज कोरियाको सहयोग
22.   नेपाली चेली कञ्चन पूर्व अमेरिकी राष्ट्रपति क्लिन्टनद्वारा सम्मानित
23.   साउदी राजकुमारको हेलिकप्टर दुर्घटनामा मृत्यु
24.   धुमुर्स–सुन्तली फाउण्डेशनलाई संखुवासभा समाज कतारको सहयोग
25.   काठमाडौं–कुवेत सिधा हवाई उडान सुरु हुदै
Results 368: You are at page 1 of 15
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media