सोमवार, असार ११ गते, २०७५
सोमवार, २०७४ भाद्र १८ गते ००:३५

युवाकवि भविन लिम्बूको कविता सङ्ग्रह छायाँको हालै विमोचन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, कवि राधेश्याम लेकाली, निबन्धकार युवराज नयाँघरे, समालोचक महेश पौडेल, कृतिकार भविन लिम्बूले संयुक्त रुपमा छायाँको विमोचन गरेका थिए । 
 
छायाँबारे उपकुलपति घिमिरेले भने— ‘नयाँ पन, नयाँ शैली भित्रिएको छ यो छायाँमार्पmत् । आजको कविताले खोजेको खास धार यो कृतिमा भेटिन्छ ।’ 
 
यसै गरी विमोचित कृतिबारे निबन्धकार नयाँघरेले आफनो धारणा राखे— ‘छायाँमा देश र परदेश जोड्ने भावनात्मक पुलको निर्माण भएको छ । सरलतामा धेरै बलिया विचार पोखिएको यो सुन्दर कृति हो ।’ 
 
समालोचक पौडेलले छायाँमा जातीयता र राजनीतिको कुनै पनि छोइछिटो नरहेको विचार पोखे । उनले भने— ‘कविताको मौलिक स्वाद यसमा छ ।’ 
 
कृतिका लेखक लिम्बूले आपूm विदेशमा बस्दा पैसाभन्दा पनि साहित्य–कलामा बढी समर्पित भएको धारणा राखे । उनले भने— ‘कविता लेख्दा मलाई ठूलो सन्तुष्ठी हुन्छ । सिर्जनाले दिने सुख अरुबाट पाइँदैन  ।’ 
 
साहित्यकार लेकालीले भविनका कविताले आफ्नो मौलिक भाव र चरित्रमाथि उठान गरेको बताए । उनले भने— ‘भविनमा ज्यादै कलात्मक लेखनीका गुणहरु देखिन्छन् ।’ 


 
लामो समयदेखि हङकङमा रहँदै आएका कवि लिम्बू अनेकौँ सांस्कृतिक, सामाजिक, साहित्यिक संघ–संस्थामा आबद्ध छन् । छायाँ भविनको दोस्रो कृति हो । यस अघि उनको हङकङ चसमिस कविता सङ्ग्रह आइसकेको छ । 
 
उक्त अवसरमा वीपी चिन्तन प्रतिष्ठान हङकङका अध्यक्ष कुलप्रसाद गुरुङ, कवि टङ्क सुब्बा, बाबा बस्नेत, सन्ध्या पहाडी, डाक्टर गुनु घर्ती लगायतले आ–आफना मन्तव्य राखेका थिए । कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरले आयोजना गरेको थियो ।                                 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
26.   संस्मरण : आहै, भट्याउनेको, आहै, स्वरै सुक्यो – उत्तम भट्टराई
27.   साहित्य संगालोको सम्मान तथा पुरस्कार वितरण समारोह सम्पन्न
28.   कथा : विदेशिएकी गर्लफ्रेन्ड
29.   नयाँघरेको ‘आमिल’ विमोचित
30.   कथाकार सुस्केराको ‘सरोगेट लोग्ने’ विमोचित
31.   संबिधान, म र हामी !
32.   तीजका अवसरमा तीन स्रष्टा नारी सम्मानित
33.   नारी स्रष्टा सम्मानित हुँदै
34.   चार स्रष्टालाई संगीत-नाट्य प्रज्ञा पुरस्कार
35.   अमर न्यौपानेको करोडौँ कस्तूरी सार्वजनिक
36.   'नओभाएका आँखाहरु'को विमोचन
37.   बिकुको ‘मृत्यु बिर्सिनेहरु’ सार्वजनिक
38.   देश दर्शनको होली कवितामय
39.   दण्डपाणि–नन्दकुमारी अज्र्याल पुरस्कार प्रा.डा. वैद्यलाई
40.   ‘हरियो राहदानी’ का लागि नयाँघरेलाई ‘प्रतिभा पुरस्कार’
41.   निबन्ध - हुक्का !
42.   कथाः माया
43.   हाम्रो एउटै पहिचान — ‘हामी एसियाली ।’
44.   ‘हरियो राहदानी’ पुरस्कृत
45.   ‘ह्वाइट हाउसको घामपानी’ र ‘पाण्डुलिपि’ विमोचित
46.   ढकालको गो अहेड सार्वजनिक
47.   सोइनम माथि परिचर्चा
48.   रामकुमार एलनको उपन्यास ‘स्याउली सिम्फोनी’ विमोचित
49.   विदेशिनुको वास्तविकता
50.   मनुज, ध्रुवचन्द्र, युवराजलाई कलाश्री
Results 65: You are at page 2 of 3
First Prev 1 2 3 Next Last

Powered By : Unitech Media