विहिवार, कार्तिक ०२ गते, २०७४
मंगलवार, २०७४ जेष्ठ २२ गते ०१:०९

झापाको दमकमा आईतवार दुई जना श्रष्टा सम्मानीत हुनुभएको छ । मदन पुरस्कार बिजेता निबन्धकार तथा नियात्राकार युवराज नयाँघरे र कवि धनकुटे कान्छालाई सम्मान गरिएको छ । राष्ट्रिय प्रतिभा सम्मान कोष झापाले श्रष्टाहरुलाई सम्मान गरेको हो ।
 
दमकको बहुमुखी क्याम्पसमा एक कार्यक्रमको आयोजना गरि श्रष्टा सम्मान गरिएको थियो । राष्ट्रिय प्रतिभा सम्मान सम्मान २०७३ समपर्णण तथा प्रतिनिधि रचना वाचन कार्यक्रम गरि श्रष्टाहरुलाई सम्मान गरिएको हो । सम्मानीत हुने निबन्धकार यूवराज नयाँघरेलाई राष्ट्रिय प्रतिभा सम्मान र कवि धनकुटे कान्छालाई  यूवा प्रतिभा सम्मानले सम्मान गरिएको हो । उहाँहरु दुवैलाई ताम्रपत्र र नगद रु ५० हजारसहित सम्मान गरिएको आयोजक गिरीराज भट्टराईले जानकारी दिनुभयो । 
 
सम्मान पछि कवि धनकुटे कान्छाले आफुमा थप जिम्मेवारी थपिएको बताउनु भयो । ‘ खुसी त छु तर यो सम्मानले अझ धेरै काम गर्न उर्जा थपेको छ । जिम्मेवारी थपिएको छ । जिम्मेवारी पुरा गर्नु अवको मेरो दायित्व रहनेछ ।’ मन्तब्यका क्रममा धनकुटे कान्छाले भन्नु भयो । ‘अव सहित्यको उत्कृष्ट रचना खोज्न केन्द्रमा, शहरमा नै बस्न पर्दैन गाउँकै र गाउँमै बसेर लेखे पनि राष्ट्रिय साहित्यकार भन्दा दमदार बन्न सकिन्छ । ’

सम्मान पाए पछि मन्तव्य राख्ने क्रममा निबन्धकार यूवराज नयाँघरेले भन्नुभयो, ‘अहिले बिस्वले गाउँको साहित्य खोजी रहेको छ ।’ गाउँको कुलो, पैनिको साहित्य अहिले खोजीन्छ र बिक्ने भएकोले त्यस्ता खालका सृजना रचना गर्न आग्रह गर्नु भयो ।
 
नेपाल प्रज्ञा प्रतिस्ठानका उपकुलपति बिष्णु बिभु घिमिरेको प्रमुख आतीथ्यमा सम्पन्न कार्यक्रममा नेपालकै बरिष्ठ साहित्यकार कृष्ण धारावासीको बिशेस आतिथ्य रहेको थियो । कार्यक्रममा वरिष्ठ लोक गायक एल पि जोसी, गजलकार केशव आचार्य सुरेश सुवेदी, बरिष्ठ चिकीत्सक तथा समाजसेवी बालकृष्ण सुब्बा, साहित्यकार धनन्जय बास्तोला,जेष्ठ नागरिक सघं झापाका अध्यक्ष भवानी प्रसाद दाहाल लगायत ब्यक्तिहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै बरिष्ठ साहित्यकार कृष्ण धारावासीले गाउँ र टोलटोलमा रहेका प्रतिभालाई राज्यले खोज्न पर्नेमा जोड दिनु भएको थियो ।  अहिले प्रविधीको बढ्दो बिकासले गर्दा कसैलाई पनि स्थानीय र राष्ट्रिय नछुट्याएको उहाँका तर्क थियो । कार्यक्रममा कल्पना पोख्रेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने गिरीराज भट्टराईले सञ्चालन गर्नु भएको थियो ।
 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
1.   भविनको ‘छायाँ’ विमोचित
2.   तिम्रो विर्यको मुल्य कति ?
3.   वरिष्ठ कलाकार डिना वाङ्देलको निधन
4.   झापामा नयाँघरे र धनकुटे कान्छा सम्मानीत
5.   संचारकर्मी डब्बु क्षत्रीको 'नमस्ते काठमाडौं' सार्वजनिक
6.   अनुभूति : सुन्दर गोरखा र ती राष्ट्रनिर्माता
7.   सेल्फी भनेपछि भुतुक्कै भद्रिका
8.   बसन्तले ल्याए भुमरी उपन्यास
9.   नयाँघरे र धनकुटेलाई प्रतिभा पुरस्कार
10.   हिमालको गोठालो लोकार्पित
11.   सुष्माको उपन्यास ‘सिमल’ सार्वजनिक
12.   विश्वमा सबैभन्दा बढी बिक्रि भएका १० पुस्तक यि हुन
13.   वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन
14.   अफ्रिकामा जीवा लामिछानेको ‘सरसर्ती संसार’ विमोचित
15.   उपन्यासकार कटुवालको ‘अधुरो सपना’ सार्वजनिक
16.   नारी स्रष्टाहरु सम्मानित
17.   रेडियोमा जागिर खानेको कथा: रेडियोमा कन्डमको कुरा गर्दा घरमा आमाको गाली
18.   निवन्धकार नयाँघरेको नियात्रा संग्रह ‘हाराबारा’ विमोचित
19.   हे भगवान मलाई किन ‘आइमाई’ बनाएनौ ?
20.   संस्मरण : आहै, भट्याउनेको, आहै, स्वरै सुक्यो – उत्तम भट्टराई
21.   साहित्य संगालोको सम्मान तथा पुरस्कार वितरण समारोह सम्पन्न
22.   कथा : विदेशिएकी गर्लफ्रेन्ड
23.   नयाँघरेको ‘आमिल’ विमोचित
24.   कथाकार सुस्केराको ‘सरोगेट लोग्ने’ विमोचित
25.   संबिधान, म र हामी !
Results 59: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media