विहिवार, कार्तिक ०२ गते, २०७४
शुक्रवार, २०७४ जेष्ठ ०४ गते ०५:२३

शम्भु सुस्केरा / आबुखैरेनीमा गाडी रोक्यो । दुइटी केटी र एउटा केटो चढे । केटो १२ किलोमा उत्रिने रहेछ । परिचालकलाई केटोले दिएको जवाफ मेरा कानमा परे । केहीबेर अघि १० किलोमा झर्ने गरी एक जना चढेको थियो । ठाउँको नाम पनि किलो र लिटर हुनेरहेछ ? अचम्ममा परेँ म ।
 
चढेका तीन जनामध्ये एउटी नव दुलहीको पोशाकमा थिई । नयाँ लेहेंगामा सजिएकी अर्की चैँ । दुलाहाले सामान्य सर्ट पाइण्ट लगाएको थियो । तीनै जनाको निधारमा राता अक्षता थिए । ढोका छेवैको खाली सिटमा दुलही बसी अरू उभिए छतको बारमा समातेर । अघिल्लो स्टेशनमा एउटा सिट खाली भयो दुलाहा बस्यो छेउतिर । भित्तातिर काठमाडौबाट आएको यात्रु थियो । मिनी बसको सानो साँघुरो सिट भए पनि त्यो लेहेंगावालीलाई खाँदखुँद आफ्नो छेउमा बसायो केटोले । तीनैजना बसे । 
 
छिनमै दुवै जनाले निदाएको बहानामा आँखा चिम्लिए । केटीको कम्मरलाई केटाले आफ्नो बायाँ हातले बेरेर सुरक्षा दियो । केटीले आँखा खोलेर पुलुक्क उसका हाततिर हेरी कुनै प्रतिक्रिया जनाइन । जुइनाले धानको बीटा कसेझैँ बिस्तारै उसका खुकुला हात केटीका कम्मरमा कसिए । केटीले केटाको हातमाथि आफ्नो हात लगेर थपी । करिब पाँच किलोमिटर अघि पुगेपछि तिनीहरूको बायाँपटिको सिट खाली भयो । केटीले पुलुक्क खाली सिटतिर हेरी । तर खाली सिटमा सरिन । अप्ठ्यारै गरी भए पनि उसैका काखमा निदाएकै बहाना गरी । 
 
मैँले अनुमान लगाएँ । दिदी पु¥याउनु भिनाजुको घर जाँदै गरेकी साली हो यो । ‘गुन्द्रुक पकाउनु पर्दैन साली फकाउनु पर्दैन’ यो नेपाली उखान चरितार्थ हुँदै थियो । साली बिनाको ससुराली निरस ठान्छ मान्छे । कम्तीमा कान्छो ज्वाइँ थिएन त्यो, भाग्यमानी रहेछ । जेठो ज्वाइँ रहेछ भने झन् भाग्यमानी । उसकी श्रीमती कसैकी साली भएर भिनाजुका घर गएकी थिइन । मेरो मन बोल्यो । झ्याल बाहिर देखिने सुन्दर हरियालीसँगै तिनीहरूतिरै थियो तनमन । दिदीलाई उछिनेर भिनाजुको हात पाएकी सालीको यात्रा कहाँ पुगेर रोकिएला सोच्दै गर्दा गाडी रोक्यो,
उत्रिए ती ।
 
काठमाडौँबाट पाँच घण्टामा पुराउँछु भनेको थियो ७ घण्टा लगाएर साँझ ५ बने झा¥यो सुन्दर गोरखामा । शिवरात्रीका अवसरमा संसारभरिका हिन्दूहरू काठामाडौँमा थुप्रिरहेका बेला म चैँ परिवारै काठमाडौ छाड्दै गर्दा द्विविधा थियो मनमा । जब गोरखा सदरमुकाममा पाइला टेकेँ पश्चाताप चैँ भएन । योगीले ध्यान मुद्रामा पलेटी कसेर गोरखालीलाई काखमा लिएर दक्षिणपटि फर्केर बसेको थियो गोरखा दरबार, गोरखाको शिर दाहिने आँखा काली र बायाँ आँखा गोरख । आहा कति सुन्दर नेपालको मुल ।
 
थाकेको शरीरले बासै खोज्दो रहेछ पहिले । पर्यटन सूचना केन्द्रकै अगाडि जु¥यो मनासलु होटल । तेस्रो तलाको बार्दली सहितको कोठाको चाबी बोकेर बार्दलीबाट तलतिरको खुला आकाश र फराकिलो धर्ती नजर गर्दा दार्जिलिङ्गको चित्र आयो आँखाभरी । दसैँ छेक दार्जिलिङ्गमा होटलको बार्दलीबाट उँधोतिर चिहाउँदा यस्तै लागेथ्यो । उत्तरपटि दार्जिलिङ्ग शहर दक्षिणपटि ओरालो जमीन । 
 
भारतसँग गोरखाल्याण्ड माग्दै सिंगौरी खेलिरहेको दार्जिलिङ्गको एक टुक्रा जमीन र गोरखाबाट विशाल नेपाल हुन सकेको उद्गम नेपालको यो एक टुक्रा गोर्खाल्याण्ड किन उस्तै लागेको होला मलाई ? यी दुवैको जमीन संरचना किन एउटै रूप देखेको मैँले । सायद यही गोरखाले त्यो गोरखा कमाएको थियो । आज त्यो गोरखाल्याण्ड हाम्रै नभए पनि निकटता हाम्रै छ जनजीवन, भाषा, धर्म, चाडपर्व र संस्कृतिमा । त्यसैले दुवै गोरखा र गोरखालीमा आफ्नोपन सलबलाइरह्यो । सम्झनाका एक दुई सेल्फी लिएर तल झ¥यौँ ।
 
‘अंकल कोठा फोहोर रछ, टिभीमा पनि चलेन ।’ सुशानले होटलवालासँग यस्तो गुनासो गर्दैगर्दा होटलको भित्तामा एउटा फ्लेक्स पढिरहेको थिएँ म । ‘ग्राहक बनेर आउनुस् साथी बनेर जानुस् ।’ लेखिएको थियो ।
 
फरक वातावरण र भूगोलमा साँझको टहलाइ कति आनन्ददायी हुन्छ । त्यही आनन्द सोहोर्ने क्रममा लमतन्न सुतेको गोरखा टाउन लम्कियौँ । काठमाडौमा जता पनि गोरखाको सुन्तला हजुर भनेर बेच्थे ब्यापारीले । गोरखामा चैँ भारतीय सुन्तला मात्रै देखिए त । शारदाको चासो थियो । दर्जीका घरमा फाटेका लुगा, कामीका घरमा भुत्ते हँसिया भन्या जस्तै होला । मैँले जवाफ दिएँ ।
 
ममी चटपटे खानेँ । बहाना सुशानको भए पनि स्कुले जीवनदेखि काठमाडौसम्मै पनि भरपुर चटपटेको स्वाद लिएको मान्छे म । सुशानलाई सहमति दिएँ । मधेस वा भारतीयका हात थिएनन् यहाँ गोरखाली युवतीकै पौरख खाइयो । ‘पहाडमा छिरेको चटपटे संस्कृतिले हातमा रोजगारी मात्र होइन दुईचार पैसा खर्च पनि दिएको छ ।’ चटपटे फिट्दै खुशी साटिन् तिनले । हुन पनि काठमाडौँका गल्लीगल्लीमा चटपटे र पानीपुरीको ब्यापारमा पहाडे महिलाहरूको बाक्लै उपस्थिति देखिन्छ ।
 
‘बाबा ऊ मुस्लिम अंकल ।’ किताबको फोटो र अक्षरमा पढेको लामा दारीवाल मासु ब्यापारी मुस्लिम देखेर सुशानले मेरो ध्यानाकर्षण गरायो । सुशानका लागि समेत शैक्षिक भ्रमण बनिरहेको रहेछ समय । ‘करिब दुई सय पचास वर्ष अघि बन्दुक बनाउन राजा पृथ्वीनारायण शाहले ल्याएर राखेको रे उहाँहरूको पुर्खालाई ।’ मैँले जानेको बताएँ । 
 
यिनले खशीको मासु मात्रै बेच्छन् कि बाख्रा पनि काट्छन् ? गर्धनमा मार हान्छन् कि घाँटीबाट रेट्छन् । उसलाई त बताएँ । तर मेरो मनमा उठेको प्रश्नको कोसँग लिने हो ? ‘अधिकांश ग्राहक हिन्दू र अरू भएकाले खशी मात्रै काट्छन् । जताबाट काटे पनि काट्नै हो । जिउँदै कसैले खाइन्न क्यार । मारेर खाने कुरो जसरी मारे पनि के भिन्नता ? हिन्दूहरू त्यति कट्टर पनि हुँदैनन् खाइदिन्छन् ।’ बाटामा भेटिएका एक बटुवाको कुरा चित्त बुझ्यो मलाई ।
 
‘गोरखाबाट भूकम्प आको हगि बाबा ?’ सुत्ने बेलामा सुशानको मनमा यो कुरा आउनु डरको डेरा थियो । उसबेला दिउँसोको भूकम्पअछि आफ्नै घरमा सुतेका हामी उसकै कारण राति ११ बजे घर छाडेर बारीमा निस्केका थियौँ रात बिताउन । तीन तलामाथिको सुताइ छ साँच्चै हामीलाई पछ्याउँदै भुकम्प आइहाल्यो भने के गर्ने ? सानोतिनो योजना पनि बन्यो मनभरी ।
 
भोलिपल्ट बिहान खाना खाँदै होटलवाला युवाले गोरखाको विकास र आफ्नो संघर्ष सुनाए । काठमाडौँमा पढेर अर्काको होटलमा काम गरेर आफ्नै बलबुँतामा होटल चलाएको छु । अब गोरखाको विकासका लागि मन जान थालेको छ । यहाँ ५०० अट्ने एउटा रंगशाला छैन । आजै वाणिज्य संघमा रंगशाला बनाउने प्रस्ताव आएको छ । त्यसैमा जुट्नु छ । आशावादी थिए ती । 
 
आशलाग्दो ठाउँ थियो त्यो । बिहान गोरखा दरवार चढ्दै गर्दा ओरोलो झर्ने तराईवासीको हुल थियो । नेपालगंजदेखि आएका रहेछन् । सबैलाई जिज्ञासा छ गोरखा दरवार र नेपालको एकीकरणस्थलका बारेमा । शाह वंशको उद्गम मात्र थिएन राष्ट्र निर्माताको देश पनि थियो त्यो । दुरदर्शी नेपाली नेताले सपना देखेर साकार पारेको भूमि हेर्ने विश्वलाई रहर छ । सिकन्दर र नेपोलियन पढिसकेकाले अब पृथ्वीलाई पनि पढ्नेछन् । ती विश्व विजेता र यी नेपाल निर्मातामा के फरक छ ? 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
1.   भविनको ‘छायाँ’ विमोचित
2.   तिम्रो विर्यको मुल्य कति ?
3.   वरिष्ठ कलाकार डिना वाङ्देलको निधन
4.   झापामा नयाँघरे र धनकुटे कान्छा सम्मानीत
5.   संचारकर्मी डब्बु क्षत्रीको 'नमस्ते काठमाडौं' सार्वजनिक
6.   अनुभूति : सुन्दर गोरखा र ती राष्ट्रनिर्माता
7.   सेल्फी भनेपछि भुतुक्कै भद्रिका
8.   बसन्तले ल्याए भुमरी उपन्यास
9.   नयाँघरे र धनकुटेलाई प्रतिभा पुरस्कार
10.   हिमालको गोठालो लोकार्पित
11.   सुष्माको उपन्यास ‘सिमल’ सार्वजनिक
12.   विश्वमा सबैभन्दा बढी बिक्रि भएका १० पुस्तक यि हुन
13.   वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन
14.   अफ्रिकामा जीवा लामिछानेको ‘सरसर्ती संसार’ विमोचित
15.   उपन्यासकार कटुवालको ‘अधुरो सपना’ सार्वजनिक
16.   नारी स्रष्टाहरु सम्मानित
17.   रेडियोमा जागिर खानेको कथा: रेडियोमा कन्डमको कुरा गर्दा घरमा आमाको गाली
18.   निवन्धकार नयाँघरेको नियात्रा संग्रह ‘हाराबारा’ विमोचित
19.   हे भगवान मलाई किन ‘आइमाई’ बनाएनौ ?
20.   संस्मरण : आहै, भट्याउनेको, आहै, स्वरै सुक्यो – उत्तम भट्टराई
21.   साहित्य संगालोको सम्मान तथा पुरस्कार वितरण समारोह सम्पन्न
22.   कथा : विदेशिएकी गर्लफ्रेन्ड
23.   नयाँघरेको ‘आमिल’ विमोचित
24.   कथाकार सुस्केराको ‘सरोगेट लोग्ने’ विमोचित
25.   संबिधान, म र हामी !
Results 59: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media