मंगलवार, माघ ०२ गते, २०७४
प्रवीन गुरुङ, व्यवसायी/समाजसेवी. कतार
बुधवार, २०७३ कार्तिक ०९ गते ०४:१८

जन्म र शिक्षा
चितवनमा वि.सं. २०३६ सालमा जन्मनुभएका प्रवीन गुरुङले शिक्षाको प्रारम्भिक ज्ञान लिने क्रममा गाँउमै रहेको सरकारी स्कुलमा शिशु कक्षा उत्तीर्ण गरेपछि मध्यमवर्गीय उनको परिवारले घरको एक्लो छोरा भएकाले पनि कक्षा १ बाट भने रामपुरको कमलादेवी सेकेण्डरी अंग्रेजी स्कुलमा भर्ना गर्नुभयो । उहाँले सोही विद्यालयबाट नै १६ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गर्नुभयो । एसएलसी पछि भने उहाँको शिक्षा प्रभावित बन्न पुग्यो ।

फौजीबाट मोडिएर कतार यात्रा
त्यस समय यो समुदायमा ब्रिटिस आर्मी या इन्डियन आर्मीमा आफ्ना सन्तान भर्ना गराउने हरेक बाबुआमाका सपना हुन्थे । यही पदचाप पछयाउने क्रममा काठमाडौमा उच्च शिक्षा अध्ययन गर्न आए लगत्तै उहाँ कयौ पटक ब्रिटिस आर्मीमा भिडनुभयो तर सफल बन्न सक्नुभएन । अन्ततः सन् १९९७ मा इन्डियन आर्मीमा उहाँ भर्ती हुनुभयो । करिब साढे ७ वर्ष पल्टनमा काम गर्नुभएका उहाँले जुन सोच र सपना पालेर पल्टन प्रवेश गर्नुभएको थियो त्यो पुरा हुने छाँटकाट देख्नुभएन । आफू र परिवारलाई यो जागिरले सन्तुष्टि दिलाउन नसक्ने ठहर उहाँको हृदयले गरिरहेको थियो । एकदिन अचानक कतारमा रहनुभएका भिनाजु जगत गुरुङले फोन गरेर उहाँलाई इण्डियन आर्मीमा सन्तुष्ट नभए इन्डिभिजुअल भिसामा कतार आउन सुझाउनुभयो । भिनाजु जगत त्यसबेला अमेरिकन बेस क्याम्पको ड्राइङकोफ भन्ने कम्पनीमा एचआर मेनेजर हुनुहुन्थ्यो । यस लगत्तै जागिरमा १ हप्ताको छुट्टी लिएर अन्तवार्ताको लागि काठमाडौमा आउनुभएका उहाँ अन्ततः सेक्युरिटी गार्डको लागि छानिनुभयो र अमेरिकन बेस सेक्युरिटी गार्डको कामका लागि सन् २००४ मा कतार प्रवेश गर्नुभयो ।

७ सय तलब, ३ सय खानाको र ओभरटाइम गरेर मासिक १४ सय डलरको हाराहारीमा उहाँको कमाइ थियो । फौजी अनुशासनमा हुर्किएको उहाँको दैनिकी कतारमा सेक्युरिटी काममा पनि निरन्तर रहिरहयो । करिब ५ वर्ष उहाँले यही पेशामा कडा संघर्ष र परिश्रम गर्नुभयो ।



कामदारबाट रोजगारदातासम्म
जागिरे जीवनबाट आर्जेको कमाइले गुरुङमा अब आफै केही गर्नुपर्छ भन्ने उत्साह जाग्दै जान थाल्यो । यसैको उपज उहाँले आफू जागिरे जीवनमै रहँदा पहिलो पटक सन् २००९ मा संसरा भान्साघर किनेर रेष्टुराँ व्यवसायमा हात हाल्नुभयो । जागिरे जीवनबाट एक्कासी व्यवसायीक क्षेत्रमा हाम्फाल्नु कम्ता जोखिम र चुनौतीपूर्ण हिम्मत होइन । तर कहिल्यै हार्न नजान्नुभएका गुरुङलाई पहिलो गाँस नै मिठो सावित भैदियो । उहाँको मेहनत, इमान्दारिता र कामप्रतिको लगाव देखेर साथीभाइले कन्ट्रक्सन तथा क्लीनिङ कम्पनी खोल्न सुझाव दिएसँगै यस क्षेत्रमा पनि उहाँको व्यवसायीक कर्मले गतिलो फडको मार्यो ।

सन् २०१० मा ग्रिनग्रास ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनी खोलेर कन्ट्रक्सन क्षेत्रमा हात हाल्न पुग्नुभएका उहाँले त्यस यता हवाइट कार्पेट क्लीनिङ एण्ड हस्पिलाटी सर्भिस, वीन्टर ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ सर्भिस, ग्रीन टि कन्ट्रयाक्टिङ सर्भिस, सिल्भर स्पोन कन्ट्रयाक्टिङ एण्ड सर्भिस, विग ड्रिम्स कन्ट्रयाक्टिङ एण्ड सर्भिस, न्यू ड्रिम्स कन्ट्रयाक्टिङ एण्ड सर्भिस, हवाइट मुन क्लीनिङ एण्ड हस्पिलाटी सर्भिस गरी कतारमा मात्र ७ वटा कम्पनी स्थापित गरिसक्नु भएको छ । ५ सयभन्दा बढी नेपाली, केन्याली र बंगालीलाई रोजगारी दिनुभएका गुरुङ आफै कामदारको हैसियतमा कतार गएको आफूले यत्तिका दाजुभाइलाई रोजगारी दिने हैसियत राख्दा खुसी मात्र होइन गर्व लागेको बताउनुहुन्छ ।



व्यवसायकै सिलसिलामा वाइड कार्पेट क्लीनिङ एण्ड हस्पिलालिटीबाट एक सय भन्दा बढी कामदार इजदान मलमा सप्लाई गर्दा ४ लाखभन्दा बढी कतारी रियाल गुमाउनुभएका उहाँले मनभित्र फ्रस्टेशनको बीउ जाग्दा समेत हिम्मत हार्नुभएन । ‘मन रुन्थ्यो, सबै डुबाएँ तर हिम्मत हार्न सकिनँ ।’ उहाँले भन्नुभयो ‘अझ मेहनत र संघर्ष गरेर समस्या पार लगाएरै छाड्ने अठोट भुलिनँ ।’

क्लीनिङ कम्पनीले डुबाएको जिन्दगी उकास्न उहाँले कन्ट्रक्सन कम्पनीमा ध्यान दिनुभयो । यसले उहाँको क्षति परिपूर्ति मात्र गरेन कतारको स्थापित व्यवसायीमा उहाँको परिचय पनि बनायो । आज कतारको टपटप साइटमा उहाँले उपलब्ध गराउने कामदारको उपस्थिति छ ।

व्यवसायीक कर्ममा अघि बढन तथा आजको अवस्थासम्म आइपुग्न श्रीमति सरीता गुरुङको हौसला र साथले ठुलो आत्मविश्वास जगाएको उहाँको भनाई छ । नर्सिङ पेशामा आवद्ध श्रीमति सरीता गुरुङले उहाँलाई व्यवसाय गर्न आर्थिक तथा भौतिक साथ त दिनुभयो नै उहाँको सुख दुःखमा समेत सधै सारथीको भूमिका खेल्नुभयो ।  उता माइलि दिदी कालिका गुरुङको पनि उहाँलाई उत्तिकै साथ मिल्यो । परिवारबाट यसरी हौसला मिल्दा नै आफुलाई व्यवसायप्रतिको भोक र काम गर्न थप उत्साह मिलेको उहाँ बताउनुहुन्छ ।



सामाजिक सेवाप्रति समर्पण
व्यवसायीको पहिचानसँगै कतारको नेपाली समाजमा समाजसेवीको समेत पहिचान बनाउनुभएका गुरुङ अहिले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको उपाध्यक्ष हुनुहुन्छ । कतारमा हुने हरेक नेपाली समुदायको कार्यक्रम नछुटाउने उहाँ उनीहरुलाई सहायता गर्न पनि पछि हट्नुहुन्न । प्रवासी भूमिमा कुनै नेपाली समस्या तथा दुःखमा परेको देख्दा आफ्नो मन रुने बताउनुहुने उहाँले कतारका जेलमा रहेका कैयौँ नेपालीलाई सहायता मात्र गर्नुभएन स्वदेश फिर्ताका लागि पहलदेखि टिकट र पकेट खर्च समेत दिनुभयो । कतारमा रहेका सबैजसो संघसंस्थालाई सहयोग प्रदान गरिरहनुभएका गुरुङ अबका दिनमा पनि यसरी नै सहयोग गर्ने इच्छा रहेको बताउनुहुन्छ । ‘जिरोबाट यो अवस्थामा आएको छु, मन खोलेर हामीले आवश्यक ठाँउमा सहयोग नगरे कसले गर्छ ?’ उहाँ प्रतिप्रश्न गर्नुहुन्छ ।

अबको बाटो  
जिरोबाट संघर्ष शुरु गरेको आफू आज पनि संघर्षरत रहेको गुरुङको भनाइ छ । बरु उहाँले गर्वले भन्नुभयो जिरोबाट आजसम्म साथ दिने  प्रकाश थापा र चन्द्र ढकाल जस्ता कर्मचारीले आफ्ना कम्पनी मात्र होइन आफूलाई पनि यो स्थानमा पुर्याउन जिलोज्यान दिएको बताउनुभयो । ‘अब सपना मात्र होइन मेरो महत्वाकांक्षा हो अष्ट्रेलिया, जापान, अमेरिका र क्यानाडामा रेष्टुरा व्यवसाय बिस्तार गर्ने तयारी गरेको छु ।’
उहाँ भन्नुहुन्छ ‘यसभन्दा ठूलो सपना मेरा दाजुभाइ दिदीबहिनीले कहिल्यै दुःख
भोग्नु नपरोस् ।’
 
 प्रस्तुती : फणिन्द्र दाहाल /कतार
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अन्तर्वार्ता / बिचार
1.   एनआरएनप्रतिको अपेक्षा र उनीहरुले जगाएको आशा
2.   एनआरएनएको संस्थागत तथा दिगो विकासका लागि 'भिजन २०२०'
3.   एसिया प्यासिफिक क्षेत्रका समस्या समाधानका लागि मेरो उम्मेदवारी
4.   वैदेशिक रोजगार सुधार्न फिलिपिन्सबाट सिक्नेकी !
5.   बिपत्तिमा डुबेको वैदेशिक रोजगारको स्रोत क्षेत्रलाई व्यवसायीको उपहार ! ‘ब्ल्याक लेबल’
6.   एनआरएनए साझा चौतारी बन्नुपर्छ
7.   एक परदेशिको आत्मकथन : नचाहदा नचाहदै जन्मियो अपराध - शम्भु सुस्केरा
8.   असोज पहिलो सातासम्म संघको भवन निर्माण शुरु हुन्छ
9.   अनुभूति : बरदुबई पार्कमा नेपाली जोडीका पीडा - युवराज नयाँघरे
10.   भाषण होइन स्पष्ट रोडम्याप र पुरा गर्ने आधारसहित अघि बढेको छु : गडतौला
11.   २०७३ मा वैदेशिक रोजगार उपलब्धिभन्दा विवादै विवाद
12.   संघको नेतृत्वतहमा श्रेष्ठको खोजी
13.   म व्याक हुन तयार छु, तर फोरमबाट एउटै प्यानल आउछ : प्रज्ञान न्यौपाने
14.   वैदेशिक रोजगार विभागले दिने अनलाइन सेवाबारे विस्तृत जानकारी : सूर्यप्रसाद भण्डारी
15.   वैदेशिक रोजगार व्यवसायीलाई त्यसै क्षेत्रको जिम्मेवारी दिनु गलत : डा.शेखर कोइराला
16.   म पद दोहोर्याउन्न, अध्यक्षको स्वभाविक दावेदार हुँ : कुमार पन्त
17.   माफियातन्त्र उखेल्न संघ नेतृत्व अनवरत लागिरहेको छ
18.   कोरियामा नेपालीले गर्ने भनेको ‘थ्री डी’ नै हो
19.   अझै नयाँ रेमिट्यान्स कम्पनी ?
20.   आप्रवासी कामदारको सम्मान नै सुरक्षित आप्रवासन
21.   मेहनत र संघर्ष गरिरहेको छु
22.   त्रासै त्रासले घेरिएको छ वैदेशिक रोजगार
23.   इमान्दार हुँदा न्याय पाइन्छ भन्ने नजिर बस्यो
24.   चारवर्ष भित्र बैंकलाई उत्कृष्ट बैंक बनाउछौं
25.   कमिशन मिलाउन श्रममन्त्री मलेसिया गएका हुन : न्यौपाने
Results 57: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media