शनिवार, असार ०९ गते, २०७५
बुधवार, २०७५ जेष्ठ २९ गते ०६:००

इन्टरनेशनल मनी एक्सप्रेश (आइएमई) ले १७ औ वर्ष पुरा गरेर १८ औ वर्षमा प्रवेश गरेको छ । स्थापनाकालदेखि नै साझेदारी व्यवसायलाई मूख्य प्राथमिकता दिँदै आएको आइएमईले यस अवधिमा देशभित्र करिव २० हजार व्यावसायिक साझेदारहरूको साझा संजाल निर्माण गरेको जानकारी दिएको छ । त्यसैले यस पटकको वार्षिकोत्सव ‘१८ औ वार्षिकोत्सव साझेदारीको’ भन्ने मूलनाराका साथ मनाइएको आइएमईले जनायो ।
 
१८ औ वर्षसम्म आइपुग्दा आइएमईले रेमिट्यान्सको क्षेत्रमा आर्जन गरेको पर्यावाची नामलाई कायम राखिराखेको छ । आइएमईको शाख, प्रतिष्ठा र विश्वासलाई कायम राखिराख्न परम्परागत रेमिट्यान्स सेवालाई समयानुकूल परिमार्जन गर्दै ‘आइएमई पे’मार्फत प्रविधिमैत्री डिजिटल रेमिट्यान्स सेवाको समेत थालनी गरिसकेको कम्पनीले जनाएको छ ।
 
आम सेवाग्राहीहरुको निरन्तर विश्वासले आइएमई नेपालको स्थापित व्यसायिक समूहमा पर्न सपmल भएको र रेमिट्यान्स, बैंक तथा वित्तीय संस्था, अटोमोबाइल, सूचना प्रविधि, बीमा, उर्जा, केबलकार, हस्पिट्यालिटी लगायतका व्यवयायिक क्षेत्रमा आइएमई समूहले लगानी विस्तार गर्दै आइरहेको कम्पनीले जानकारी दिएको छ । साथै कम्पनीले यो गौरवमय इतिहास निर्माण गर्नेक्रममा सहयोग गर्ने व्यवसायिक साझेदार एवम् सहकर्मी, सेवाग्राही, सुभचिन्तक सबैप्रति आभार प्रकट गरेको छ ।
 
१८औं वार्षिकोत्सवका अवसरमा काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा शुभकामना दिँदै आइएमई ग्रुपका अध्यक्ष् चन्द्रप्रसाद ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै कुनै पनि कामप्रति समर्पण र पेशाप्रतिको इमान्दारिता हुनुपर्ने बताए । 
 
आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले कर्मचारीहरूको सीपविकास र क्षमता अभिबृद्विमा विशेष ध्यान दिइएको बताउँदै प्रतिष्पर्धा आफैंले आफैंसँग गर्नुपर्ने बताए । प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले एउटा कर्मचारीका लागि आइएमई ग्रुपमा धेरै अवसरहरु भएको बताउँदै त्यो अवसरलाई उपयोग गर्ने क्षमता सवैमा विकास होस् भन्ने शुभकामना व्यक्त गरे । 
 
वार्षिकोत्सवका अवसरमा कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ९५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा दशवर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरूलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यस्तै वार्षिकोत्सवको अवसरमा आयोजित फुट्सल प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई शिल्ड, ट्रफी र प्रमाण–पत्र पनि प्रदान गरिएको थियो भने कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट विभिन्न एघार विधामा उत्कृष्टता प्राप्त गर्ने कर्मचारीहरूलाई  सम्मान गरिएको थियो ।
 
आफ्नो स्थापना देखिनै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ७४ आइएमई सेन्टरसहित ७५ जिल्लाका ७ हजार ५सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको आइएमईले जनायो  ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
51.   ग्लोबल आइएमई र क्रसपेबीच रेमिट्यान्स सम्झौता
52.   माछापुच्छ्रे बैंकद्वारा खाद्यान्न वितरण
53.   आइएमई इन्स्योरेन्स र नर्भिकबीच सेवा सम्झौता
54.   यामाहाका स्कुटरमा ‘रिसेल प्रोमिस’
55.   टेलिकमले ल्यायो ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर
56.   मेघा बैंकको सिइओमा खुञ्जेली नियुक्त, बनिन पहिलो महिला सिइओ
57.   विदेशबाट ऋण ल्याउने प्रक्रियामा जुटे वैंकहरु
58.   नयाँ बर्षमा मेगा बैंकको नयाँ अफर सार्वजनिक
59.   एभरेष्टको नयाँ शाखा नवलपुरको कावासोतीमा
60.   सिटी एक्सप्रेसको बम्पर उपहार विजेतालाई रेनल्ट क्विड प्रदान
61.   पूर्वप्रधानमन्त्री, अर्थमन्त्री र मेयरलाई महासंघको ज्ञापन–पत्र
62.   कुवेतबाट पनि थाल्यो सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सेवा
63.   एभरेष्ट बैंकको नँया एक्सटेन्सन काउन्टर बिराटचोकमा
64.   एनआईसी एशियाको मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु
65.   सेन्चुरी बैंकको सिइओमा तुल्सीराम गौतम
66.   हिमालयन बैंकद्धारा नेपालगञ्ज उपमहानगरपालिकालाई सहयोग
67.   इन्भेष्टमेण्ट बैंकको एकै दिन तीन नयाँ शाखा
68.   सिटी एक्सप्रेस र बैंक अल बिलाद, एन्जाज साउदी अरबबीच रेमिट्यान्स सम्झौता
69.   नेपाल इन्भेष्टमेण्ट बैंक ३३ औँ वर्षमा प्रवेश
70.   अनलाइन पेमेन्टका लागि उत्कृष्ट ‘इनेट पे’
71.   कोकाकोलाले ४० भाग्यशाली विजेतालाई विश्वकप हेर्न रुस लैजाने
72.   महासंघको उपाध्यक्षमा सेढाइ
73.   विओएन ट्राभलले मनायो १० औं वार्षिकोत्सव
74.   राष्ट्रिय व्यवसायी महासंघको उपाध्यक्षमा सेढाईको दावी
75.   ठूला भनाउँदा व्यवसायीले सबैको मुद्धा नउठाउँदा बन्यो महासंघ
Results 887: You are at page 3 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media