सोमवार, असार ०४ गते, २०७५
कोरियन भाषाको परीक्षा केन्द्र तोकियो
सोमवार, २०७५ जेष्ठ २० गते ०१:१४

 
 
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) प्रणालीमार्फत काम गर्न जाने विदेशी कामदारहरुको भाषासँगै सीप क्षमताको पनि परीक्षण गर्ने भएको छ । नयाँ प्रणालीमा रोजगार आकांक्षी विदेशी कामदारको शारीरिक अवस्था, सीपको स्तर, सम्बन्धित कामको अनुभवजस्ता विषयमा पनि मूल्यांकन गरिने बताइएको छ ।
 
कोरीयाको मानव संसाधन विकास (एचआरडी) आगामी वर्ष सन् २०१९ देखि ईपीएस अन्तर्गतको कोरियन भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली लागू गर्ने सार्वजनिक गरेको छ ।
 
उक्त प्रणाली अन्तरगत दुई तहमा लिइने परीक्षा अन्तरगत पहिलो चरणमा भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवम् दक्षताको मूल्यांकन सम्पन्न गरी दुवै चरणबाट परिक्षर्थीले पाएको अंकलाई जोडेर कूल प्राप्तांकको सबैभन्दा धेरै अंक ल्याउनेलाई आवेदकलाई प्राथमिकताको आधारमा अन्तिम छनौट गरिने बताइएको छ । यसभन्दा अघि कोरियन भाषा दक्षताको आधारमा मात्रै कामदारको नामावली छनोट गर्दै आएको थियो । नयाँ प्रणालीले भाषा परिक्षा उत्तीर्ण गर्नु थप कठिन हुने अनुमान छ ।
 
एचआरडीले भने कोरियन भाषामा केही कमजोर भए तापनि अरु क्षमता भएका इमान्दार कामदारलाई रोजगार दिलाउन यो प्रणालीले सहयोग गर्ने जनाएको छ । कोरियाले ईपिएस प्रणालीबाट विदेशी कामदार ल्याउने अन्य देशमा यस अघि नै यो प्रणाली लागू गरेको बताउँदै नेपालीमा तीन वर्ष अघि आएको महाभूकम्पका कारण आगामी वर्षदेखि लागू गर्ने बताएको थियो ।

कोरियन भाषाको परीक्षा केन्द्र तोकियो
 
वैदेशिक रोजगार इपिएस कोरिया शाखाले कोरियन भाषाको परीक्षा केन्द्र तोकेको छ। जेठ २६ र २७ हुने भाषा परीक्षाका लागि केन्द्र तोकिएको शाखाले जनाएको छ।
 
परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकिएको शाखाले जानकारी दिएको छ। परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ। 
 
पहिलो सिफ्ट अन्तर्गत  बिहान ८ बजेदेखि १० सम्म र दोस्रो १२ देखि ४ बजेसम्म सञ्चालन हुने शाखाले गरेको विज्ञापनमा उल्लेख गरिएको छ। कोरियन भाषा परीक्षाका लागि करिब ८० हजार युवाले आवेदन दिएका छन्। कोरिया नेपालका लागि उद्योग र कृषिमा गरी १० हजार ५ सय कामदारको कोटा छुटाइसकेको छ । १८ बर्षदेखि ३९ बर्ष उमेर नकाटेका युवा परिक्षामा सामेल हुनसक्ने प्रावधान छ ।  
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
301.   ओमानमा अवैधानिक आप्रवासी कामदारलाई घरफिर्तीको अवसर
302.   कतारमा रक्तदान गर्न एनआरएनको साथमा अन्य संघसंस्था
303.   ‘नेपाल टिभी क्यानाडा’ शनिवारदेखि प्रशारण आरम्भ
304.   मृगौला पिडित परियारलाई कतारबाट ४ लाख सहयोग
305.   नेपालीको दक्षता अनुसार रोजगारी दिइने – ओन्टारियो प्रिमियर
306.   स्याङजा सहयोग समाज कतारको साधारणसभा सम्पन्न
307.   नेपालि व्यवसायीद्वारा कतारमा सुपर मार्केट संचालन
308.   ओमानमा एनआरएनको महिला दिवश कार्यक्रम सम्पन्न
309.   क्यानाडामा शेर्पा लोसार पर्व सम्पन्न
310.   यूएईमा ३३ औं मगर दिवस सम्पन्न
311.   तेश्रो एशियन कम्युनिटी फुटबल टुर्नामेन्टमा नेपाली टिम पनि सहभागी हुँदै
312.   काठमाडौमा क्यानेडियन भिषा अफिस खोल्न पहल
313.   जनप्रगतिशील मञ्च ओमानको बार्षिक भेला सम्पन्न
314.   नेपाली फुटबल टिमलाई अल अहली क्लवले दियो डेड दर्जन फुटबल
315.   मलेसियामा राहदानी नविकरणबारे एसएमएसबाटै थाहा पाइने
316.   अमेरिकामा नेपालीलाई १० करोडको चिठ्ठा
317.   बेलायतमा नेपालीले किने नर्सिङ् होम
318.   मलेसियाका मेनपावर व्यवसायीहरुको छुट्टै संघ गठन
319.   समयमा तलव नदिने कम्पनीले थप कामदार ल्याउन नपाउने
320.   स्याङजा सहयोग समाज क्याक्मी ईकाईमा राना
321.   भोजपुर समाज कतारद्धारा विभिन्न संस्था तथा व्यक्तित्व सम्मानित
322.   हङकङ निवासी राईले दिए कलेजलाई ३ सय थान पुस्तक
323.   कतारमा नेपालीलाई उत्कृष्ट कामदारको अवार्ड
324.   कतारमा अलि मिया पुनः सम्मानित
325.   यूएईमा एनआरएनको नयाँ बर्षको कार्यक्रम सम्पन्न
Results 413: You are at page 13 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media