मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ चैत्र २९ गते ०४:३६

वाणिज्य बैंकहरु विदेशबाट ऋण ल्याउने प्रक्रियामा जुटेका छन्। नेपाल राष्ट्र बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण ल्याउन बाटो खोलेसँगै ति संस्थासँग बैंकहरुले छलफल अघि बढाएका छन्।
 
केही बैंकले ऋणका लागि सहमति गरिसकेका छन्। एनआइसी एसिया र एनएमबि बैंकले ऋणका लागि आइएफसी ९इन्टरनेसनल फाइनान्स कर्पोरेसन० सँग सम्झौता गरिसकेका छन्।
 
आइएफसी विश्व बैंक ग्रुपअन्तर्गत पर्दछ। नेपालसहित १ सय बढी देशहरुमा आइएफसीले विभिन्न क्षेत्रमा लगानी तथा वित्तीय व्यवस्थापनको कार्य गर्दै आएको छ। विभिन्न निजी क्षेत्रका उद्योगहरुले समेत आइएफसीबाट ऋण लिँदै आएका छन्।
 
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले यी दुई बैंकहरुले ऋण ल्याउनका लागि ऋणदातासँग सहमति गरेको जानकारी दिए। ‘यी बैंकहरुले ऋण ल्याउनका लागि राष्ट्र बैंकसँग अनुमति मागेका छन्’ सिवाकोटीले भने ‘हामीले प्रस्ताव अध्ययन गरेर अनुमति दिन्छौँ।’
 
बैंकहरुले ऋण ल्याउन थालेपछि त्यसले तरलतामा सहजता ल्याउने राष्ट्र बैंकको भनाई छ।
 
नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण ल्याउन पाउने छन्। यसअनुसार आफूहरुले ऋणदातासँग सहमति गरी प्रक्रिया अघि बढाएको एनआइसी एसियाका असिस्टेन्ट सिइओ सुधीर पाण्डेले जानकारी दिए।
 
‘लाइबर दरमा ३ प्रतिशत बढी व्याजदर नपर्नेगरी हामीले आइएफसीसँग सहमति गरेका छौँ’ उनले भने ‘तीन वर्षे अवधिका लागि यस्तो ऋण ल्याउने छौँ।’
 
हाल ६ महिनाको लाइबर दर २ दशमलव ४७ प्रतिशत छ। पाण्डेका अनुसार यस्तो ऋणको व्याजदर करिब साढे ५ प्रतिशतको आसपासमा पर्दछ।
 
५ वर्षे अवधिसम्मका लागि विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण ल्याउन पाइने व्यवस्था छ। यद्यपी राष्ट्र बैंकको स्वीकृतिपछि यो अवधि थप गर्न सकिने व्यवस्था छ। उनका अनुसार बैंकले साढे २ अर्ब रुपैयाँ ऋण लिनेछ। यो बैंकले लिन सक्ने पूर्ण क्षमताको ऋण हो।
 
सानिमा बैंकले पनि आइएफसीसँग ऋणका लागि कुराकानी भइरहेको जनाएको छ। सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले आइएफसीसँग ऋण ल्याउने विषयमा सकारात्मक रुपमा छलफल भइरहेको जानकारी दिए।
 
‘आइएफसीसँग छलफल भइरहेको छ, यदी अरु वित्तीय संस्थाहरुबाट पनि हामीले ऋण ल्याउन कुराकानी गर्ने तयारीमा छौँ’ दाहालले भने।
 
ऋणबाट स्वदेशमा थप पुँजी सिर्जना हुने र यसले विकासको गतिलाई टेवा दिने उनले बताए। अहिलेको रकम त्यति ठूलो नभएको बताउँदै उनले ऋण रकमको परिचालन र त्यसको उपलव्धी हेरेर आगामी दिनमा राष्ट्र बैंकले यो रकमको सीमा बढाउने विश्वास व्यक्त गरे।
 
यीबाहेक अन्य बैंकहरुले पनि विदेशस्थित विभिन्न वित्तीय संस्थाहरुसँग छलफल चलाइरहेको जनाएका छन्। सानिमासहित अन्य बैंकहरुले पनि आइएफसीसँग ऋणका लागि प्रस्ताव गरेका छन्।
 
हालको अवस्थामा २८ वटै वाणिज्य बैंकहरुले विदेशबाट ८० अर्ब रुपैयाँसम्मको ऋण ल्याउन सक्नेछन्। सबै बैंकहरुको तोकिएको चुक्ता पुँजी पुगी नसकेकाले आगामी दिनमा यो रकम अझ बढ्न जानेछ।
 
बैंकहरुले ल्याएको ऋण रकम जथाभावी परिचालन गर्न भने पाइने छैन। जलविद्युत उत्पादन तथा प्रशारण लाइन, सडक, सुरुङमार्ग, विमानस्थल, केबलकार, पुलजस्ता भौतिक पूर्वाधारका साथै पर्यटन, कृषि र लघुवित्त क्षेत्रमा प्रवाह गर्न सक्ने छन्।
 
घरजग्गा तथा रियलस्टेटका क्षेत्रमा भने यो रकम परिचालन गर्न बन्देज गरिएको छ।

सेतोपाटीबाट
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
201.   जापानबाट नेपाल पैसा पठाउँदा क्योउदाइ रेमिट (आईएमई) को उपहार योजना
202.   हिमालय एयरलाइन्सको तेस्रो विमान आइपुग्यो काठमाडौं
203.   बुम रेमिट र फेवा विकास बैंकबीच रेमिट्यान्स सम्झौता
204.   'रेमिट टु नेपाल'को रेमिट्यान्स सेवा आरम्भ
205.   टेलिकमका ग्राहकलाई ब्यालेन्स सकिँदा ‘ऋण’
206.   क्यासवे मनि ट्रान्सफरलाई मनि ‘ट्रान्सफर’ अनुमति
207.   एनसेलले घटायो ३० देशको कल शुल्क
208.   वैदेशिक रोजगारीमा जाने घटेसँगै विप्रेषणको वृद्धिदर पनि घट्यो
209.   एसइई दिएका विद्यार्थीले तीन सय रुपैयाँमा केबलकार चढ्न पाउने
210.   राष्ट्रिय वाणिज्य बैंकद्धारा विद्यालयलाई कम्युटर हस्तान्तरण
211.   फोटो पत्रकारीता अवार्डका लागि ग्लोबल आइएमईसँग सम्झौता
212.   उद्योग बाणिज्य महासंघमा गोल्छाको उम्मेद्वारी, ५५ जिल्ला अध्यक्षको समर्थन
213.   चन्द्रागिरी केबलकारमा दिउँसो एक घण्टा लन्च ब्रेक
214.   मेगा बैंकको १४ प्रतिशत लाभांश पारित, ६५ हकप्रद पनि दिने
215.   बैंक अफ काठमाण्डू लुम्बिनीको बोनस सेयर पारित, बैंकको नाम पनि फेरीयो
216.   इजी लिंक र मुक्तिनाथ विकास बैंकबीच रेमिट्यान्स सम्झौता
217.   लघुवित्त ग्रामीण जनताको शोषण गर्नेतर्फ अगाडि बढ्यो : गर्भनर
218.   कञ्चनपुरमा प्रभु बैंकको रक्तदान
219.   होलीमा एनटीसीको अफरःरिचार्जमा डेटा बोनस, सस्तो यूट्युब् र एसएमएस
220.   आईएमईबाट पैसा पठाउँदा गाडी उपहार पाउने क्षेत्रीलाई सम्मान
221.   बालबालिकालाई हिमालयन बैंकको सहयोग
222.   २५ करोडको वैदेशिक रोजगार बचतपत्र चैत्र २ गतेदेखि खुल्दै
223.   ३७ देशबाट नेपाल भित्रने रेमिट्यान्स अहिलेसम्मकै उच्च
224.   प्रभु बैंकको एटिएम त्रिभुवन विमानस्थलमा
225.   अन्तर्राष्ट्रिय नारी दिबसको अवसरमा यती बैंकको सम्मान कार्यक्रम
Results 841: You are at page 9 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media