आइतवार, बैशाख ०९ गते, २०७५
मंगलवार, २०७४ चैत्र २६ गते ०४:२८

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका मन्त्रीहरुबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बन्धी विषयमा संघ र प्रदेशको कार्यगत समन्वय र संविधानमा भएका जिम्मेवारीहरुलाई प्रभावकारी र समन्वयात्मक रुपमा कार्यान्वयन गर्ने विषयमा एक छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
 
प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीहरु, सचिवहरु र सम्वद्ध विभागीय प्रमूख तथा कर्मचारीहरुको सहभागितामा भएको उक्त कार्यक्रममा प्रदेश मन्त्रीहरुले रोजगारी सिर्जना र श्रमिकको हितका लागि प्रभावकारी नीति अंगिकार गर्न विभिन्न मुद्धाहरुलाई समन्वयात्मक रुपमा छलफल गरी प्रभावकारी कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले संघ र प्रदेशका अधिकार तथा तिनको कार्यान्वयनमा आउन सक्ने चुनौतिबारे अवगत गराएका थिए । 
 
उक्त अन्तरक्रिया कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले प्रदेशको सम्भावना र उपयुक्तताको आधारमा जनशक्ति उत्पादन, विकास र परिचालन नीति अवलम्बन गरिने बताए । यसैगरी उनले संघले मूलतः नीति निर्माण गर्ने र प्रदेश तथा स्थानीय तहले सोको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । 
 
आन्तरिक रोजगारको प्रवद्र्धन र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने एवं व्यावसायिक तथा सीपमूलक तालिम कार्यक्रमलाई प्रदेशको आवश्यकता अनुरुप विस्तार गर्ने प्राथमिकताका साथ अघि बढ्नुपर्ने बताउँदै मन्त्री विष्टले श्रमको सम्मान गर्ने पद्दतिको विकास, न्यूनतम वेतनको सुनिश्चितता, श्रम सम्बन्धको प्रवद्र्धन एवं बाल श्रम अन्त्य गर्ने दिशामा समेत ठोस रणनीति साथ अघि वढ्नुपर्ने कुरामा जोड दिए ।
 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
226.   वन स्टप सेन्टर र इमिग्रेशन सेक्युरिटि सेन्टरको काम तत्काल रोक्न निर्देशन
227.   बेलायतमा गोर्खा सैनिकको भर्ना संख्या २५ प्रतिशतले थपिंदै
228.   सेक्युरिटी गार्डमा विदेश जान लागेको प्रतिबन्ध हटाउन समितिको निर्देशन,
229.   सरकारले सहमतिको वेवास्था गरेको भन्दै फ्रि भिसा फ्रि टिकटको औचित्य समाप्त भएको संघको ठहर
230.   कोरिया रोजगारीका समस्याबारे श्रममन्त्रीलाई ध्यानाकर्षण
231.   ‘सेफ जर्नी’ गर्न व्यवसायीलाई नवनियुक्त महानिर्देशक पाण्डेको निर्देशन
232.   मलेसिया रोजगारीमा किन गिरावट आयो?(भिडियो रिपोर्टसहित)
233.   वैरो बिभागका महानिर्देशकको सरुवा, महानिर्देशकमा पाण्डे आए
234.   अब कतार, मलेसिया, यूएई र साउदीसम्बन्धी जानकारी फोनबाटै
235.   मानव तस्करीमा श्रीलंका रुटको प्रयोग बढ्यो
236.   विदेश पठाउने दलाल छ्यासछ्यास्ती
237.   खाद्य संस्थानमा जागिर खुल्यो, ३१ कर्मचारी माग (सूचनासहित)
238.   'जिल्लातहमा तालिम संचालनको अनुमति दिनु राहदानी संकलन केन्द्र बनाउनु हो'
239.   नविल बैंकले माग्यो ११० जना फ्रेस स्टाफ, १० जना म्यानेजमेन्ट ट्रेनी र १०० जना ट्रेनी एसिस्टेन्ट
240.   कोरिया रोजगारीका नाममा ठग्दै लामा
241.   निजामती अस्पतालले माग्यो ८३ कर्मचारी (सुचनासहित)
242.   नेपाली सेनामा जागिर खुल्यो (सुचनासहित)
243.   अफगानिस्तान रोजगारीमा लागेको प्रतिबन्ध खुल्यो
244.   नेपाल एयरलाइन्समा जागिर खुल्यो, अधिकृतदेखि सहायकसम्म ५३ जना माग
245.   कतारमा आप्रवासी कामदार सम्बन्धी कानुन खुकुलो बन्दै
246.   मानव तस्कर विरुद्ध लड्न कतारद्धारा समिति गठन
247.   साउदीले भिसा शुल्कमा भारि वृद्धि ल्यायो,नेपाली प्रभावित हुने
248.   कोरिया रोजगारीका नाममा ठगी गर्दै हिडेका श्रेष्ठ पक्राउ
249.   फ्री भिसा र फ्री टिकट कार्यान्वयन भएन
250.   ‘सचिवज्यू ! कन्फ्युजनमा पार्न खोज्नेबाट जोगिएर काम गर्नुहोला’
Results 542: You are at page 10 of 22
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media