सोमवार, बैशाख १० गते, २०७५
पुन : श्रमस्वीकृति कार्यरत मुलुकबाटै हुने व्यवस्था मिलाउछौ : मन्त्री विष्ट
मंगलवार, २०७४ चैत्र २६ गते ०२:४५

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई वैदेशिक रोजगारको क्षेत्रलाई सुरक्षित, मर्यादित तथा व्यवस्थित बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारीहरुले सुझाव दिएका छन् । 
 
वैदेशिक रोजगार पत्रकार समाजले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा एनआरएनएका पदाधिकारीहरुले बुदागतरुपमै वैदेशिक रोजगारीका क्रममा रहेका समस्या र समाधानको विषयमा मन्त्री विष्टलाई सुझाव दिएका हुन ।
 
सो अवसरमा बोल्दै मन्त्री विष्टले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विकृति हटाउन र यसलाई सुरक्षित बनाउँन आफु जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका थिए । उनले वैदेशिक रोजगारीको क्षेत्रमा व्याप्त सिण्डिकेटको अन्त्य गरी मुलुकको अर्थतन्त्रमा योगदान दिने नेपाली कामदारहरुको हकहित र अवस्थालाई सुरक्षित बनाउँन आफुले चाडै कडा कदम चाल्ने समेत प्रतिवद्धता जनाएका थिए ।   
 
मन्त्री विष्टले अहिले श्रम स्वीकृतिका लागि काठमाडौ नै धाउनुपर्ने अवस्था रहेकोमा यसलाई विकेन्द्रिकरणको निर्णय गरिसकिएको बताउँदै पुनः श्रम स्वीकृतिका लागि पनि विदेशमा आफु कार्यरत मुलुकबाटै गर्ने व्यवस्था मिलाउन आफु लागिपर्ने बताए ।
 
त्यस अवसरमा उनले यूएई सरकार नेपालका सरकारी अस्पतालमा गरिएको कामदारको स्वास्थ्य परिक्षणलाई मान्यता दिन तयार रहेको जानकारी दिदै यस विषयमा नेपालका लागी यूएईका राजदुत साईद हमदाम अलनाकवीसँग छलफल भएको बताए । 


 
एनआरएनए मध्यपूर्व संयोजक आरके शर्माले विदेशमा समस्यमा पर्ने नेपालीलाई तत्काल उद्धार र राहत दिने व्यवस्था मिलाउनु पर्ने, ब्लडमनी तिर्नु पर्ने र कानुनी अप्ठ्यारोमा पर्नेहरुका लागि दूतावासमै वकिलको व्यवस्था गर्नुपर्ने, दूतावासबाटै श्रम स्वीकृती हुनुपर्ने र नेपालमा लगानीको वातावरण बनाउनुपर्ने तथा दुई दिने अभिमुखिकरण प्रभावकारी बनाउनुपर्ने माग गरे । त्यसका लागि सरकारले नै अभिमुखिकरण दिने व्यवस्था गर्नुपर्ने उनको भनाई छ । 

एनआरएनए मलेसिया अध्यक्ष खगेन्द्र न्यौपानेले मलेसिया जाने नेपालीका लागि नेपाल सरकारले तोकेको तलब र त्यहाँ दिइने तलब फरक रहेको भन्दै त्यसमा ध्यान दिनुपर्ने, मलेसियामा मुख्य रुपमा रहेको नेपाली अवैधानिक हुने समस्या कम गर्न दूतावासले नै  डिमाण्ड प्रमाणिकरण गर्नु पर्नेमा जोड दिए ।  
 
एनआरएनए दक्षिण कोरियाका महासचिव डाक्टर इन्दिरा तिवारीले इपिएसबाट गएका नेपाली पनि अदक्ष रुपमा गइरहेकोतर्फ इंकित गर्दै दक्ष कामदार पठाउनुपर्नेमा जोड दिईन । उनले कोरियाली नागरिकले नगरेका काम नेपालीले गर्नु परिरहेको भन्दै सीपयुक्त जनशक्ति पठाउन सरकारले नै सीप सिकाउनुपर्ने धारणा राखिन । काम गाह्रो हुँदा नेपाली कामदारमा डिप्रेसनको समस्या बढेको भन्दै उनले त्यसकै कारण आत्महत्याको दर पनि बढीरहेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरिन  । 
 
कार्यक्रममा गैरआवासीय नेपाली संघका सचिव डिबी क्षेत्री, एनआरएनए मलेसियाका महासचिव डिबि तामाङ,  ओएनएफ कतारका अध्यक्ष चानक पोखरेललगायतले नेपाली कामदारका  समस्याहरु मन्त्री विष्टसमक्ष जानकारी गराउँदै सुझावहरु दिएका थिए । एनआरएनए ओमानले कामदारका हितका विषय समेट्दै ज्ञापन पत्र पनि बुझाएको छ । समाजका सभापति हरिबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रम समाजका उपाध्यक्ष उद्धवराज भट्राईले सञ्चालन गरेका थिए । 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
201.   एनआरएनएद्धारा दोश्रो चरणको औषधि हस्तान्तरण
202.   एनआरएनए र ओलम्पिक कमिटीबीच सम्झौता
203.   एनआरएनए अध्यक्ष शेष घले लैंगिक हिंसाविरुद्धका सदभावदूत घोषित
204.   एनआरएनले सरकारलाई ३८ लाखको औषधी दियो
205.   बहुमतको निर्णय उल्टदैन : अध्यक्ष घले
206.   एनआरएन प्रमुख संरक्षकमा जीवा लामिछाने सर्वसम्मत
207.   पेरिसमा सबै नेपालीहरु सुरक्षितः एनआरएनए फ्रान्स
208.   एनआरएनए प्रवक्तामा रञ्जु थापालाई नियुक्त गर्ने निर्णय
209.   नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई गैरआवासीय नेपाली संघको बधाई
210.   एनआरएन युएई महिला फोरमद्वारा भूकम्पपीडितलाई दशैंका लागि राहत
211.   एनआरएन अभियानमा कहिल्यै थाक्दिन : कार्की (प्रेश विज्ञप्तीसहित)
212.   एनआरएन अभियानमा अझै सक्रियता बढाउनेछु : एसी शेर्पा
213.   १० बुदे घोषणापत्र जारी गर्दै एनआरएनए विश्वसम्मेलन सम्पन्न
214.   एसिया प्यासिफिक उपसंयोजक श्रेष्ठद्धारा मतदातालाई धन्यवाद
215.   एनआरएनएको सातौं विश्व सम्मेलन शुरु
216.   शेष घले एनआरएनए अध्यक्षमा फेरि निर्वाचित
217.   कार्की र घले भिड्दै, आजै नतिजा आउने
218.   उत्तर अमेरिका उपसंयोजक राई विरुद्ध दावी विरोध
219.   एनआरएनए महाधिवेशन आजबाट शुरु
220.   एनआरएनए अध्यक्षमा कार्कीको उम्मेदवारी दर्ता
221.   मध्यूपुर्वका एनआरएन एकै थलोमा
222.   एनआरएनए कोषाध्यक्ष पदमा रोकाहाको उम्मेदवारी
223.   एनआरएनएलाई दिन आएको लिन होइन : त्रिलोक गुरुङ
224.   एनआरएनए अभियानमा अझ शसक्त लाग्न मेरो उम्मेदवारी :भाट
225.   हजार घर बनाउन सरकार र एनआरएनबीच सम्झौता
Results 397: You are at page 9 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media