सोमवार, बैशाख १० गते, २०७५
पुन : श्रमस्वीकृति कार्यरत मुलुकबाटै हुने व्यवस्था मिलाउछौ : मन्त्री विष्ट
मंगलवार, २०७४ चैत्र २६ गते ०२:४५

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई वैदेशिक रोजगारको क्षेत्रलाई सुरक्षित, मर्यादित तथा व्यवस्थित बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारीहरुले सुझाव दिएका छन् । 
 
वैदेशिक रोजगार पत्रकार समाजले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा एनआरएनएका पदाधिकारीहरुले बुदागतरुपमै वैदेशिक रोजगारीका क्रममा रहेका समस्या र समाधानको विषयमा मन्त्री विष्टलाई सुझाव दिएका हुन ।
 
सो अवसरमा बोल्दै मन्त्री विष्टले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विकृति हटाउन र यसलाई सुरक्षित बनाउँन आफु जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका थिए । उनले वैदेशिक रोजगारीको क्षेत्रमा व्याप्त सिण्डिकेटको अन्त्य गरी मुलुकको अर्थतन्त्रमा योगदान दिने नेपाली कामदारहरुको हकहित र अवस्थालाई सुरक्षित बनाउँन आफुले चाडै कडा कदम चाल्ने समेत प्रतिवद्धता जनाएका थिए ।   
 
मन्त्री विष्टले अहिले श्रम स्वीकृतिका लागि काठमाडौ नै धाउनुपर्ने अवस्था रहेकोमा यसलाई विकेन्द्रिकरणको निर्णय गरिसकिएको बताउँदै पुनः श्रम स्वीकृतिका लागि पनि विदेशमा आफु कार्यरत मुलुकबाटै गर्ने व्यवस्था मिलाउन आफु लागिपर्ने बताए ।
 
त्यस अवसरमा उनले यूएई सरकार नेपालका सरकारी अस्पतालमा गरिएको कामदारको स्वास्थ्य परिक्षणलाई मान्यता दिन तयार रहेको जानकारी दिदै यस विषयमा नेपालका लागी यूएईका राजदुत साईद हमदाम अलनाकवीसँग छलफल भएको बताए । 


 
एनआरएनए मध्यपूर्व संयोजक आरके शर्माले विदेशमा समस्यमा पर्ने नेपालीलाई तत्काल उद्धार र राहत दिने व्यवस्था मिलाउनु पर्ने, ब्लडमनी तिर्नु पर्ने र कानुनी अप्ठ्यारोमा पर्नेहरुका लागि दूतावासमै वकिलको व्यवस्था गर्नुपर्ने, दूतावासबाटै श्रम स्वीकृती हुनुपर्ने र नेपालमा लगानीको वातावरण बनाउनुपर्ने तथा दुई दिने अभिमुखिकरण प्रभावकारी बनाउनुपर्ने माग गरे । त्यसका लागि सरकारले नै अभिमुखिकरण दिने व्यवस्था गर्नुपर्ने उनको भनाई छ । 

एनआरएनए मलेसिया अध्यक्ष खगेन्द्र न्यौपानेले मलेसिया जाने नेपालीका लागि नेपाल सरकारले तोकेको तलब र त्यहाँ दिइने तलब फरक रहेको भन्दै त्यसमा ध्यान दिनुपर्ने, मलेसियामा मुख्य रुपमा रहेको नेपाली अवैधानिक हुने समस्या कम गर्न दूतावासले नै  डिमाण्ड प्रमाणिकरण गर्नु पर्नेमा जोड दिए ।  
 
एनआरएनए दक्षिण कोरियाका महासचिव डाक्टर इन्दिरा तिवारीले इपिएसबाट गएका नेपाली पनि अदक्ष रुपमा गइरहेकोतर्फ इंकित गर्दै दक्ष कामदार पठाउनुपर्नेमा जोड दिईन । उनले कोरियाली नागरिकले नगरेका काम नेपालीले गर्नु परिरहेको भन्दै सीपयुक्त जनशक्ति पठाउन सरकारले नै सीप सिकाउनुपर्ने धारणा राखिन । काम गाह्रो हुँदा नेपाली कामदारमा डिप्रेसनको समस्या बढेको भन्दै उनले त्यसकै कारण आत्महत्याको दर पनि बढीरहेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरिन  । 
 
कार्यक्रममा गैरआवासीय नेपाली संघका सचिव डिबी क्षेत्री, एनआरएनए मलेसियाका महासचिव डिबि तामाङ,  ओएनएफ कतारका अध्यक्ष चानक पोखरेललगायतले नेपाली कामदारका  समस्याहरु मन्त्री विष्टसमक्ष जानकारी गराउँदै सुझावहरु दिएका थिए । एनआरएनए ओमानले कामदारका हितका विषय समेट्दै ज्ञापन पत्र पनि बुझाएको छ । समाजका सभापति हरिबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रम समाजका उपाध्यक्ष उद्धवराज भट्राईले सञ्चालन गरेका थिए । 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
276.   एनआरएनको अध्यक्षमा २२ लाख नेपाली रहेको गल्फको दावी
277.   एनआरएन इजरायलको अध्यक्षमा ओली निर्वाचित
278.   एनआरएनए हङकङमा ललित आङबुहाङ निर्वाचित
279.   कामदारको हितमा काम गर्न एनआरएनको सुझाव
280.   फ्री भीषा फ्री टिकटको निर्णयप्रति एनआरएन ओमानको स्वागत
281.   पहिलो चरणको एनआरएनए क्यानडाको निर्वाचन सम्पन्न
282.   एनआरएन अष्ट्रेलियामा सुरेन्द्र सिग्देल निर्वाचित
283.   एनआरएन अध्यक्ष घलेद्वारा माइती नेपाललाई सहयोग
284.   एनआरएन तान्जानियामा थापा
285.   एनआरएन अध्यक्ष घलेद्वारा राष्ट्रपति यादबसंग भेटवार्ता
286.   एनआरएन ओमानमा श्रेष्ठ
287.   शेष घले पुनर्निर्माणका लागि विशेष दूत नियुक्त
288.   एनआरएनको राहत प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो
289.   शिक्षण अस्पताललाई एनआरएनएद्वारा अर्थोपेडिक इम्प्लान्ट हस्तान्तरण
290.   सिन्धुपाल्चोकको बिद्यालय निमार्णका लागि ‘डकुमेन्ट्री शो’
291.   एनआरएनए नाइजेरियाको अध्यक्षमा कर्ण
292.   एनआरएनको पहिलो चरणको राहत कार्यक्रम ओखलढुंगा पुगेर टुंगियो
293.   श्रेष्ठको १५ लाखको राहत बाग्लुङका भुकम्पपीडितलाई
294.   एनआरएन ओमानले आकस्मिक सहयोग स्वरुप १२ लाख पठायो
295.   एनसीसी कतारद्वारा श्रद्धान्जली सभा आयोजना
296.   एक हजार घर बनाइदिने एनआरएनएको घोषणा
297.   गोर्खा, लम्जुङ्ग र काभ्रेका भूकम्प पिडितलाई एनआरएन राहत प्याकेज
298.   भुकम्प पिडीतलाई राहत बितरण गर्न एनआरएन टोली सिन्धुपाल्चोकतर्फ
299.   सामाजिक कार्यमा एनआरएन शर्मा र नायिका थापा
300.   गैरआवासीय नेपालीको लगानीमा म्यादीमा बृद्धाश्रम निर्माण
Results 397: You are at page 12 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media