सोमवार, फाल्गुन ०७ गते, २०७४
मंगलवार, २०७४ फाल्गुन ०१ गते २१:५७

आगामी १८ फागुनमा होलीको अवसरमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरूसहित आरडब्लु संग्राम नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
 
डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको व्यवस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा होलीको अवसरमा पोखराको दशरथ रंगशालामा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
 
प्रतियोगितामा विभिन्न चार मुलुकका खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । नेपालको तर्फवाट नुवाकोटे टाईगर, ठाकु, डेभिड, साईन, ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्नेछन् ।
 
अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नील पनि उक्त प्रतियोगितामा भिड्नेछन् ।
 
प्रतियोगिताको आकर्षणका रुपमा महिला रेस्लरहरू रहेका छन् । रसियाकी मेफिस्तोका साथमा नेपाली महिला रेस्लर दिलासाले सहभागिता जनाउने भएकी छिन् ।
 
अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताका खेलहरू पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर के सी र प्रदिप पाण्डेले संचालन गर्नेछन् । उक्त प्रतियोगितामा कमेन्टेटरमा नेपालका प्रसिद्र्घ यापर बुलेटफ्लो थापाकाजी र मिस्टर प्रिन्स को जोडी रहनेछ । डिसहोम एक्सन स्पोर्टस टिभीले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेसमेत जनाइएको छ ।
 
पोखरापछि आरडब्लु संग्राम नेपालका अन्य सहरहरूमासमेत लैजाने योजना रहेको आयोजकले जनाएको छ ।
 
हाल एकेडेमीमा नेपालका चर्चित रेस्लर नुवाकोट टाइगर अर्थात कमल तामाङ्ले नियमति रुपमा खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन् । खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको अभ्यास दिनका लागि हाल संघले अमेरिकन प्रशिक्षक जिजस मालकीबाट तालिम दिने व्यवस्था मिलाएको बताएको छ । 
 
नेपाल रिङ रेस्लिङ संघकी महासचिब सुवर्ण श्रेष्ठद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ, ‘हामीले यहि आउँदो २०७४ फागुन १८ गतेका दिन पोखरामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरुसहित (रअ संग्राम) नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराउँछौं । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको ब्यबस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकाश समितिको समंयोजकत्वमा रेस्लिङ प्रतियोगिता गर्न लागेका हौं ।’
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
451.   सरकार र मेनपावर व्यवसायीको सहमतिप्रति नागरिकको तिब्र आक्रोश
452.   द रिभरबाट विदेश गएका भुकम्पपीडितलाई राहत हस्तान्तरण
453.   काभ्रेका भुकम्प पीडितलाई नवसिर्जनशिलको सहयोग
454.   मेनपावर व्यवसायीको आन्दोलनले अन्तर्राष्ट्रिय उडान प्रभावित
455.   सामाजिक कार्य गरि आकर्षण इन्टरनेशनलले मनायो दशौ वार्षिकोत्सव
456.   रोजगार र गैरआवासीय नेपालीको विषयमा के छ त ?
457.   कोरियामा मजदुरहरुको तलब वृद्धि
458.   बायोमेट्रिकलाई ‘ग्रीन सिग्नल’
459.   फ्रि भिसा फ्रि टिकट लागु नगर्ने मेनपावरलाई सरकारले कारवाही गर्ने
460.   दाता सम्मेलनमा झन्डै ४ खर्व रूपैयाँ सहयोगको बचन
461.   नेपाललाई सघाउन अन्तर्राष्ट्रिय दाता सम्मेलन शुरु
462.   फ्री भिसा, फ्री टिकट असार २१ देखि लागु हुने
463.   जुन १५ देखि मलेसियामा बायोमेट्रीक लागु गर्ने तयारी
464.   कातिके देउराली र माँदनकुँडारीमा प्रभा एलुम्नाईको सहयोग
465.   काभ्रेका भुकम्पपीडितलाई पीपीयुकेको सहयोग
466.   रामेछापका भूकम्प पीडितलाई कमन एक्सेसको सहयोग
467.   लायन्स क्लब धुम्वाराहीको अध्यक्षमा श्रेष्ठ
468.   शेष घले अष्ट्रेलियाका ९९ औं धनी
469.   भूकम्पपीडितलाई मिडिल इस्टको सहियोग
470.   राहत वितरणमा अनियमितता र पक्षपात गर्नेलाई कारबाही
471.   फेसबुकको सेफ्टी चेक
472.   भुकम्प पीडितलाई प्रभा एलुम्नार्ईको सहयोग
473.   भुकम्प पिडितलाई आकर्षणको सहयोग
474.   बैदेशिक रोजगार व्यवसायीले ६५ लाख राहत उठाए
475.   सिनामंगल क्षेत्रका वैदेशिक रोजगार व्यवसायीहरुद्धारा सिन्धुपाल्चोकमा राहत प्रदान
Results 651: You are at page 19 of 27
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media