बुधवार, बैशाख १२ गते, २०७५
बुधवार, २०७४ माघ २३ गते ०२:४५

विश्वभरका उत्कृष्ट सेफहरुको सहभागितामा हुने विश्व सेफ सम्मेलनमा युएईबाट नेपाली युवा सरोजसिंह थापाले सहभागिता जनाउने मौका पाएका छन् । थापाले सहभागितासँगै ‘पेष्ट्रि जज सेमिनार’ विधामा प्रमाणपत्रसमेत पाएका छन् । अब उनले वल्र्ड एशोसिएसन अफ सेफ सोसाइटीज अन्तगर्तका विभिन्न प्रतिष्पर्धा तथा कार्यक्रमहरुमा सहभागिता जनाउन पाउने छन् ।
 
होटल तथा फुड रिलेटेड विषयका बारेमा भएको उक्त सेमिनारमा वल्र्ड एशोसिएसन अफ सेफ सोसाइटीजका अध्यक्ष थोमस गुग्लरकोसमेत सहभागिता रहेको थियो । सेमिनारमा होटल तथा फुड सम्वद्ध विषयको छलफल, प्रदर्शनी र तालिमका साथै सेफहरुको मुल्यांकन गरी ग्रेडिङसमेत गरिएको थियो । उक्त ग्रेडिङकै आधारमा थापाले पेष्ट्रि सेफ अन्तगर्त प्रमाणपत्रसमेत पाएका हुन । 
 
जर्मनीमा यही फेब्रुअरी ३ बाट ७ सम्म चलिरहेको उक्त सेमिनारमा ४० भन्दा बढी मुलुकका सिनियर सेफहरुको सहभागिता रहेको छ । हरेक २ वर्षमा सेफहरुको विश्वव्पापी संस्था वल्र्ड एशोसिएसन अफ चिप्स सोसाइटीजको आयोजनामा हुने उक्त सम्मेलनमा सहभागीता जनाउने संभवत पहिलो नेपाली थापा बनेका हुन ।

 
को हुन थापा ?

रोजगारीको सिलसिलामा आजभन्दा १७ वर्षअघि वेटरको काममा यूएई छिरेका धादिङका सरोजसिंह थापा त्यसयता विभिन्न देशका होटलमा काम गर्दै आज यूएईकै प्रतिष्ठित म्यारियोट होटलमा सेफ डिपार्ट अन्तर्गत हेड पेष्ट्रि  सेफ बन्न सफल भएका छन् । 
 
युएईकै आवुदावीमा रहेको ‘गो होलिडे’बाट काम शुरु गरेका थापाले दुवईकै इमिरेट्स प्यालेस होटल, ओमानको क्राउनप्लाजा होटल, कतारको रेस क्यापिटल होटल, कुवेतको होटल ¥याडिसन, कतारको डब्लु दोहा हुदै पुन : दुवईको होटल सोफिटलसम्म काम गरे । यसपछि दुवईको पार्क एण्ड रिसोर्टमा रहेको पाँचतारे होटल लपिताको सेफ डिपार्ट प्रमुखको रुपमा कार्यरत उनी पछिल्लो समय युएईकै अर्को प्रख्यात होटल म्यारियोटमा हेड पेष्ट्रि सेफकारुपमा कार्यरत छन् ।


 
लामो अनुभव संगाल्दै संघर्ष, मेहनत र इमान्दारिताले डिपार्ट प्रमुखसम्म बन्न सफल थापा विदेशमा रहेका थोरै सफल नेपाली कामदारहरुमध्ये अग्रस्थानमै पर्दछन ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   सगरमाथा समुह ओमानमा पौडेल, निर्विरोध कार्यसमिति चयन
2.   कतारमा नेपाली व्यवसायीको ‘बेलाको ब्राण्ड’ अन्तर्राष्ट्रिय प्रदर्शनीमा राखिदै
3.   काभ्रे सेवा समाज युएईको शारजाह क्षेत्रीय समिती बिस्तार, अध्यक्षमा एप्रील लामा
4.   आबुधाबीका नेपालीले यसरी मनाए नयाँ वर्ष
5.   यूएईमा युवा व्यवसायी पराजुलीको फडको
6.   अन्तर्राष्ट्रिय झापाली समाजको हुने पहिलो क्षेत्रिय भेलाको भब्य तयारी
7.   प्रबासी नेपाली मञ्च दुबईको बृहत बनभोज तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
8.   दुबईमा नेपाली ब्राण्डको पानी
9.   प्रवासमा रहेका नेपालीहरुको सीप र पूँजि राज्यले उपयोग गर्नुपर्छ : पूर्वमन्त्री बस्नेत
10.   यूएईमा व्यवसायमा सफलता चुम्दै शर्मा
11.   यूएईमा बढदै नेपालीको व्यवसाय, गेष्टहाउसमा पनि लगानी (फोटोफिचर)
12.   एनआरएन सोसल क्लव ओमानको बार्षिक साधरण सभा सम्पन्न
13.   नेपालीले अब विदेशबाटै भोट हाल्न पाउने
14.   साउदीमा मृत्युदण्ड सुनाइएका उमेशको चित्कार, भन्छन् ब्लडमनिका लागि ७० लाख जुटाइदिनुहोस
15.   ओमनमा दुःख पाएका ११ नेपालीको उद्धार, दूतावासले नेपाल फर्कायो
16.   रसुवाली समाज यूएईको गठन
17.   काभ्रे सेवा समाज साउदीले जिल्लास्तरीय दौड प्रतियोगिता गर्दै
18.   शंखुवासभा समाज कतारको प्रथम साधारणसभा सम्पन्न
19.   कतारमा प्रदेश नं. ३ तदर्थ समिति गठन, अध्यक्षमा ढुंगाना
20.   कुवेतमा गैरकानुनी कामदारका लागि आममाफीको म्याद थपियो
21.   मलेसियामा श्रमिक सचेतना कार्यक्रम सम्पन्न
22.   मलेसियामा तेस्रो हिमालयन गोल्डकप सम्पन्न, हिमालयन फुटबल क्लब ‘ए’ लाई उपाधि
23.   ओमानमा सिस्नुपानीको ‘दुई थोपा हासो’
24.   कात्तिके देउराली समाज कोरियामा गौतम
25.   नेपालीले खोले मलेसियामा उत्कृष्ट क्लब
Results 387: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media