मंगलवार, फाल्गुन ०८ गते, २०७४
विहिवार, २०७४ माघ १८ गते २२:३५

सामान्य प्रशासन मन्त्रालयले प्रदेशसभा र प्रदेश सरकार सञ्चालनका लागि आवश्यक कर्मचारी खटाउने कार्य जारी राखेको छ । सातैवटै प्रदेशमा प्रदेशसभाको बैठक बस्न थालेकाले आवश्यक कर्मचारी खटाउन थालिएको हो । मन्त्रालयले अहिलेसम्म करिब पाँच सय कर्मचारी खटाइसकेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानले जानकारी दिनुभयो ।
 
खटिएकामध्ये चार सय प्रशासन र सय जना प्राविधिक तर्फका कर्मचारी रहेका छन् । मन्त्रालयले कर्मचारी समायोजन नहुँदासम्म अन्तरिम व्यवस्थाका लागि ती कर्मचारी खटाएको हो । कर्मचारी समायोजन भएपछि भने नयाँ कर्मचारी जानेछन् ।
 
“हामीले आवश्यक कर्मचारी दिनदिनै खटाइरहेका छौ” उहाँले भन्नुभयो–“कर्मचारीलाई आवश्यक हेरेर पटक /पटक खटाइएको छ ।’’ मन्त्रालयले प्रत्येक प्रदेशसभामा मुख्यमन्त्रीको कार्यालयका लागि २९ का दरले र मन्त्रालयमा २५-२९ जनाका दरले कर्मचारी खटाउने भएको छ ।
 
उहाँका अनुसार प्रदेश सरकार सञ्चालनका लागि एक हजार ७७८ कर्मचारी आवश्यक छ । अझै करिब एक हजार दुई सय कर्मचारी प्रदेश सरकारमा खटाउन बाँकी छ । उहाँले अपुग कर्मचारीलाई आवश्यकता अनुसार दिनदिनै खटाइरहेको जानकारी दिनुभयो ।
 
प्रदेश प्रमुखको कार्यालयमा सचिव र मुख्यमन्त्रीको कार्यालयमा सहसचिवको नेतृत्वमा कर्मचारी टोली खटिएको छ । मन्त्रालयका कर्मचारी प्रशासन शाखाका अधिकृत नवराज जैसीले प्रत्येक प्रदेशमा तीन जनाका दरले सहसचिव, ६ जनाको दरले उपसचिव र १० जनाका दरले शाखा अधिकृत खटिएको जानकारी दिनुभयो ।  (रासस)
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   नयाँ मेनपावरको दर्ता रोक्नेकी खोल्ने ?
2.   अमेरिकामा ‘टिपिएस रिजोलुसन’ पारित, १४ हजार नेपालीले पाए 'वर्क परमिट'
3.   कोरियाले एकैपटक पठायो ११ सयको श्रम सम्झौता
4.   वैदेशिक रोजगार विभागको महानिर्देशकमा आचार्य
5.   यूएई जानेलाई आर्थिक भार थपिदै
6.   अमेरिकी राष्ट्रपतिको ‘ब्रेकफास्ट मिटिङ’ मा वैदेशिक रोजगार व्यवसायीहरुको सहभागीता हुने
7.   सातै प्रदेशमा गरी ६ सय कर्मचारी खटाइयो
8.   वैदेशिक रोजगारीको नाममा जनप्रतिनिधिबाटै ठगी
9.   प्रदेश सरकार सञ्चालनका लागि कर्मचारी खटिए
10.   स्थानीय तहका पाँच हजार सामाजिक परिचालक पुर्नवहालीको माग गर्दै सडकमा
11.   कर्मचारीलाई स्वेच्छिक अवकाशको विकल्प खुला, फागुन १४ सम्म निवेदन दिन सकिने
12.   जोर्डनमा घरेलू कामदार लैजान तोकियो २३ संस्थाहरु
13.   विदेश जाने श्रम स्वीकृतिमा अनलाइन टोकन प्रणाली लागू
14.   फोरमले दियो श्रम मन्त्री र काँग्रेसका नेतालाई ज्ञापनपत्र
15.   अफ्रिकी मुलुक केन्या पुगेका ७ नेपालीको उद्धार
16.   मलेसियामा कामदारहरुले अब लेबी तिर्नु नपर्ने
17.   अन्तर्राष्ट्रिय आप्रवाशन दिवस मनाइयो (फोटो फिचर)
18.   अन्तर्राष्ट्रिय आप्रवाशन दिवसको यस बर्षको नारा ‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार : हाम्रो सरोकार’
19.   सेवा शुल्क सम्बन्धी नीति परिमार्जन नगरिए कडा कदम चाल्ने संघको चेतावनी
20.   लोकसेवाले ३९० जना शाखा अधिकृतको दरखास्त आह्वान
21.   अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन मूल आयोजक समिति गठन
22.   वैदेशिक रोजगार विभागले फेरि पायो नयाँ महानिर्देशक
23.   कारबाही फुकुवा गर्न महानिर्देशक पाण्डेले अन्य मेनपावरबाट पनि लाखौ लिएको खुलासा
24.   कैलाश खड्का महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित (फोटो फिचर)
25.   वैदेशिक रोजगार व्यवसायी संघको भवन शिलान्याश
Results 516: You are at page 1 of 21
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media