आइतवार, बैशाख ०९ गते, २०७५
शुक्रवार, २०७४ मंसिर १४ गते ०९:३३

वैदेशिक रोजगार तथा स्वास्थ्य क्षेत्रको विषयमा कलम चलाउदै आएका ३ जना संचारकर्मीलाई नेपाल स्वास्थ्य व्यवसायी महासंघले सम्मान गरेको छ । महासंघको १२औं वार्षिक साधारण सभामा रोजगार मिडिया प्रालिका संचालक तथा पत्रकार दिनेश लुइटेल, कान्तिपुर दैनिकका पत्रकार होम कार्की र गोरखापत्र दैनिकका पत्रकार सरोज ढुंगेललाई नगद,प्रशंसा पत्र र मायाको चिनो सहित सम्मानित गरिएको हो । 
 
वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणको विषयलाई उच्च प्राथमिकता दिइ पत्रकारिताको क्षेत्रमा निष्पक्ष एवं सफल भूमिका निर्वाह गरेको भन्दै ३ जना पत्रकारलाई नगद २५ हजार,प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको महासंघका अध्यक्ष कैलाश खड्काले बताए । स्वास्थ्य परीक्षणको क्षेत्रलाई गुणस्तरीय तथा मर्या्दित बनाउने अभियानमा पुरस्कृत ३ जना सहित अन्य संचारकर्मीको समेत सहयोग आगामी दिनमा निरन्तर रहने विश्वास राखेको अध्यक्ष खड्काको भनाइ छ ।



वार्षिक साधारण सभाका प्रमुख अतिथि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका वीर अस्पतालका पूर्व उपकुलपति प्राध्यापक डा दामोदर पोखरेल,नेपाल रेडियोलोजिस्ट एशोसिएसनका अध्यक्ष डा स्वयं प्रकाश पण्डित, स्वास्थ्य मनत्रालय अन्तर्गतको जनस्वास्थ्य प्रशासन, अनुगमन तथा मुल्यांकन महाशाखा प्रमुख डा दिपेन्द्र रमण सिंह र महासंघका अध्यक्ष खड्काले पुरस्कृत संचारकर्मीलाई नगद,प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गर्नुका साथै खादा ओडाएर सम्मान गरेका थिए ।










 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
601.   शाहरुख–प्रीति जिन्टा आमने–सामने !
602.   मन्त्री अझै अन्योलमा, मानव अधिकार आयोगले भन्यो - 'जीवन रक्षा गर !'
603.   आमरण अनसन बसेको चौध दिनपछि युवामन्त्रीको ध्यानाकर्षण, लामिछाने बर्खास्त हुँदै
604.   विदेशमा एमआरपी वनाउन परराष्ट्रले सहजीकरण गर्ने
605.   पासपोर्ट विक्रि गर्नेहरु खोरमा
606.   हस्तलिखित पासपोर्ट डिसेम्वरसम्म चल्ने
607.   कृषि प्रशिक्षणका लागि ३ सय ६० युवालाई इजरायल पठाइने
608.   स्काउटमा करोडौंको अनियमितता, युवाहरु सडकमा
609.   मलेसियाले १ वर्षभित्र दुईलाख नेपाली कामदारलाई रोजगार दिने
610.   संघ अध्यक्ष विवादमा पुृनरावेदनले उल्टयायो जिप्रकाको निर्णय
611.   मलेसियाको कानूनमा कामदार चल्नुपर्छ :महाथिर
612.   अध्यागमले विदेश आवतजावत गर्नेको विवरण राख्न थाल्ने
613.   सकस एमआरपीको
614.   मेनपावर व्यवसायीको श्रममन्त्रीलाई वधाई
615.   शिवरात्रीको अवसरमा आकर्षणले वितरण गर्यो निशुल्क पानी र चिया
616.   व्यवसायी गुरुङ श्रम तथा रोजगार मन्त्री
617.   न्याय खोज्दै तामाङ सर्वोच्चमा
618.   पर्वतारोहण संघको अध्यक्षमा शेर्पा विजयी
619.   सेवाग्राही नआइदिदा कर्मचारी चिया र सुर्ती खादै घाम तापेर बसे
620.   वैदेशिक रोजगार व्यवसायी संघमा वाग्ले कार्यसमितिलाई आधिकारिकता
621.   वैदेशिक रोजगार विभागमा कृष्णहरि पुस्कर
622.   वोर्डमा कार्यकारी निर्देशक नियुक्तिको तयारी
623.   हस्तलिखित राहदानी २०१५ देखि नचल्ने
624.   नेपालको भिषा आवेदन अव अनलाइनवाट
625.   बायोमेट्रिक लागू हुने संभावना बढयो
Results 682: You are at page 25 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media