बुधवार, मंसिर २७ गते, २०७४
महासंघको १२ औं वार्षिक साधारण सभा सम्पन्न
शुक्रवार, २०७४ मंसिर १४ गते ०९:१६

रोजगार मञ्च  
कैलाश खड्काको अध्यक्षतामा निर्विरोध १३ सदस्यीय कार्यसमिति चयन गर्दै नेपाल स्वास्थ्य व्यवसायी महासंघको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सिनामंगल स्थित महासंघको प्रांगणमा आज सम्पन्न १२औं वार्षिक साधारण सभाले आगामी ३ वर्षका लागि खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्नुका साथै विभिन्न नीति तथा प्रस्ताव समेत पारित गरेको छ ।
 
१२औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्व उपकुलपति डा.दामोदर पोखरेलले महासंघ आफ्नै आगाडि हुर्किएको र आज ‘म्याचुयोर्ड’ अवस्थामा पुगेको आफुले महशुस गरेको बताए ।
नेपाल सरकारको प्रस्ट नीति नभएकाले स्वास्थ्यको कारण नेपालीहरु विदेश बाट फर्किने गरेको र त्यसमा महासंघलाई मुछिएको डा पोखरेलको भनाइ थियो ।


 
डा.पोखरेलले महासंघले पहल लिए हाल २ ठाउँ बाट मात्र हुने गरेको अस्ट्रेलिया जाने नेपालीको स्वास्थ्य परीक्षण महासंघ मातहतका स्वास्थ्य संस्थाले समेत गर्न पाउने वातावरण बन्ने बताए । तर त्यसका लागि हाल संचालनमा रहेका स्वास्थ्य संस्थाको स्तारनोति हुनुपर्ने उनको भनाइ थियो । नेपाल बाट दक्ष कामदार पठाउने र तिनको स्वास्थ्य परीक्षण तर्फ महासंघको ध्यान जाओस भन्ने सुझाव डा पोखरेलको थियो ।
कार्यक्रमका अर्का अतिथि  नेपाल रेडियोलोजिस्ट एशोसिएसनका अध्यक्ष स्वयं प्रकाश पण्डितले महासंघले विदेशिने कामदारलाई एउटा सिस्टममा ल्याएको बताए । उनले पछिल्लो समय स्वास्थ्य परीक्षण लगायत अन्य विषयलाई जोडेर महासंघ माथि आक्रमण हुनथालेको बताउदै संस्थागत रुपमा त्यसको प्रतिवादमा लाग्न सुझाव दिए ।
 
उनले केही गन्तव्य मुलुकहरुले अव्यवहारिक र अपत्यारिलो स्वास्थ्य समस्या देखाउदै कामदार फर्काउने गरेको बताए । स्वास्थ्य संस्थाहरुले बढी भन्दा बढी प्रविधिको उपयोग गर्नसके स्वास्थ्य परीक्षणका समस्या न्यूनीकरण हुने भन्दै डा.पण्डितले प्रविधिको प्रयोगमा ध्यान दिन स्वास्थ्य व्यवसायीलाई आग्रह गरे ।
 
वार्षिक साधारण सभाका विशेष अतिथि जिल्ला जनस्वास्थ्य कार्यालय काठमान्डौका प्रमुख महेन्द्र श्रेष्ठ  मर्यादित भएर काम गर्न स्वास्थ्य व्यवसायीलाई आग्रह गरे ।

उनले स्वास्थ्य क्षेत्रमा व्यापारीकरण भएको भन्दै महासंघले त्यसलाई रोक्न सक्नुपर्ने धारणा राखेका थिए । स्वास्थ्य सेवालाई व्यापारिक दृष्टिकोणबाट टाढै राख्नुपर्ने बताउदै श्रेष्ठले चिकित्सा सेवालाई मानवीय सेवा ठानेर काम गर्न सुझाव दिए । ‘चिकित्सकहरुले बिरामी सँग अनावश्यक शुल्क लिइदिंदा आज केही चिकित्सकहरु “साहुजी” जस्तै “डाक्टरजी” बन्नु भएको छ । त्यसैले स्वास्थ्य सेवालाई मानवीय सेवा सम्झेर “साहुजि” जस्तो “डाक्टरजी” नभइ डाक्टरसाप बन्न मेरो सुझाव छ ।"


 
उद्घाटन सत्रमा बोल्दै महासंघका अध्यक्ष खड्काले विदेशिने कामदारको एक्सरे गर्ने प्रविधिलाई अझ परिस्कृत,परिमार्जित,प्रविधियुक्त तथा गुणस्तरीय बनाउन नेपालका रेडियोलोजिस्ट र मलेसियाका रेडियोलोजिस्ट डाक्टरहरुको बीचमा छिटै एउटा राउण्ड टेबल वैठकको आयोजना गर्ने जानकारी दिए ।
 
उनले विगतमा पनि ८३ वटा स्वास्थ्य संस्थाको नवीकरण गराउन महासंघले महत्वपुर्ण भूमिका खेलेको जानकारी गराउदै धरौटी रकम बुझाउन छुटेका ३५ वटा स्वास्थ्य संस्थाले धरौटी रकम बुझाएर कामगर्न पाउने वातावरण सिर्जना गर्न आफु प्रतिवद्द रहेको बताए । ‘अहिले देशै निर्वाचनमा होमिएको छ । २१ गते पछि प्रधानमन्त्रि तथा श्रम मन्त्री राजधानी फर्किएपछि नियमावलीमै संशोधन गराएर भएपनि ३५ वटा स्वास्थ्य संस्थाले काम गर्ने वातावरण बनाएरै छोड्छु’ अध्यक्ष खड्काले भने ।


 
अध्यक्ष खड्काले संचार क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गर्दै वैदेशिक रोजगारका सकारात्मक पक्षको उजागार गरिदिन संचारकर्मीलाई आग्रह गरे ।बजारमा फैलाइएका भ्रमका पछि नलागि आफ्नो स्वास्थ्य संस्थालाई व्यवस्थित बनाउदै गुणस्तरीय स्वास्थ्य परीक्षण गर्न सबै स्वास्थ्य व्यवसायीलाई उनको सुझाव थियो ।
 
अध्यक्ष खड्काले कतारले लागु गर्न आटेको बायोमेट्रिक प्रणालीमा महासंघको कुनै भूमिका नरहेको प्रस्ट पर्दै गन्तव देशले लागुगर्ने र नेपाल सरकारले अनुमति दिएका जुनसुकै प्रणालीमा सबै स्वास्थ्य संस्थालाई समेटेर लैजाने बताए ।
 
महासंघको १२ औं वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष नुरपति भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने महासचिव जीवन कुमार केसीले महासंघको बारेमा प्रकाश पारेका थिए ।
 
 
 
विभिन्न व्यक्तित्वलाई सम्मान 
१२औं वार्षिक साधारण सभाको अवसरमा महासंघले संचारकर्मी,महासंघमा कार्यरत कर्मचारी,महासंघका सल्लाहकार,उत्कृष्ट स्वास्थ्य संस्था तथा महासंघमा आवद्द सदस्यका छोराछोरी मध्ये बाट गत वर्षको एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने एक जना छात्र र एक जना छात्रालाई सम्मानित गरेको थियो ।



वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणको विषयलाई उच्च प्राथमिकता दिइ पत्रकारिताको क्षेत्रमा निष्पक्ष एवं सफल भूमिका निर्वाह गरेको भन्दै पत्रकार दिनेश लुइटेल,होम कार्की र सरोज ढुंगेललाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।



त्यस्तै महासंघका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र केसी तथा सुरक्षा गार्ड  जित बहादुर श्रेष्ठलाई सम्मानित गरिएको थियो । महासंघमा आवद्द सदस्यका छोराछोरी मध्ये बाट गत वर्षको एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्र विमर्सराज शाक्य र छात्रा समिक्षा भण्डारीलाई नगद सहित सम्मान गरिएको थियो ।  
 
सिरप हेल्थ केयर,चेतना स्वास्थ्य केन्द्र र लालुपाते मेडिकल सेन्टरलाई उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा सम्मानित गरिएको थियो ।
 
 
१४ औं वार्षिक साधारण सभा महासंघको आफ्नै भवनमा : खड्का 
यसै बीच १२ वार्षिक साधारण सभा बाट ३ वर्षका लागि अध्यक्षमा निर्विरोध निर्वाचित अध्यक्ष खड्काले महासंघको १४औं वार्षिक साधारण सभा महासंघको आफ्नै भवनमा गर्ने बताएका छन् । अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि रोजगार मञ्च सँग कुरा गर्दै खड्काले भवन निर्माणको लागि करिब ५० लाखको प्रतिवद्दता स्वास्थ्य व्यवसायी बाट आइसकेकाले चाडै नै भवन निर्माण समिति गठन गरि भवन निर्माणको प्रक्रिया अगाडि बढाउने बताए ।




‘भक्तपुरमा रहेको महासंघको आफ्नै जग्गामा भवन बनाउने या अन्य ठाउँमा जग्गा खरिद गरेर भवन निर्माण गर्ने, त्यसको टुंगो केही दिनमै बन्ने भवन निर्माण समितिले दिने सुझावका आधारमा महासंघले एउटा निर्णय गर्छ । तर अबको २ वर्ष भित्र महासंघ आफ्नै भवनमा सरिसक्छ’ अध्यक्ष खड्काले भने । अध्यक्ष खड्काले महासंघको भवन निर्माणका लागि व्यक्तिगत रुपमा ५ लाख सहयोग गर्ने समेत घोषणा गरेका छन् । नव निर्वाचित  अध्यक्ष खड्काले व्यवसायीले आफुलाई पुनः महासंघको नेतृत्वको जिम्मेवारी दिएकोमा धन्यवाद दिदै सबैको राय सुझाव लिएर काम गर्ने र सबैले निर्धक्क साथ् कामगर्ने वातावरण सिर्जना गर्न आफु प्रतिवद्द रहेको बताए ।

 
निर्विरोध निर्वाचित पदाधिकारीहरु 

अध्यक्ष               कैलाश खड्का 
वरिष्ठ उपाध्यक्ष   जीवन कुमार केसी 
उपाध्यक्ष             राजेन्द्र श्रेष्ठ 
महासचिव           मुकुन्द भट्टराई 
सचिव                गायत्री जिसी 
कोषाध्यक्ष           दाताराम काफ्ले 
सदस्य               मिरा शर्मा 
सदस्य               डिबी गिरी
सदस्य              फुर्वा तामाङ
सदस्य              चन्द्रमा राई
सदस्य              दीपक कार्की 
सदस्य              प्रदिप फ्युवा 
सदस्य            राम प्रसाद लम्साल 













 




















 


 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
251.   द्वन्द्वग्रस्त मुलुकबाट फर्कन चाहने नेपालीलाई तत्काल फर्काउने व्यवस्था मिलाउन निर्देशन
252.   इपीएस कोरियन भाषा परीक्षा सम्पन्न, ८८ नक्कली परीक्षार्थी पक्राउ
253.   आयल निगममा अवसर, विभिन्न पदमा ६२ जनाको माग
254.   कोरियन इपीएस भाषा परीक्षा आजबाट, नतिजा साउन ११ मा
255.   बैंकिङ च्यानलमार्फत रेमिट्यान्स पठाउने व्यवस्थासहित श्रम सम्झौता गर्न निर्देशन
256.   भिसा लाग्दा–लाग्दै पनि जेनेभा वैठकमा किन गएनन् संघका अध्यक्ष ढकाल ?
257.   इपीएस कोरियन भाषा परीक्षाको परीक्षाकेन्द्र तोकियो (सूचिसहित)
258.   ईपीएस कोरियन भाषा परीक्षाको तयारी अब मोबाइल एपबाटै
259.   सुनसरीमा सुरक्षित वैदेशिक रोजगारका लागि प्रहरीसँग अन्तरक्रिया
260.   वैदेशिक रोजगारको क्षेत्रमा अलपत्र महिला कामदारको उद्धार गर्न ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन
261.   बजेटमा वैदेशिक रोजगार : ४ वटा मुलुकसँग श्रम सम्झौता गरिने
262.   अभिमूखिकरण महासंघका अध्यक्षको सहित ४ संस्थालाई विभागको कारवाही
263.   बायोमेट्रिकबिरुद्धको मुद्धा अदालतद्धारा खारेज
264.   वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दो
265.   चार मेनपावरमा मन्त्रालयको छापा
266.   विदेशिएको छोरो वर्षौपछि घर आएपछि ...(भिडियोसहित)
267.   साधारण सदस्यसमेत नरहने गरी महासंघमा राजिनामा दिने तयारी
268.   बायोमेट्रिक प्रणाली नमान्ने संघको निर्णय
269.   वैदेशिक रोजगारीले टुक्रिदैँ परिवार, बालबच्चाको बिचल्ली
270.   मन्त्री बोहोराका सय दिने कार्य 'प्रगतिभन्दा हल्ला बढि'
271.   ‘एक घर, एक रोजगार’ सरकारको उदघोष
272.   साउदीको एक कम्पनीले ५० हजार कामदार हटायो
273.   वैदेशिक रोजगार विभागका लेखा अधिकृत घुससहित अख्तियारको फन्दामा
274.   घरेलु महिला कामदार विदेश पठाउन नेपालका ६ शर्त, एमओयुको तयारी अन्तिम चरणमा
275.   कामदारको मोवाइल नम्बर दिन नसक्ने व्यवसायीको भनाई
Results 496: You are at page 11 of 20
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last

Powered By : Unitech Media