शनिवार, माघ ०६ गते, २०७४
शुक्रवार, २०७४ मंसिर १४ गते ०३:१७

प्राणघातक रोग क्यान्सरबाट पीडित चौरीदेउराली गाउपालिका–६ का कृष्णप्रसाद चौलागाईको उपचारार्थ कात्तिके देउराली समाज दक्षिण कोरियाले आर्थिक सहायता प्रदान गरेको छ । समाजकातर्फबाट समाजका कोषाध्यक्ष सुमन गौतमले विरामी चौलागाईलाई उनकै निवासमा पुगेर २ लाख २१ हजार पाँच सय रुपैया हस्तान्तरण गरेका हुन ।
 
लामो समयदेखि सिभिल अस्पतालमा क्यान्सरको उपचार गराइरहेका चौलागाईले कमजोर आर्थिक अवस्थाका कारण उपचारमा कठिनाई आइपरेको भन्दै सहायताका लागि अपिल गरेपछि समाजले उनको उपचारको सहयोगार्थ कोरियामा अभियान नै चलाएको थियो । 
 
‘आर्थिक अवस्थाका कारण उपचारमा समस्या आएको थाहा पाएपछि म्यासेन्जर गुप मार्फत हामीले सहयोग अभियान चलाएका थियौ’ समाजका सकृय अभियान्ता राजेन्द्र दुलालले भने–‘रोग सबैलाई लाग्छ तर आर्थिक अवस्थाका कारण नै उपचार नरोकियोस भनेर हामीले अभियान चलाएकोमा धेरै साथिहरुले उत्साहजनकरुपमा सहयोग संकलनमा साथ दिनुभयो ।’
 
उनले भने – ‘हामिले चलाएको यस पुण्य अभियानमा समाजका सल्लाहकार सुजन गौतमले  मन्दिर बनाउन भन्दा यस पुण्य काममा सहयोग गर्नुनै धर्म हो भन्दै बडो उत्साहित हुँदै      मन्दिर बनाउने सहयोग रकम समेत यस अभियानमा सहयोग गर्नुभयो ।  
 
रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका कात्तिके देउरालीका युवाहरुद्धारा स्थापित समाजले यसअघि पनि कात्तिके देउरालीकै अर्का क्यान्सर रोगी निर्मल गौतम, लडेर घाइते भएका कृष्णप्रसाद चौलागाई, कोरियामै दुर्घटनामा परेका काभ्रेकै श्याम लामा लगायतलाई उपचारार्थ आर्थिक सहयोग प्रदान गरेको थियो । समाजले आफ्ना गाँउका नागरिकहरुलाई स्वास्थ्य उपचारको सहजताका लागि १ थान एम्बुलेन्स समेत प्रदान गरेको छ । 
 
‘प्रवासमा हामीले दुःख गरी कमाएको रकमबाट आफ्नो गाँउघरको उन्नती तथा विपतमा परेकाहरुलाई थोरै भएपनि सहायता गर्न पाएकोमा खुसी छौ’ समाजका अर्का अभियान्ता नारायण गौतमले बताए । उनले समाजले गरेका विभिन्न अभियानमा साथ दिने सम्पुर्ण मनकारीहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा आफुहरु अग्रसर भैरहने समेत जानकारी दिए ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
276.   पत्रकार महासंघ कतार शाखामा बन्जाडेको नयाँ नेतृत्व
277.   ओमानमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
278.   कतारमा आइएमई कप रनिङ शिल्ड भलिबल प्रतियोगिता शुरु
279.   कतारमा सांगीतिक प्रस्तुतिका साथ एनआरएनए कप सम्पन्न
280.   कतारमा नेपालले फिलिपिन्स बिरुद्ध शानदार जित
281.   सुरक्षित आप्रवासन मुद्धामा कतारमा अन्तर्कृया
282.   संखुवासभा बाढि पीडितलाई अमेरिकाबाट ६ सय डलर
283.   संखुवासभा पहिरोपीडितलाई कोरियाबाट एकलाख
284.   कतारमा शर्ट मुभिको प्रिमियर शो
285.   दुइटै मृगौला फेल भएकी तारालाई कतारबाट सहयोग
286.   महिला समाज ओमानको तीज कार्यक्रम सम्पन्न
287.   बाबुराम समर्थित जापानको मोर्चा ‘वाइगात प्रचार’ हो – अध्यक्ष श्रेष्ठ
288.   कतारमा गुल्मी सेवा समाजले गर्यो तीज बिशेष कार्यक्रम
289.   मोसु कतारको दशौं साधारणसभा नोभेम्बर चौधमा हुदै
290.   ईदमा पिजनद्धारा भलिवल प्रतियोगिताको आयोजना
291.   जनसम्पर्क समिति कतारको इफ्तार कार्यक्रम
292.   तेश्रो उत्तर अमेरिकाव्यापि भलिबल हुदै
293.   कतारमा एमआरपी आवेदन संकलन शिविर सम्पन्न
294.   स्याङजा समाज कतारको सहयोग हस्तान्तरण
295.   एनआरएनए बहराइनद्वारा नेपाली कलाकारहरुलाई सम्मान
296.   नेपाली कलाकार समूह बहराइनकोे आर्थिक सहयोग
297.   ओमानको सललाहमा दूतावासको एमआरपी शिविर
298.   ओमान दूतावासको कामकारवाही प्रति नेपाली समाज रुष्ट
299.   दूतावाससँग अन्तरक्रिया गर्दै ओमानवासी नेपाली
300.   महिला समाज कतारको अध्यक्षमा पुन रेखा
Results 354: You are at page 12 of 15
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media