मंगलवार, बैशाख ११ गते, २०७५
मंगलवार, २०७४ मंसिर ०५ गते २२:२३

अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनद्वारा सञ्चालित क्लिन्टन फाउन्डेसनले नेपाली चेली कञ्चन अमात्यलाई प्रेसिडेनसिएल क्लिन्टन ग्लोबल इनिसीएटिव अनर रोल अवार्ड २०१७ द्वारा सम्मान गरेको छ ।
 
फाउन्डेसनको १० औ बार्षिक उत्सवको अवसरमा  अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टनमा आयोजित एक कार्यक्रबीच अमात्य सम्मानित भएकी हुन् । 
 
उक्त कार्यक्रममा पूर्व राष्ट्रपति बिल क्लिन्टन, उनकी छोरी चेल्सी क्लिन्टन लगायत महत्त्वपूर्ण बिशेष व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । वार्षिक उत्सवमा ९० देशका झन्डै १ हजार ५ सय नेतृत्वहरु भेला भएका थिए । 
 
ललितपुर पाटन घर भएर हाल अमेरिकामा बसोबास गर्दै आएकी कञ्चन अमात्य काठमाडौँ सेन्ट मेरिज पढाइपछि नर्बेमा युनाईटेड वल्र्ड कलेजमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै १२ सम्म छात्रवृतिमा अध्ययन गर्ने मौका पाएकी थिइन् । जसको माध्यमबाट उनले विश्वका सबै महादेश नेपालको प्रतिनिधित्व गर्ने अवसर पाइन् ।
 
उनले राष्ट्रपति भवनमा ह्वाइट हाउसको कार्यालयमा भएको बिज्ञान तथा प्रविधि नीति बिषयक गोष्ठीमा प्रस्तुती समेत गरीसकेकी छिन् । यस्तै राष्ट्रसंघमा नेपालको प्रतिनिधित्व गर्ने सबैभन्दा युवा महिला भै प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन् भने राष्ट्र संघको साधाराण सभामा वक्ता बनेर झन्डै ३५ लाख जनसख्याको प्रतिनिधित्व गर्दै बोल्ने अवसर समेत पाएकी छिन् ।


 
अमात्य ग्लोबल च्याम्पियन फर वुमेन्स इकोनोमिक इम्पावर मेन्ट, सयुक्त राष्ट्र संघ महिला सशक्तिकरण, युनाईटेड नेसन्स युथ एन स्टुडेन्ट एसोसिएसन अफ नेपालकी अन्तर राष्ट्रिय निर्देशक, रिजोलुसन प्रोजेक्ट कि रिजोलुसन फेलो, ओक्लाहोमा राज्यको युएसए एट फ्रेन्ड्स नेपालकी सद्भावना दुत लिङ्ग तथा सामाजिक विकास सल्लाहकार, नेपाल, शान्ति एज्नेट, बिशिस्ट ओलम्पिकको पूर्व परियोजना नेतृत्वमा समेत काम गरी सकेकी छिन् ।
 
उनलाई हालसालै २०१७ एभ्रीडे योङ्ग हिरो अवार्डद्वारा पुरस्कृत गरिएको थियो  । यसको साथै आगामी डिसेम्बर ४ मा हुने मा डिसीमा हुने बिश्व बैंक युवा सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने छिन् ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
176.   एनआरएन जापानद्धारा लायन्स क्लबका प्रतिनिधिहरुलाई स्वागत
177.   अमेरिका छिर्न खोज्ने १६ नेपाली फिलिपिन्सबाट पक्राउ
178.   कतारमा आप्रवासी समुदाय र मानव अधिकार समितिबीच सहकार्य
179.   अष्ट्रेलियाको राष्ट्रिय जुडो प्रतियोगितामा नेपाली खेलाडीलाई स्वर्ण र कास्य
180.   धुर्मुस सुन्तली एकिकृत बस्ती निर्माणका लागि एभरेष्ट नेपाल युथ एसोसिएसनले सहयोग अभियान सुरु गर्ने
181.   संयुक्त बैचारिक सयंन्त्रद्धारा ओमानबाट पिडित महिलाको उद्धार
182.   कतारमा अलपत्र १८५ नेपालीलाई एभरेष्ट नेपाली युथ एसोसिएसन र बसन्त फिल्मसको खाद्यान्न सहयोग
183.   कृष्ण प्रणामी युवा परिषद युएईको तेस्रो अधिवेशन सम्पन्न
184.   नेपालीको लगानी रहेको ग्रिनल्याण्डले खोल्यो कतारमा ट्राभल
185.   गल्कोटको स्वास्थ्य शिविरमा ८ हजारभन्दा बढिले लिए स्वास्थ्य सेवा
186.   न्युयोर्कमा नेपाल डे परेड प्रदर्शन
187.   घाइते लामालाई कात्तिके देउराली समाज कोरियाको सहयोग
188.   कतारको सबैभन्दा सम्मानित अमिरी कप सुरु
189.   कुवेतमा मदिरा बनाएको आरोपमा ६ नेपाली पक्राउ
190.   मलेसियामा मुद्दा लड्न नेपाली श्रमिकलाई वकिलको व्यवस्था
191.   ओमान नेपाली एकता समाज रुसेयल एरिया समिति गडन
192.   नयाँघरेको उपस्थितिमा कतारमा भव्य साहित्यिक कार्यक्रम, आमिलको चर्चा
193.   सुदुरपश्चिम सेवा समाज कतारको शुभकामना तथा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न
194.   नयाँघरेको उपस्थितिमा कतारमा भव्य कार्यक्रम हुँदै
195.   गोरखा समाज अष्ट्रेलियाद्वारा नयाँ बर्षको कार्यक्रम सम्पन्न
196.   साउदीका लागि नेपालका कार्यवाहक राजदूतमाथि छुरा प्रहार
197.   दुबईमा पाँच नेपालीले जिते २० करोडको चिठ्ठा
198.   ओमानमा हुने ‘नेपाल फेस्टिबल र जबफेयर’ सेप्टेम्बरसम्म स्थगित
199.   युएईको अजमान एमिरेट टावरमा भीषण आगलागी
200.   मलेसियामा चार सय नेपालीको बिचल्ली
Results 387: You are at page 8 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media