मंगलवार, मंसिर २६ गते, २०७४
शुक्रवार, २०७४ कार्तिक ३० गते ०२:००

रोजगार मञ्च/
वैदेशिक रोजगार विभाग बाहिरै ‘सेटिङ’ मिलिसकेका काम गर्न र पैसा बुझाइसकेकाको फाइल सदर गर्न बढी समय विभागमा हाजिर हुने महानिर्देशक विश्वराज पाण्डे पक्राउ परेको घटनाले जति तरंग वैदेशिक रोजगार क्षेत्रमा ल्याएको छ विभागका कर्मचारीमा भने पाण्डे पक्राउ परेको घटनाले खासै चर्चा पाएको छैन । ‘बिना पैसा कामै गर्नुहुन्नथियो पक्राउ पर्नुभयो, धन्न रंगे हात पक्राउ खानु भएन’,पाण्डे पक्राउ परेपछि विभागका केही कर्मचारी बीच चलिरहेको चिया गफमा एक कर्मचारीले जिज्ञासा र उत्सुकता सहित मुख खोले,‘तर कुनै समय विभाग देखि मन्त्रालय सम्म हल्लाउने रमा म्याडम चाहिँ कसरी बचिरहनु भएको छ ?’ 
 
सँगैका अर्का सहपाठीले सुरुप्प चियाको चुस्की लिए अनि बोले ‘म्याडमको त मान्छे छन् रे नित माथि कुन मन्त्रालयमा हो । बुढाको पनि बोलि चल्छरे । फेरी हाम्रा विभागका हाकिम पैसा भने भनेपछि हिरिक्कै, मन्त्रालयकाले गनगन गरे एसो एक मुठो फ्यालिदिए बुझो लागिहाल्छ  ।’
कुनै समय अभिमुखीकरण शाखाको निर्देशक बनेर सेटिङको ठुलै आतंका मच्चाएकी विभागकि निर्देशक रमा भट्टराई यतिबेला विभागमा भने जिम्मेवारी बिहिन छिन ।
 
करिव ३ महिना लामो सुत्केरी बिदा सकेर विभागमा हाजिर हुन थालेकी निर्देशक भट्टराई खासै धेरै समय विभागमा बस्दिनन । हाजिर गर्छिन एकछिन यताउता अल्मलिए जस्तो गर्छिन र टाप कस्छिन । उनको त्यहि दैनिकी देखि विभागका केही कर्मचारी व्यंग्यात्मक शैलीमा टिप्पणी गर्छन ‘बहाना पनि चाहिएको,हाकिमले जिम्मेवारी पनि नदिएका,सरुवा हुने त कुरै आएन । चोखिने मौका मिलेको छ । अनुगमन नै गरेपनि केको चिन्ता,गलत गरेर कमाएकी छिनकि भन्ने शंका समेत गर्ने ठाउँ भेट्दैनन ।’


 
विभागमा कुनै शाखाको जिम्मेवारी नपाएकी निर्देशक भट्टराई बिदा बस्नु अघि प्रशासन शाखा हेर्थिन,त्यस भन्दा अघि संस्था दर्ता ।
विभागका कर्मचारीको आन्तरिक शाखा परिवर्तन गर्ने बागडोर सम्हालेकी भट्टराईका लागि कोही व्यवसायी सँग पैसा माग्नु पर्ने बाध्यता पनि परेन न अख्तियारको आँखा लाग्लाकि भन्ने चिन्ता ।
 
कर्मचारी–कर्मचारी बीच हुने लेनदेनको कुरा बाहिर जाने पनि भएन । त्यसरी नै भट्टराईले अकुत पैसा कमाइन । त्यसपछि संस्था दर्तामा त उनको हालीमुहाली नै चल्यो, नयाँ मेनपावर दर्ता गर्ने नाममा ठुलै दाम हत्याइन भट्टराईले । अझ बेला–बेला कामदारसँग मेनपावरले बढी पैसा लिएको गुनासो सुनेपछि महानिर्देशकले सम्बन्धित मेनपावरको अनुगमन गर्न पठाउने । भट्टराई भने बाटै बाट ‘अनुगमन गर्न आउदैछु है’ भनेर मेनपावर संचालकलाई खबर गर्ने । त्यसपछि के चाहियो र ।
 
तत्कालिन समयमा विभागको महानिर्देशक शत्रुध्न पुडासैनी भएपनि श्रम तथा रोजगार मन्त्री दीपक बोहरालाई विभागको सबै हिसाब किताब बुझाउने व्यक्ति भने भट्टराई नै हुन्थिन । सायद त्यसैले पनि मन्त्री बोहराको मलेसिया भ्रमणमा समेत अटाइन निर्देशक भट्टराई ।
 
अनुगमनका नाममा आतंक फैलाएर होस् या अभिमुखीकरण तालिमको नाममा कम्प्युटर अपरेटरलाई ठाडो निर्देशन दिएर सयौको सेटिंग मिलाएर पैसा अशुल्ने निर्देशकको रुपमा कुनै समयकि निकै चर्चित निर्देशक भट्टराईको अवैध कार्यमाथि आज सम्म अख्तियार,राष्ट्रिय सतर्कता केन्द्र र मन्त्रालय कसैले आँखा पुर्याएका छैनन् ।
 
भट्टराईले गरेका अवैध धन्दा,अनैतिक ढंग बाट आर्जन गरेको सम्पत्ति तथा व्यवसायी सँग खुलेआम पैसा मागेका घटना तत्कालिन श्रम सचिव बिष्णु प्रसाद लम्साललाई सबै जानकारी भएपनि लम्साल भने भट्टराईका बारेमा आएका कुरा सुनेनसुने झैँ गर्थे । कारण एउटै थियो –लम्साल आफु एमाले पार्टी निकट व्यक्ति र भट्टराई कर्मचारी संगठनमा आवद्द कर्मचारी ।
 
मन्त्री बोहरा हुन्जेल विभागमा हालीमुहाली गरेकी निर्देशक भट्टराईको रजाई त्यसपछि झनै बढ्यो ।आफ्नो पावर देखाउँदै खुलेआम ब्यवसायीसँग पैसा असुल्ने गरेको व्यवसायीहरु नै भन्न डराउँदैनन् । 
 
अनुगमनको बहानामा होस् या आफुलाई पैसा चाहिएको बहाना पारेर भट्टराई लगायत विभागका कर्मचारीलाई मेनपावरका संचालक सँग पैसा माग्न कुनै डर नै हुन छोडिसक्यो । त्यहि मध्येका एक विभागका महानिर्देशक विश्वराज पाण्डे भने अख्तियारको फन्दामा परे । तर विभाग भित्र हुने अधिकांश खेलको मुख्य योजनाकार र अकुत सम्पत्ति आर्जन गरेकी निर्देशक भट्टराईको गतिविधि प्रति अख्तियारको आँखा नपर्नुले विभागका कर्मचारी चकित गर्दै एकआपसमा प्रश्न गर्छन ‘पाण्डे सर त पक्राउ पर्नुभयो रमा म्याडमको पालो कहिले आउला ?

 
 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन मूल आयोजक समिति गठन
2.   वैदेशिक रोजगार विभागले फेरि पायो नयाँ महानिर्देशक
3.   कारबाही फुकुवा गर्न महानिर्देशक पाण्डेले अन्य मेनपावरबाट पनि लाखौ लिएको खुलासा
4.   कैलाश खड्का महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित (फोटो फिचर)
5.   वैदेशिक रोजगार व्यवसायी संघको भवन शिलान्याश
6.   दुई बर्षमा ३ सय १३ नयाँ मेनपावर दर्ता
7.   पाण्डे त पक्राउ परे, निर्देशक रमा भट्टराईको पालो कहिले ?
8.   सुभद्रासँग पैसा असुल्ने दाउमा पाण्डे परे अख्तियारको फन्दामा
9.   अख्तियारद्वारा वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ
10.   केन्द्र र प्रदेश सभाको उम्मेदवार बनेका श्रममन्त्री र राज्यमन्त्रीलाई संघले दियो बिजयको शुभकामना
11.   महानिर्देशक माथि नै झम्टिए वैदेशिक रोजगार पीडितका आफन्त (हेर्नुहोस् भिडियो )
12.   अवैध रूपमा अमेरिका पुग्नेमा किशोरकिशोरीसमेत रहेको खुलासा
13.   कोरियामा तलब नपाउने प्रवासी मजदुर ३ गुणाले बढे : ४ करोड डलरमाथि तलब पाउन बाँकी
14.   अलैँचीको आम्दानीले युवालाई बिदेसिन दिएन
15.   मेनपावर सञ्चालक नै भिजिट भिसाको धन्दामा
16.   श्रमिकको अधिकार नै मध्यपूर्वका एनआरएनका साझा मुद्धा
17.   म्यादी प्रहरीमा जागिर खुल्यो, ९८ हजारको माग
18.   महासंघका अध्यक्ष मल्ल प्रदेश सभाको उम्मेदवार सिफारिस
19.   सेनामा २७ सय जनालाई जागिरको मौका, सिपाहीदेखि सिकर्मी र ड्राइभरसम्म माग
20.   निजामती कर्मचारीको पदपूर्ति नरोकिने
21.   मेनपावरको धरौटी रकम बढ्न नदिन लोकतान्त्रिक फोरम राजनीतिक लबिङमा
22.   वन तथा भू-संरक्षण राज्यमन्त्री शर्मालाई अग्रज व्यवसायीको बधाई
23.   बढी पैसा असुल्ने मिथिला मेनपावरलाई कारबाही गर्न विभागलाई अख्तियारको पत्र
24.   कृषि बिकास बैंकले माग्यो २ सय ६० कर्मचारी (सूचनासहित)
25.   बबन सिंहले निकालेको विज्ञप्तिले वैदेशिक रोजगार क्षेत्रमा बबाल
Results 496: You are at page 1 of 20
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last

Powered By : Unitech Media