बुधवार, जेष्ठ ०९ गते, २०७५
व्यवसायीका अधिकारका लागि जहिल्यै अग्रपंतिमा
शनिवार, २०७४ बैशाख २२ गते ०१:३३

वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा सक्षम नेतृत्वको खोजी भइरहँदा दावी गर्नेहरुको ठूलै फेरिस्ताको अग्रणी भागमा रहेकी छिन् सुवर्ण श्रेष्ठ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको सदस्य हुँदै सचिव भएर काम गरिसकेकी श्रेष्ठ २ महिनापछि आउने नयाँ नेतृत्वका लागि सर्वाधिक खोजिएकी व्यवसायी नेतृ हुन् । 
 
दुई बर्ष पहिला नै संघको महासचिवमा उम्मेदवारी दिन लागेकी श्रेष्ठ अन्तिम अवस्थामा आएर रोहन गुरुङलाई उक्त पद दिएर पछाडि हटेकी थिइन् । व्यवसायी माझ सर्वाधिक रुचाइएकी श्रेष्ठ व्यवसायीहरुको हक अधिकार दिलाउनका लागि पदमा बसेर मात्र होइन बाहिर बसेरै भएपनि योगदान दिन सकिन्छ भनेर उदाहरण बनेकी छिन् । वर्तमान कार्यकालमा संघको कार्यसमितिमा नभए पनि उनी व्यवसायीहरुको मुद्धामा कहिल्यै दुला पसिनन् उल्टै व्यवसायीहरुको अग्रपंतिमा रहेर लडिरहेकी छिन् । 
 
अहिले श्रेष्ठलाई संघको कार्यसमितिको प्रमुख पदमा नै ल्याउनु पर्ने दवाव व्यवसायीहरुले नै दिदै आएका छन् । प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चको उपाध्यक्षसमेत रहेकी श्रेष्ठलाई संघमा ल्याउनका लागि मञ्चका नेताहरु नै कस्सिएका छन् । युवा महिला जुझारु व्यवसायी मात्र नभएर श्रेष्ठ सफल नेतृत्वकर्ता समेत भएकाले व्यवसायी माझ उनको खोजी भएको हो । मेनपावर व्यवसायीहरुमाझ महिला नेतृत्वको खडेरी नै लागेको बेला श्रेष्ठको उपस्थितिले दरिलो अर्थ राख्नेमा व्यवसायीहरु नै ढुक्क छन् । 


 
व्यवसाय र नेतृत्वमा म 

वैदेशिक रोजगार र व्यवसायीहरुको विषयलाई आम मानिस जस्तै पहिला म पनि नकारात्मकरुपमै लिने गर्दथेँ । हाम्रो घर वरपरबाट विदेशमा जाने दाजुहरुको सधै नै नकारात्मक समाचारहरु सुन्ने गर्थे ।  तर भाग्यको खेला भने जस्तै थाहै नपाई म आफै एकदिन मेनपावर एजेन्सीमा जागिर खान पुगे । पत्रिकामा आकर्षक रोजगारीको माग देखेर अन्तर्राष्ट्रिय गैरसरकारी सस्थाको जागिर छोडेर मैले मेनपावरमा जागिर खान थालेँ । मलाई कुनै पनि हालतमा राम्रो जागिरको आवश्यकता परेकाले मेनपावरमा काम गर्न थालेँ । मैले सोचेको र आमजनमानसले भन्ने गरेको क्षेत्र भन्दा भिन्न लाग्यो मलाई । नीति नियम भित्र रहेर कामदार पठाउँदा उनीहरुले समस्या भोग्नु पर्ने रहेनछ । एउटा बेरोजगार नेपाली युवायुवतिलाई उसको जीविकोपार्जका लागि विदेशमा रोजगारको अवसर खोजी सहयोगी भूमिका खेल्ने पुलको रुपमा मेनपावर व्यबसायीले काम गर्ने हँुदा यो त एउटा पुण्यको काम जस्तो पो लाग्न थाल्यो । त्यस पछि मेरो ३ वर्षको जागिरको अनुभबबाट अब म आफै केहि गर्छु भनेर मैले २०६४ सालमा मदिना इन्टरनेशनल मेनपावरको स्थापना गरे र हालसम्म त्यसैलाई निरन्तरता दिदै आएको छु र अझै रहनेछु । 
 
मेनपावरको संचालक भए लगत्तै म नेपाल प्रगतिशिल वैदेशिक रोजगार मञ्चसँग आबद्ध भएँ । त्यसको प्रथम सम्मेलनबाट सदस्य पदमा निर्विरोध निर्वाचित भएँ । अनि मलाई लाग्न थाल्यो, मेनपावरको क्षेत्रमा म आफु मात्र राम्रो भएर हुँदैन व्यवसाय नै मर्यादित बनाउनु पर्छ । आमजनमानसले यस व्यवसायलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउनु पर्छ, अनि मात्र सार्थक हुन्छ भन्ने लागेर हरेक गतिबिधीमा सहभागी हँुदै जान थालेँ । 


 
मेरो सक्रियता देखेर २०६६ सालको वैदेशिक रोजगार व्यबसायी संघको चुनावमा म बलबहादुर तामाङको प्यानलबाट उठेर सदस्य पदमा अत्याधिक मतले बिजयी भएँ । सोमलाल बाटाजूको नेतृत्वमा संघको सदस्य पदमा हँुदा व्यवसायिक हीतमा आवाज उठाउँदै अगाडि बढ्दै आए । बाटाजू नेतृत्वको कामकारवाही मलाई मन पर्न छोड्यो । मेरो लागि त्यो सह्य हुन सकेन र मैले आवाज उठाउन थाले । मेरो त्यो आवाजलाई बिद्रोहको रुपमा लिई मलाई निलम्बन पनि गरियो । मैले सहि एजेन्डामा आवाज उठाएको र मेरो कुनै गल्ति नभए पनि म माथि अन्याय गरेको हुँदा मैले संघ बिरुद्ध जिल्ला प्रशासन कार्यालयमा न्याय दिलाई पाऊँ भनि निबेदन दिए । संघको बिधान विपरित काम भएको हँुदा जिल्ला प्रशासन कार्यालयबाट मेरो पद पुनर्बहाली भयो र म फेरी त्यहि रफ्तारमा काम गर्न थाले । मलाई सम्पूर्ण व्यवसायीहरुको साथ र सहयोग सधै रहिरह्यो । म सदस्य हुदा संघको सबै गतिबिधिहरुमा सक्रिय भएर काम गरेँ । त्यतिबेला संघको आयोजनामा इटहरीमा  गरिएको वैदेशिक रोजगार मेलाको सह–संयोजक भई कार्यक्रम सफलतापूर्बक सम्पन्न गर्ने मौका मिल्यो । त्यसैगरी संघको बार्षिकोत्सब लगायत अन्य थुप्रै सामाजिक कामहरुमा सक्रिय रुपमा लागिरहे । 
 
सदस्य हँुदा व्यवसायिक समस्याहरुको उत्थान र सधै व्यवसायीहरुको आवाज उठाएकोले होला फेरी संघको अर्को महाधिबेशनमा मलाई पुनः सचिब पदमा उठ्न दबाब आयो । सम्पूर्ण व्यवसायीहरुको आग्रह र मप्रतिको विश्वासलाई ध्यानमा राखी मैले पुनः बलबहादुर तामाङको नेतृत्वमा मञ्चकोतर्फबाट सचिव पदमा उम्मेदवारी दिए र व्यवसायीको राम्रो मत पाएर जिते पनि । हाम्रो टिमबाट अध्यक्ष, सचिव र सदस्यहरुले जित्न सफल भयौ ।  संघको सचिवमा निवार्चित भएपछि म माथि धेरै जिम्मेवारीहरु थपिएको थियो । संघकोतर्फबाट मलाई वैदेशिक रोजगार प्रबद्र्धन बोर्डको सदस्यमा नियुक्ति गरियो । बोर्डमा नियुक्ति भए पश्चात व्यवसायी हकहितको बिषयमा आफ्नो आवाजलाई झन् सरकारी स्तरमा बुलन्द गर्ने मौका मिल्यो ।



विभिन्न सभा सेमिनारहरुमा व्यवसायिक मुद्धाहरु उठाउँदै संघको प्रतिनिधि पात्र भएर काम गरेँ । त्यसै क्रममा फिलिपिन्समा आईओएमले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा वैदेशिक रोजगार बिभागबाट मलाई छनौट गरि सम्पूर्ण व्यवसायीको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर मिल्यो । मैले नेपालको रिक्रुटमेन्ट सिस्टम, समस्या र समाधानको बिषयमा अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो भनाईहरु राख्दाको क्षण मलाई अझै पनि याद छ । त्यहाँ विभिन्न १८ मुलुकबाट आएकाहरुकोबीचमा म एक्लै योङ्ग महिला थिएँ अरु सबै मभन्दा पाको र पुरुष व्यवसायीहरु नै थिए । 
 
व्यवसायीहरुको मुद्धामा संघको पदमा रहदा होस् या नरहदा सधै सक्रियरुपमा लाग्दै आएको छु । चाहे त्यो मलेसियाको बायोमेट्रिक मेडिकलको बिरुद्धको आन्दोलनमा होस, चाहे त्यो शुन्य लागत बिरुद्ध होस् या मलेसियाको भिएलएन र ओएससी बिरुद्ध नै । म थाकेकी छैन, मलाई यो क्षेत्र व्यवस्थित, मर्यादित र सम्मानित बनाउने इच्छा छ, चाहे फेरि नेतृत्वमा पुगेर होस् या अन्य कुनै कारणले ।  
 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अन्तर्वार्ता / बिचार
1.   नेपालका युवा सुहाउँदो काम कफी व्यवसाय हो
2.   सुन भरियाको कथा : वैध बाटो, अवैध कारोबार
3.   एनआरएनप्रतिको अपेक्षा र उनीहरुले जगाएको आशा
4.   एनआरएनएको संस्थागत तथा दिगो विकासका लागि 'भिजन २०२०'
5.   एसिया प्यासिफिक क्षेत्रका समस्या समाधानका लागि मेरो उम्मेदवारी
6.   वैदेशिक रोजगार सुधार्न फिलिपिन्सबाट सिक्नेकी !
7.   बिपत्तिमा डुबेको वैदेशिक रोजगारको स्रोत क्षेत्रलाई व्यवसायीको उपहार ! ‘ब्ल्याक लेबल’
8.   एनआरएनए साझा चौतारी बन्नुपर्छ
9.   एक परदेशिको आत्मकथन : नचाहदा नचाहदै जन्मियो अपराध - शम्भु सुस्केरा
10.   असोज पहिलो सातासम्म संघको भवन निर्माण शुरु हुन्छ
11.   अनुभूति : बरदुबई पार्कमा नेपाली जोडीका पीडा - युवराज नयाँघरे
12.   भाषण होइन स्पष्ट रोडम्याप र पुरा गर्ने आधारसहित अघि बढेको छु : गडतौला
13.   २०७३ मा वैदेशिक रोजगार उपलब्धिभन्दा विवादै विवाद
14.   संघको नेतृत्वतहमा श्रेष्ठको खोजी
15.   म व्याक हुन तयार छु, तर फोरमबाट एउटै प्यानल आउछ : प्रज्ञान न्यौपाने
16.   वैदेशिक रोजगार विभागले दिने अनलाइन सेवाबारे विस्तृत जानकारी : सूर्यप्रसाद भण्डारी
17.   वैदेशिक रोजगार व्यवसायीलाई त्यसै क्षेत्रको जिम्मेवारी दिनु गलत : डा.शेखर कोइराला
18.   म पद दोहोर्याउन्न, अध्यक्षको स्वभाविक दावेदार हुँ : कुमार पन्त
19.   माफियातन्त्र उखेल्न संघ नेतृत्व अनवरत लागिरहेको छ
20.   कोरियामा नेपालीले गर्ने भनेको ‘थ्री डी’ नै हो
21.   अझै नयाँ रेमिट्यान्स कम्पनी ?
22.   आप्रवासी कामदारको सम्मान नै सुरक्षित आप्रवासन
23.   मेहनत र संघर्ष गरिरहेको छु
24.   त्रासै त्रासले घेरिएको छ वैदेशिक रोजगार
25.   इमान्दार हुँदा न्याय पाइन्छ भन्ने नजिर बस्यो
Results 59: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media