मंगलवार, असार ०५ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ३० गते ०५:५८

वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारमाथि अतिरिक्त भार थपेको आरोपमा पक्राउ परेका भीएलएन नेपालका सञ्चालक राम श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । 
 
बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश अमर बस्नेतको इजलानसले १० लाख धरौटीमा छाड्न आदेश दिए पछि श्रेष्ठ आजै रिहा भएका हुन । उनीमाथि ललितपुर प्रहरी कार्यलयमा पनि उजुरी परेकोमा ललितपुर प्रहरीले काठमाडौ प्रहरीलाई बयानका लागि पठाउन पत्र पठाएपनि श्रेष्ठ भोली मात्रै ललितपुरमा बयानका लागि जाने बुझिएको छ ।  
 
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले ललितपुर प्रहरीबाट पत्र आएपनि श्रेष्ठ काठमाडौ जिल्ला अदालतको आदेश अनुसार रिहा भएको पुष्टि गरेका छन ।
 
प्रहरीले गत ७ जेठमा भीएलएनको कार्यालयमा छापा मारेर सञ्चालक श्रेष्ठलाई पक्राउ गरेको थियो । मलेसियाको भिसा प्रोसेसिङको कार्य गर्दै आएको भिएलएन र वानस्टप सेन्टरलाई सरकारी वकिलको कार्यालयले २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
76.   दुतावासको नाम प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति नेपाली राजदुतावास कतारको गम्भीर ध्यानाकर्षण
77.   सत्रवर्षदेखि साउदी जेलमा रहेका पर्वतका सन्तबहादुरको सरकारसँग पुकार
78.   मलेसियामा मानसिक सन्तुलन गुमेपछि...
79.   नेपालीकै लगानीमा कतारमा मेडिकल सेन्टर सञ्चालन
80.   बिरामी कठेतलाई संखुवासभा समाज हङकङको ३ लाख ५० हजार सहयोग
81.   एनआरएन कतारको प्रदेश नं ३ संयोजकमा कार्कीको उम्मेदवारी
82.   एनआरएन कतारको तृतिय उपाध्यक्षमा ढकालको उम्मेदवारी
83.   कतारको घोषणा : अब कतार जान भिसा नचाहिने !
84.   खोटाङ सेवा समाज कतारको एकदिने प्रशिक्षण कार्यकम सम्पन्न
85.   नेपाल सम्पर्क समिति कोरियाको अध्यक्षमा अञ्जु
86.   साउदीमा गैरकानुनी कामदारलाई १३ लाखसम्म जरिवाना
87.   काभ्रे समाज युएईद्धारा अपाङ्ग तथा अनाथ बाल बालिकाको लागि सहयोग प्रदान
88.   ठगी गर्नेलाई कारबाहीमा सघाउँदै जापानका नेपाली
89.   दलित एकता संजाल नेपाल ओमानको प्रथम अधिवेशन सम्पन्न
90.   साउदीबाट अपांग बनेर फर्केका चन्द्रबहादुरलाई उपचारमा समस्या
91.   वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा रोहन गुरुङ (मतपरिणामसहित)
92.   साझा सुझाव ल्याउँनुहोस सहयोगका लागि तत्पर छु : प्रम देउवा
93.   ढकाल समूहलाई जिताउन काँग्रेस नेता थापा र पाण्डेको आग्रह
94.   नेतासँग भेट्दा र फोटो खिच्दैमा सिन्को भाँचिएन
95.   उजुरी शुन्य तथा संघलाई मजबुद बनाउँनेछु (भिडियो रिपोर्टसहित)
96.   संघको व्यवस्थापन पहिलो प्राथमिकतामा राखेको छु
97.   मेनपावर व्यवसायलाई गर्विलो व्यबसाय बनाउनेछु
98.   ‘संघमा सचिव भएर काम गरेको अनुभव अव एक कार्यकाल प्रयोग गर्नेछु’ : केसी
99.   ‘विभागमा आफ्नो फाइल बढाउन मात्रै संघमा नजानोस्’ : सतार
100.   समस्याहरु पहिचान गरी दीर्घकालिन समाधानमा प्रतिवद्ध छु
Results 413: You are at page 4 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media