‘रेमिट हाइड्रो’ परियोजनाका लागि एचआइडिसिएल र एनआरएनए एनसीसीहरुबीच समझदारी

विदेशमा रहेका नेपालीको लगानी जलविद्युत आयोजनामा लगाइने
news-details

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पठाएको विप्रेषण रकमबाट बचत प्रवद्र्धन गराउदै हाइड्रोपावरमा लगानी गर्न प्रोत्साहन गर्नेगरी हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसीसी)हरुबीच समझदारी भएको छ ।

काठमाडौमा आयोजित लगानी सम्मेलनमा एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत अर्जुन कुमार गौतम तथा एनआरएनए एनसीसीहरुका तर्फबाट कतारका अध्यक्ष रमेश भट्ट, युएईका अध्यक्ष बिकास शाही र जापानका महासचिव टिकाराम खरेलले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन ।

समझदारी अन्तर्गत पहिलो चरणमा एनआरएनए एनसीसीहरु कतार र युएईसँगै बहराइनका अध्यक्ष राज कुमार श्रेष्ठ, ओमानका अध्यक्ष बिकल झा, मलेसियाका अध्यक्ष बिनोद थापा  र इराकका अध्यक्ष बिनोद श्रेष्ठ जोडिएकोमा अन्य एनसीसीहरु पनि यसमा जोडिदै जाने जनाइएको छ ।

उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतको रोहवर तथा एनआरएनए अभियान्ताहरु आरके शर्मा, कुल आचार्य, टिबी कार्की, राज रेग्मीलगायतको सहभागितामा उक्त सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

समझदारीपत्रमा हस्ताक्षर भएपछि संक्षिप्त प्रतिक्रिया दिदै एचआइडिसिएलका सिइओ अर्जुन गौतमले वैदेशिक रोजगारीमा रहेका धेरै भन्दा धेरै नेपालीलाई समेटेर रेमिट हाइड्रो परियोजना सफल बनाउने उद्देश्यले यो सम्झदारी गरिएको बताए । उनले भोली विदेशबाट फर्कदा केहि प्रतिफल दिन पनि सकियोस र ठुलो लगानीको क्षेत्रमा लगानी गर्न पनि सकियोस भनेर यो समझदारी गरिएको बताए ।

यस्तै एनआरएन अभियान्ता आरके शर्माले लामो समयको अथक प्रयास पछि विदेशमा रहेका नेपालीको स–साना लगानीलाई पनि नेपालमा ल्याएर लगानी गर्ने वातावरण बनेकोमा सरकारलाई धन्यवाद दिए । उनले विदेशमा रहेका धेरैभन्दा धेरै नेपालीहरुलाई यस अभियानमा जोडन आफुहरु प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई रेमिट हाइड्रोमा लगानी गर्न प्रोत्साहन गर्ने र उनीहरुको सानो सानो लगानीलाई पनि समेटदै लैजानेगरी सरकार अघि बढिरहेको बताए ।

सरकारले एचआइडिसिएलको अगुवाईमा विप्रेषण आप्रवाहको रकम जलविद्युत आयोजनामा लगानी गर्नेगरी रेमिट हाइड्रोको अवधारणा अघि सारेकोमा त्यस अन्तर्गत कुल पुँजीको २९ प्रतिशत बैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुटयाउने गरी हाल दुईवटा आयोजनाहरु ताप्लेजुङमा रहेको ७०.३ मेगावाट क्षमताको सिम्वुवा खोला जलविद्युत आयोजना र ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजना निर्माणको चरणमा प्रवेश गर्ने अवस्थामा छ ।

यस्तै प्रकारका अन्य आयोजनाका लागि पनि आवश्यक लगानी जुटाउने सम्भावना रहेकाले वैदेशिक रोजगारीबाट प्राप्त हुने बिप्रेषण रकम नेपालको जलविद्युत तथा अन्य नविकरणीय उर्जाको विकासका क्षेत्रमा उपयोग गर्ने सम्भावनाको खोज ीगर्ने अभिप्रायले एचआइडिसिएल र एनआरएनए एनसीसीहरुबीच समझदारी भएको समझदारीपत्रमा उल्लेख छ ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *