टी–२० मैत्रिपूर्ण श्रृङ्खला : वेस्टइन्डिज ‘ए’ विरुद्ध दोस्रो जितको लक्ष्यमा नेपाल

news-details

नेपालले आज टी–२० श्रृङ्खला अन्र्तगतको दोस्रो खेल वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो सवा बाह्र बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

शनिबार भएको पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

२०५ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेट गुमाएर २ बल बाँकी छँदै लक्ष्य पूरा गरेको थियो । जसका लागि कप्तान रोहित पौडेलले उम्दा पारि खेले । ५४ बलको सामना गरेका पौडेलले ११२ रनको योगदान गरेका थिए भने अन्य व्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

पहिलो खेलमा बलियो मानिएको टोलीलाई पराजित गरेसँगै नेपाली टोलीको मनोबल उच्च देखिन्छ । आज नेपालविरुद्ध पहिलो जितको खोजिमा वेस्टइन्डिज ए टोली मैदान प्रवेश गर्दा घरेलु टोली दोस्रो जितको लागि उत्साहित देखिन्छ ।

ट्वान्टी–२० विश्वकपको तयारीका लागि आयोजित यो तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुने क्यानको तालिका छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *